शुक्रबार, वैशाख २१, २०८१

जम्यो पेरिसमा लोक दोहोरी साँझ

राजेन्द्र श्रेष्ठ / पेरिस२०८० असोज २३ गते ११:१४

फ्रान्सको राजधानी पेरिसमा नेपालीहरु दोहोरी साँझ आयोजना गरेर धुमधामका साथ रमाएका छन् ।

गोरखाली समाज फ्रान्सले आयोजना गरेको गोरखाली सांस्कृतिक साँझमा आइतवार नेपालका प्रसिद्द दोहोरी गायक र गायीकासँगै नेपालीहरुले दोहोरीको मज्जा लिएका हुन् ।

समाजले फ्रान्समा बसोबास गर्ने नेपालीहरुको इतिहासमै पहिलो पटक आइतवार प्रत्यक्ष (लाईभ) रुपमा लोक दोहोरी आयोजना हो ।

नेपालका ख्याति प्राप्त लोक कलाकार रबिन लामिछाने र गायिका डिला बिकले नेपालीहरु माझ आआफ्नो एकल तथा सामुहिक लोक दोहोरी प्रस्तुत गरेका थिए ।

“लालिगुरास आँगन मै घरदेश

कागजको फूल जस्तै प्रदेश”

यस्तै लोक टुक्कासँगै दोहोरी शुरु गर्दा नेपपालीहरु बुरुक बुरुक नाचेका थिए । यो गीतले प्रवाशमा बसोबास गर्ने नेपालीहरुलाई खास गरि आफ्ना पर्वका बेला निकै मन छोएको भनाई दर्शकहरुको थियो ।

पछ्यौरी लिस्यो, तारासँगै जुन, पानपाते ठुली, हातमा घडि छ, हिँड माया, शिरफुल शिरको, घडी १, घडी २, डाडु पनियो जस्ता आफ्नै लोक गीत गाएर लोक कलाकारद्वयले नेपालीहरुलाई छमछमी नचाएका थिए ।

भजन, झ्याउरे, र गोरखा मनकामना जस्ता भाकामा संयुक्त रुपमा रबिन र डिलाले बेजोड प्रस्तुति गरे । उनीहरुले नेपाल छोडेर आएको लामो समयपछि फ्रान्समै लोक दोहोरीको नेपालीहरुलाई भरपुर रमाईलो गराएको भन्दै प्रशंसा गरेका थिए । उनीहरुका लोकगीतमा दर्शकहरु दर्शकदिर्घाबाट स्वतस्फूर्तरुपमा उठेर नाच्दै भरपूर मनोरञ्जन लिएका थिए ।

विश्वको सुन्दर शहर पेरिसमा आएर नेपाली दाजुभाई दिदीबहिनीहरुसँगै नाच्न गाउन पाउनु र आफ्नो कला देखाउन सुनाउन पाउनु गौरवपूर्ण क्षण रहेको कलाकार रबीन लामिछाने र डिला बिकले सुनाए ।

गोर्खाली समाज फ्रान्सका अध्यक्ष रामेश्वर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमलाई हरिहर अर्याल, एनआरएनए फ्रान्सका अध्यक्ष लोक बहादुर पून र सभापतिले संयुक्त दिप प्रजलवन गर्दै शुरु गरेका थिए ।

फ्रान्सस्थित नेपाली संघ संस्था का अध्यक्ष तथा प्रतिनिधी र उपस्थित सम्पूर्ण लोक पारखी दर्शकहरुले मन्तब्य दिएको कार्यक्रममा संस्थाका सचिब रन्जित भट्टले दशकहरुलाई स्वागत गरेका थिए ।

कार्यक्रममा साहित्यकार तथा एनआरएनए फ्रान्सका संस्थापक अध्यक्ष हरिहर अर्याललाइ बिशेष सम्मान दिँदै दोसल्ला ओढाइएको थियो ।

एनआरएनए फ्रान्सकी निवर्तमान अध्यक्ष गीता खनाल थापाले आफ्नो मन्तब्य राख्दै उनले एनआरएनए युरोप महिला संयोजक पदमा आगामी २०२३-२०२५ कार्यकालका लागि आफ्नो उमेदवारी घोषणा समेत गरिन् । उनले सबै एनआरएनए मतदाता र प्रतिनिधि सदस्यहरु समक्ष आफुलाई साथ र सहयोग गर्न आग्रहसमेत गरिन् ।

आयोजकहरुले लोक संगीतसँगै नेपाली परिकार सेल रोटी, मासु, चिउरा,अचार झिलाङे चखाएर नेपाली स्वादको पहिचान दिएका थिए ।

कार्यक्रममा स्थानीय कलाकारहरु नृत्य र गायन तर्फ दिलिषा भट्ट, केंजल अधिकारी, नन्दिता अर्याल, निखिल अर्याल, अस्मिता अधिकारी, नबिन परियार, संजय थापा मगर, क्रिस्टिना अधिकारीले प्रतुति गरेका थिए ।

लाइभ बध्यबादन तर्फ मादलमा महेन्द्र बोहरा, बासुरीतर्फ प्रकाश थापा, झ्याली मानस थापा, हार्मोनियम राजु थापाको समुहले प्रशंसनिय प्रस्तुति गरेका थिए । त्यस्तै, सानो बाबु र दोश्रो पुस्ताका साजन बानियाले नेपाली लोक धूनमा पियानो बजाउँदै संगीतमय माहोल बनाएका थिए ।

अन्त्यमा अध्यक्ष  तथा कार्यक्रमका सभापति रामेश्वर श्रेष्ठले उपस्थित सबैमा आर्थीक सहयोगीहरु लोक बहादुर, पून गीता खनाल, थापा सन्तोष भट्टराई (अमन छेत्री), भिम थापा, बिरु खड्का, अमर भण्डारी, क्रेडि मुचुयल बैंक, मासु र खाध्यको पसल क्यश एन्ड क्यारी, राम्जा र आफ्नो निमन्त्रणालाई स्विकर गर्दै आउनु भएका सबै ब्यक्तित्व, समितिका सदस्य, संगितको चाँजोपाँजो मिलाउने इनास फ्रान्सका अध्यक्ष आभाश आचार्य र स्वयंसेवकहरुलाई बिशेष धन्यवाद दिए।

तपाइँको प्रतिक्रिया