बिहीबार, वैशाख २०, २०८१

अन्तर्राष्ट्रिय स्तरमा प्रतिबन्धित सेतो फस्फोरस हतियार गाजामा प्रयोग गरेको ईजरायलमाथि आरोप

नेपालप्लस संवाददाता / काठमाडौं२०८० असोज २९ गते १४:०१

Photo source- Human rights Watch

ईजरायलले गाजा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिबन्धित सेतो फस्फोरस हतियार प्रयोग गरेको अन्तर्राष्ट्रिय संस्थाले आरोप लगाएका छन् ।

दुई प्रमुख गैर-सरकारी संस्थाहरू (एनजीओ) ले इजरायली सेनाले गाजा पट्टीमा सेतो फस्फोरस भएको हतियार प्रयोग गरेको आरोप लगाएका हुन्।

तर इजरायली रक्षा बलले भने त्यो आरोप अस्वीकार गरेको छ ।

ह्युमन राइट्स वाच (एचआरडब्ल्यु) र एम्नेस्टी इन्टरनेशनलका अनुसार इजरायलले अक्टोबर १० र ११ मा गाजामा हवाई आक्रमणको क्रममा सेतो फस्फोरस हतियार प्रयोग गरेको छ।

“इजरायलले गाजा र लेबनानमा सैन्य कारबाहीमा सेतो फस्फोरस प्रयोग गरेको छ, जसले नागरिकहरूलाई गम्भीर र दीर्घकालीन चोटपटकको जोखिममा राखेको छ” एचडब्ल्युआरले सोशल मिडिया ट्विटरमा लेखेको छ।

‘जनघनत्व भएका क्षेत्रमा यसको प्रयोग अवैध छ,’ विज्ञप्तिमा थपिएको छ।

गैरसरकारी संस्थाहरूले बम विष्फोट पछि धुवाँको बाक्लो सेतो स्तम्भहरू देखाउँदै उनीहरूको आरोपलाई समर्थन गर्न भिडियोहरू साझा गरेका छन् । फ्रान्स इन्फो र वाशिंगटन पोस्ट द्वारा अन्तर्वार्ता लिएका धेरै विशेषज्ञहरूले यो भनाईलाई पुष्टि गर्छ।

इजरायली अधिकारीहरूले आधिकारिक रूपमा सेतो फस्फोरस प्रयोग गरेको भन्ने भनाईलाई अस्वीकार गरेका छन्। फ्रान्समा रहेको इजरायली दूतावासले एक विज्ञप्तिमा लेखेको छ, “इजरायल राज्यले त्यस्ता हतियारको प्रयोगलाई तैनाथ गरेको छैन।”

“अन्तर्राष्ट्रिय कानून अनुसार, इजरायल रक्षा बलहरूले आतंकवादी समूह हमास विरुद्ध यस प्रकारको हतियार प्रयोग गर्दैन। हामी प्रेस र निर्वाचित अधिकारीहरूको सबैभन्दा ठूलो दृढताका साथ निन्दा गर्दछौं जसले आइडिएफद्वारा अर्को युद्धबाट लिइएको भिडियोहरू बाहेक अरू कुनै प्रमाण बिना सेतो फस्फोरसको प्रयोगको रिपोर्ट गरिएको छ ।”

सेतो फस्फोरस किन विवादमा पर्‍यो भने यो आगजनी हतियार हो । आगजनीका लागि धेरै प्रयोगहरू गरिएका छन्। यो लसुन जस्तो गन्ध भएको प्रज्ज्वलनशील रासायनिक पदार्थ हो जुन आर्टिलरी गोला र बममा राख्न सकिन्छ। यसको मुख्य विशेषताके भने यो अक्सिजनको सम्पर्कमा आउँदा प्रज्वलित हुन्छ । यसले ८०० डिग्री सेल्सियस भन्दा बढीको तीव्र, लामो समयसम्म चल्ने तापक्रम उत्पन्न गर्छ।

