मंगलबार, वैशाख २५, २०८१

बिहान उठेर आँखाका चेप्रा नपुछ्दै नेपाल र नेपाली नेतालाई गालि गर्ने ?

रामकुमारी झाँक्री२०८० कार्तिक १ गते २०:१३

उहाँहरु जस्तै चिच्याएर कुरा गर्न त आउँथ्यो मलाई । तर यहाँहरुको अतिथि भएकाले चिच्याउन चाहिँ अलि मिलेन जस्तो लाग्यो । म नेपाली डायस्पोरामा धेरै पहिलेदेखिनै आबद्द थिएँ । औंलो हालेपछि डुडिल्नोसम्म छिराउने मामला हो भनेर हामीलाई थाह थियो । नागरिकता ठ्याक्क भएपछि यो कुरा हुँदै छ । यो के हो भने यसको म प्रिष्ठभूमीको कुरा गर्छु, छोटोमा । अपमान गरेको होइन ।

पहिला बिदेशमा नेपालीले के हर्कत गर्‍यौं । त्यो देशको पिआर अथवा ग्रिन कार्ड पाउन के के हर्कत गर्‍यौं । आफ्नो नागरिकता त्यागेर, आफ्नो पासपोर्ट त्यागेर । तपाईहरुले दुई पैसा कमाउनुभएको होला । स्किल (दक्षता) होला । र नेपाललाई फर्केर केहि गर्नुहोला भनेर हामीले आन्दोलनपछि, यो गणतन्त्रपछि यो संविधान ल्याएर हामीले यो ब्यवस्था गर्‍यौं । अनि तपाईहरुले कुल आचार्यलाई फाँसीको कुरा गर्ने ?

नलिन चाहनेले गैर आवासीय नागरिकता नलिए हुन्छ नी त । नलिनपनि सक्नुहुन्छ । सबैलाई म्यान्डेटरी (बाध्यात्मक) त होइन । नंबर एक ।

नंबर २- म डायस्पोरामा निकै काम गरेको हो । एउटा नेपालीले त्यहाँको सिजिटन वा बसाईकालागि कतिसम्म दुख, कतिसम्म कष्ट वा कतिसम्म काम गरेर बस्नुभएको छ । अनि यहाँ आएर ठूला कुरा गरेको सुहाएन के साथीहरु । तपाईहरुले भन्नुभयो ‘म बिज्ञ हो कानुनको ।’ तपाई बारिष्ठ हो कानुनको ? तपाई त्यहाँ वकालत गर्नुहुन्छ । तपाई त्यहाँ सुप्रिम कोर्टमा प्राक्टिसनर (अभ्यासी) हो ? नंबर एक, हो ? तपाई अभ्यासी वकिल हो भन्या ? मैले जानेको कुरा यति मात्रै हो कि तपाई अभ्यासी हो ? तपाई उहाँ प्राक्टिसनर हो ? भनेर जान्न खोजेको ।

तपाई त्यहाँको प्राक्टिसनर हो भने यसैगरि यो विषयमा मपनि यसैगरि लाईसेन्स लिएको अधिबक्ता हुँ । कानुनमा मैले ब्याचलर गरेको मान्छे हुँ । म लेजिसलेचर हुँ । मैले यो पार्लियामेन्टमा कानुन बनाउने काम गरें । कानुनलाई कार्यान्वयन गराउने मन्त्रीको हैशियतले कामपनि गरें । त्यसकारणले तपाईले हामीलाई पेलेनरीमा राखेर जे कुरा गर्नुभयो, तपाई प्राक्टिसनर हो ? भनेर सोधें मैले । हामीले प्राक्टिस अलि कम र अरु धेरै काम गर्‍यौं । अदालतमा कम प्राक्टिस गरियो तर कानुन हामीलेपनि पढ्यौं । त्यसकारण हरेक देशको सिटिजनसिप संवन्धि कानुन त्यो देशको विशिष्ठतामा आधारित हुन्छ ।

सिटिजनसिप र त्यसको अधिकार भनेको ग्लोबल अधिकार होइन । तपाईले संयुक्त राष्ट्र संघको बडापत्र हेर्नुभयो भनेपनि थाह हुन्छ, मानव अधिकार विश्वब्यापी हुन्छ । साथी हो कान खोलेर सुन्नुस् । त्यहाँ तपाइहरुलाई रेस्टुरेन्टमा काम गर्दागर्दा फूर्सद नभएर होला । मानव अधिकार विश्वब्यापी हुन्छ । सिभिर राईट त्यो देशको टेराटोरीमा संविधानत प्रदत्त गरिएको हुन्छ । तपाईहरुलाई सिटिजनसिपको अधिकार दिएको होइन । तपाईहरुलाई गैर आवासीय नेपालीको राईट दिएको हो । यति कुरा थाह पाइरहनुस् । अनि यहाँ आएर अरु ठूला कुरा नगर्नुस् ।

