बिहीबार, वैशाख २७, २०८१

सुन जस्तै चम्किएको न्युरोड

नेपालप्लस संवाददाता / काठमाडौं२०८० कार्तिक ६ गते ३:३५

दशैं शुरु भए लगत्तै राजधानीबाट बाहिरिनेहरुको लर्को चलेको छ । फूलपातीको एकै दिनमा करिब दुई लाख मानिस राजधानीबाट बाहिरिएको बिभिन्न नेपाली सञ्चार माध्यमले उल्लेख गरेका छन् । यहि बेला राजधानीको न्युरोड क्षेत्र भने झलल छ । बिभिन्न रङका बत्तीले जगमगाएको छ । फूलपातीदेखि अष्ट्रमीको साँझसम्म झन धेरै भिड लागेको छ । न्युरोड बत्तीनै बत्तीले झकिझकाउ छ । सडकका दायाँबायाँ दुबैतर्फ बत्ती यस्तरि बलेका छन् सडकबाट सुनका लप्का सलल बगेजस्तो देखिन्छ । टाढैबाट सुनको नदी बगेजस्तो पहेंलो न पहेंलो सलल बगेजस्तै छ । यसले न्युरोडलाई थप आकर्षण गरेको छ । यहि कारणले गर्दा बिदेशी पर्यटकपनि तानिएका छन् । ब्यापारपनि बढेको छ । तर मान्छेको भिड ज्यादै बढेपछि मोटरसाईकल पार्किङकालागिपनि समस्या परेको थियो । सयौं मोटरसाईकल लाईन लागेको थियो । सडक जाममा फसेको फस्यै थियो । नेपालप्लसले खिचेका केहि तस्विर हेर्नुस् !

तपाइँको प्रतिक्रिया