युद्धको मैदानमा, सेतो फस्फोरसले सैन्य उद्देश्यका लागि उपयोगी बाक्लो धुवाँ उत्पादन गर्छ। “यो प्राय: सेनाको आन्दोलनलाई निस्तेज गर्न प्रयोग गरिन्छ,” संयुक्त राष्ट्रका लागि फ्रान्सेली सैन्य मिसनका पूर्व प्रमुख जनरल डोमिनिक ट्रिनक्वान्डले भने “समस्या यो छ कि फैलिएको फस्फोरस जलेको हुन्छ, र गाजा जस्ता शहरी क्षेत्रहरूमा यो हानेपछि नागरिकहरूलाई गोली हान्दै छ सैनिकले भन्ने थाह पाउन गाह्रो हुन्छ ।”

“यो युद्धको मैदानमा सैन्य एकाइहरूले प्रयोग गरेको हतियार हो । हालै युक्रेनको युद्धको समयमा प्रयोग गरिएको थियो” जँ-पॉल पालोमेरोस भन्छन् । उनी नाटोका पूर्व सर्वोच्च सहयोगी कमाण्डर र फ्रान्सेली वायु सेनाका पूर्व प्रमुख हुन् । उनले फ्रान्स २४ सँगको टेलिभिजन अन्तर्वार्तामा भनेका हुन् ।

“मलाई सैन्य स्तरमा प्रत्यक्षरुपले इजरायलको सेतो फस्फोरस प्रयोग गरेको देख्न गाह्रो लाग्छ,” उनले गैरसरकारी संस्थाहरूको आरोपको सत्यतामा टिप्पणी नगरी भने। युद्धको मैदानमा यसको भूमि आक्रमणको एक हिस्सा हो। हामीले यो याद गर्नुपर्दछ कि यसले नागरिकहरूमा धेरै गम्भीर प्रभाव पार्छ, “उनले थपे।

विनाशकारी आगो

सेतो फस्फोरसले ठूलो जनसंख्यामा विनाशकारी प्रभाव पार्न सक्छ। यसले निम्त्याउने आगोलाई नियन्त्रण गर्न गाह्रो हुन्छ, र यसले छालालाई हड्डीसम्म तुरुन्तै जलाउन सक्छ। विषाक्त यो वस्तो मानव मासुमा अत्यधिक घुलनशील हुन्छ। यसको मतलब यो छिट्टै सम्पर्कमा आएर शरिरमा भिजिहाल्छ । र यति नराम्रो रूपमा अंगहरूलाई क्षति पुर्‍याउँछ कि वैज्ञानिकहरू भन्छन्, शरीरको सतहको क्षेत्रफल १० प्रतिशत मात्र जलाएपनि समग्र शरिरकोलागि घातक हुन सक्छ। यसको धुवाँ आँखा र छाला जलाउनको लागि पर्याप्त हुन्छ र यो संरक्षित भएर बसिदिन्छ।

सेतो फस्फोरस प्रयोग गर्न पाइन्छ । तर सैनिक लक्ष्यमा मात्रै । “यदि तपाइ यसलाई नागरिकहरूलाई लक्षित गर्न प्रयोग गर्नुहुन्न, सैन्य क्षतिको रूपमा हान्नुहुन्छ भने यो युद्ध अपराध होइन,” ट्रिन्क्वान्डले भने।

परम्परागत हतियारसम्बन्धी महासन्धि (सि सि डब्ल्यु) को प्रोटोकल तेस्रोले सेतो फस्फोरसलाई आगजनी हतियारको रूपमा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । तर पूर्णरुपमा भने यसलाई निषेध गर्दैन। ह्युमन राइट्स वाचले महासन्धिको पाठमा रहेको “कमजोरी” को आलोचना गरेको छ र कडा प्रतिबन्धहरूको लागि आह्वान गरेको छ। जे भए पनि, इजरायल प्रोटोकलको हस्ताक्षरकर्ताहरू मध्ये एक होइन, र त्यसैले यसको अधीनमा छैन ।

तपाइँको प्रतिक्रिया

फेसबुक