तपाईहरुले आफ्नो खुशिले नेपाली नागरिकता त्याग्या हो । तपाईहरुले खुशिले त्यागेको कुरामा केहि आर्थिक गतिबिधिका काम, केहि स्किलका काम यहाँ गर्नुहोला भनेर गर्‍या हो । यो हामीलाई थाह छैन ? यो सबै थाह छ । त्यसकारण म त अझ नेकपा एमालेको केन्द्रिय सदस्य हुँदा मैले पाँच वर्ष प्रवाशमै काम गर्‍या हो । नेपाली डायस्पोरासँगै काम गर्‍या हो । त्यसकारण म प्रत्येक नेपाली डायस्पोराको घरघरमा पुग्या छु । त्यसकारण स्टाटस सबै थाह छ मलाई ।

यो त्यसकारण यहाँ आएर परिस्थिति भड्काउने, अपमान गर्ने कुरा हैन । तपाईले एउटा बिदेशी बिश्व बिध्यालयको डिग्री लिनुभएको होला । नेपाली कन्टेक्स्ट (सन्दर्भ) को डिग्री हामीसँगपनि छ । कानुनमा छ, म्यानेजमेन्टमा छ । ह्युमानिटीजमा छ । हाम्रो लेजिस्लेटर डा सुर्य पाठक जापानको इन्टरन्यासनल (अन्तर्राष्ट्रिय) युनिभर्सिटी (विश्वैध्यालय) को पिएचडी हो । अनि तपाईले प्यालेनरीमा बसेका मान्छेहरुलाई यि ज्ञान नभएका मान्छे हुन् । यिनले कानुन त बनाएहोलान् तपाईले त्यहाँबाट हामी गेस्टलाई भन्न मिल्छ ? टिट फर ट्याट हुन्छ मित्र ।

तपाईले पढ्नुभएको छ तर बेलायतमा प्राक्टिस गर्नुभएको छैन । तर हामीले नेपालमा प्राक्टिस गरेका छौं । यो हो कुरा । त्यसकारण यस्ता कुरा चाहिँ गर्नुहुँदैन । र म कान खोलेर सुन्न भन्छु, तपाईहरुलाई दिएको आर्थिक सामाजिक र सांस्क्रितिक अधिकार हो । भोटिङ राईटको पोलिटिकल अधिकार होइन । र यो हुन सक्दैन । तपाईहरु खुशिले नागरिकता त्यागेर गएकाहरुलाई आउन इन्भाईट गरेको हो । यसमा हाम्रोपनि स्वार्थ छ तपाईहरुकोपनि स्वार्थ छ ।

ब्रिटिस गोर्खाको सन्दर्भमा फरक कुरा हो । त्यसकारण यहाँ भएको कुराको एक्नलेज छैन । जहिलेपनि धमिलो पानीमा माछा मार्ने । नेपाली पोलिटिकल सिस्टमका बारेमा बिदेशमा बसेर लेख्ने । विषबमन गर्ने । नकारात्मक धारणा दिने । यहि हो तपाईहरुको काम ? तपाई बिदेशमा बस्नुहुन्छ भने त्यो देशको स्टान्डर्ट भाषामा, त्यो देशको ट्याक्सेसनको बारेमा, कानुनको बारेमा, आप्रवाशनको बारेमा स्टाटस लेख्नुस् । बिहान जुरुक्क उठेर आँखाका चेप्रा नपुछ्दै नेपालीका बारेमा किन कमेन्ट गर्नुपर्‍यो ? त्यसका लागि चिन्ता गर्ने, यहिँ मरेका, रगत बगाएका, हात खुटा भाँचेका र सन्जोगले बाँचेका हामी जिउँदै छौं । यो देशको चिन्ता हामीले गर्छौं । अनि तपाईहरुले यस्ता कुरा गर्न चाहिँ सुहाउन्न ।

र डिग्रीको धाक दिनुपनि पर्दैन । नेपालमा नेपाली भाषा चाहिन्छ । र नेपालको डिग्री हामी धेरै मान्छेले लिएका छौं । त्यसैले चित्रलेखा दिदीहरुपनि अयोग्य होइन । यस्तो प्लेनरीमा बसेर राम्रोसित सक्किएको कुरालाई यो खोस्टो हो, नथिङ एल्स, यो केहि हैन, यो कुल आचार्यहरुलाई फाँसी हुन्छ । यहि हो सभ्यता ? के सिनु भयो ? विश्वका यस्ता मुलुक घुमेर, ग्लोबल सिटिजन भएर के सिकेर आउनुभयो ? हामीलाई के दिनुहुन्छ ?

बिहान बिफोर कुखुरी काँ तपाईले लेखेको स्टाटस नेपालको पोलिटिसियन, सिस्टमका बारेमा, तपाईहरुले गरेको कमेन्टले के बनाउँदै हुनुहुन्छ ? तपाईहरुले अर्को पुस्तालाई आतंककारी बनाउँदै हुनुहुन्छ । त्यसकारण यो आतंककारी बनाउने बाटोतर्फ नजानुस् । बेलायतमा किन १० वर्ष, २० वर्ष भयो आइ एल एफ बनाउन ? त्यहाँ गएर भन्नसक्नुहुन्छ ? बेलायतमा तपाई जे हो आज नेपालमा नेपाली नागरिकता त्यागेपछि त्यहि स्टाटस हो मित्र ।

नेपालको कानुन कस्तो हुने ? तपाईको अधिकार होइन । हाम्रो अधिकार हो । हो त्यसकारण नागरिकता त त्यागिसक्नुभएको छ नी तपाईहरुले । तपाई ब्रिटिस पासपोर्ट बोकेर आउनेले यो भन्न पाउनुहुन्न । नेपाली पासपोर्ट बोक्नुहुन्छ भने हामीसँग चुनाव लड्न आउनुस् ।

तपाईले जान्नुभएको होला । नेपाली नागरिकतालाई संविधान प्रदत्त सबै अधिकार छ । संविधानले सबै अधिकारलाई संरक्षण गरेको छ । नेपालीबाहेक गैर नेपालीलाई संविधानले संरक्षण गर्ने कुरा मानव अधिकार र आर्थिक अधिकारको हिसाबले मात्रै गर्छ । त्यसकारण तपाईहरुको एउटा सोल्जर्सको भन्द माथि दिमाख नउठेको देखेर म छाक्क परें । त्यसकारण यस विषयमा डिबेट गर्नु चाहिँ बेक्कारको कुरा छ । त्यसकारण तपाईहरुले कार्यक्रममा आफ्नो तरक्की देखाउनुभाको हो । योपनि थाह छ । यस्ता हल्ला, हजार मान्छे डुलाएर आएकै मान्छे हो हामी । दुई चार जनाले नारा लगाएर के हुन्छ भन्या ? के हुन्छ ह्याँ ?

त्यसकारण अहिले मैले यति कुरा भनें । यो नागरिकता बिल पास भैसकेपछि यसलाई स्वागत गर्नुको बदला जे गर्नुभाको छ यो तपाईहरुको कुरा अपत्तीजनक छ । नलिएर जानेले लिनुहुन्न ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा नागरिकता तथा मताधिकार सेसन थियो, आज बुधवार। गैर आवासीय नेपालीहरुलाई राजनितिक मताधिकारबाहेकको नेपाली नागरिकता दिने निर्णयबिरुद्द बेलायतका केहि गैर आवासीय नेपालीले वंशजको नागरिकता हुनुपर्ने, हाल सरकारले दिने भनेको गैर आवासीय नेपाली नागरिकताले अधिकारको हनन गरेको लगायतका आरोप लगाएका थिए यस्तो नागरिकतालाई समर्थन स्वागत गरेकामा एनआरएनए अध्यक्ष कुल आचार्य फाँसीमा झुण्डिनुपर्ने हुनसक्छ भन्ने सम्मको आरोप लागएका थिए नेपालका सभासद, मन्त्री, संसदलाई नेपाली वंशज नागरिकता खारेज गरिदिएकोमा आलोचना गरेका थिए तिनै कटाक्षको जवाफ आमन्त्रित सदस्यका तर्फबाट रामकुमारी झाँक्रीले दिएकि हुन्। उक्त सेसनमा पूर्व मन्त्री तथा नेकपा समाजवादीक्का नेता राम कुमारी झाँक्री, पूर्व उप सभामुख चित्रलेखा यादव, संविधान सभा सदस्य डा। सुर्य पाठक, नागरिकता टास्क फोर्सका दुर्गा पाठक लगायतका आमन्त्रितहरु थिए ।)

कार्यक्रममा कसले के भने तलको फेसबुक लिंकमा गएर सुन्नुस् 

https://www.facebook.com/NRNAOfficial/videos/2092481924430449

तपाइँको प्रतिक्रिया