शुक्रबार, वैशाख २१, २०८१

सउदीमा पुटीनलाई स्वागतको अर्थ र आयम

इन्द्र बहादुर क्षेत्री२०८० मंसिर २५ गते २:१५

इन्द्र बहादुर क्षेत्री

सोभियत संघको विघटनलाइ स्वभाविक तर १५ सोभियत राज्यहरूको पृथकतालाइ ‘ट्राजडी’ बताउने जार पीटर द ग्रेटका अनुयायी रूसी तानाशाह भ्लादिमीर पुटीनले २४ फेब्रुअरी २०२२ को राती पूर्व सोभियत राज्यमध्येको सबैभन्दा ठूलो र पहिलो प्रजातान्त्रीक राज्य युक्रेन (स्मरणीय छ, पूर्व सोभियत राज्यहरू मध्ये अर्को प्रजातान्त्रीक देश जर्जिया मात्र हो जसमाथि सन् २००८ मै हमला गरेर भ्लादिमीर पुटीनले उसका दुइ क्षेत्र साउथ असेटिया र अफ्गाजिया कब्जा गरिसकेका छन्) माथि भीषण हमला गरे । यो अप्रत्याशित हमलाको विश्वबाट भर्त्सना भयो । युरोप र उत्तर अमेरिकाबाट रूसमाथि प्रतिवन्धहरूको घोषणा भैरहँदा पुटीनले युरोपीयन देशहरूमा रूसबाट प्रवाह भैरहेको तेल र ग्याँसका टूटी बन्द गरिदिए ।

जर्मनी ६० प्रतिशत र समग्र युरोप ४० प्रतिशत रूसी जीवास्म इन्धनमा निर्भर थियो । युरोपलाइ रूसी इन्धनको बिकल्प तुरून्तै खोज्नु जरूरी भयो । यसको लागि युरोपले रूस बाहेकका इन्धन उत्पादक देशहरूको मूख ताक्नुको बिकल्प थिएन । यसबाट विश्वको आपूर्ति संयन्त्र नै उथल पुथल हुने निश्चित भयो ।

यसरि आपूर्ति संयन्त्र युरोप मोडिँदा त्यसको मार तेश्रो विश्वका गरीब देशमा पर्ने निश्चित थियो, पर्‍यो । यसबाट वैश्वीक महासङ्कट उत्पन्न हुने संभावना टड्कारो भैरहेको परिप्रेक्षमा ओपेक प्लसका देशहरूले आफ्नो उत्पादन ह्वात्तै बढाउनुपर्ने परिस्थिति सिर्जना भएको थियो । तर ओपेक प्लसको बैठकले ठीक उल्टो निर्णय गरिदियो । यसका नेतृत्वदायी देशहरू सउदी र यूएइको पहलमा रूसको स्वार्थ पूरा हुने गरि तेल र ग्याँसको उत्पादन घटाइदियो । यसबाट तेलको भाउ एक्कासी बढेर प्रति ब्यारेल १२७ डलर पुग्यो ।

इजरायल र अमेरिका माथि १९७० मा जस्तो इन्धनमा प्रतिवन्ध गरेर हायल कायल पार्ने अपेक्षा राखिएको बेला तेलको मूल्य घटेर आजको दिनमा प्रति ब्यारेल ७४ डलरको न्यूनतम बिन्दूमा पुगेको लज्जास्पद स्थिति टुलु टुलु हेरेर बस्न बाध्य भएका छन् तेल कुवेरहरू ।

विश्वमा भयावह स्थिति सिर्जना हुने निश्चित भएपछि अमेरिकी राष्ट्रपति जो वाइडनले सउदी नै पुगेर उत्पादन बढाउन अनुनय विनय मात्र गरेनन् टर्कीको सउदी दुतावासमा गरेको पत्रकार खसोगीको हत्यामा सउदी राजकुमार मोहम्मद बिन सलमान माथि अमेरिकाले लगाएको “परिया”(अछुत) को ट्याग समेत फिर्ता लिइदिए । तर राजकुमार सलमानको महत्वाकांक्षा पुटीनको युद्धले ह्वात्तै बढाइदिएको थियो । उनले वाइडेनसँग एफ १६ फाइटर जेट र यमनका हाउथि बिद्रोहीको दमनको लागि आवश्यक हतियार उपलव्ध गराउनुपर्ने पुरानै माँग दोहोर्याए । वाइडनले यसको सुनुवाइ गर्ने कुनै गुञ्जायस थिएन ।

अतः बिन सलमानले वाइडेनको तेल उत्पादन बढाउने अनुरोधको कुनै वास्ता गरेनन् । बरू त्यहि बेला पेट्रो डलर हटाउने जस्ता अनावस्यक फत्तुर फैलाएर दुनियाँलाइ झन त्रसीत बनाइदिए । चीनसित चिनियाँ मुद्रामा तेल बेच्ने सहमति नै गरे । तर उनको दुर्भाग्य भारत र चिनले रूसको प्रतिकूल अवस्थाको फाइदा उठाउँदै रूसबाट सिन्कीको भाउमा तेल पाइरहेको हुँदा सउदीबाट लगिरहेका खेपहरू पनि बन्द गरिदिए । समयको यस बिन्दूसम्म पनि त्यो स्थिति कायमै रहेको छ ।

ओपेक प्लसले यसरि धर्म छाडेपछि यस संगठनमा नरहेका ठूला तेल उत्पादक देशहरू अमेरिका, क्यानडा, नर्वे र नाइजेरियाले संसारको महासङ्कट थाम्न अघि सरे । त्यहाँका कम्पनीहरूले उच्चतम क्षमतामा पम्पीङ शुरू गरेर अभूतपूर्व रूपमा संसारभरिको जीवास्म इन्धनको सङ्कट टार्न सफल मात्र भएनन् मालामाल धन समेत कमाइरहेका छन् । पूर्व योजना अनुसार अमेरिकाले आफ्नो ‘स्ट्राटजीक रिजर्व’ को तेल चलाउनुु परेन । एलएनजी कम्पनीहरूले पनि यस क्रममा एटलाण्टीक सागरमा ट्राफिक जाम नै हुने गरि आपुर्ती गरेर युरोपका एलएनजी ट्याङ्कहरू भरिदिए । युरोपलाइ त्यसै वर्षको जाडोमा कठ्याङ्रयार दुःख दिने पुटीनको योजना यसरि असफल भयो ।

अमेरिका, क्यानडा, नर्वे र नाइजेरिया यी ४ देशसँग जीवाश्म ईन्धनमा पेट्रोलियम बाहूवली ओपेक प्लसको नराम्रोसङ्ग हार भएपछि रन्थनिएका यूएइ र सउदीले पुटीनलाइ भब्य स्वागत गरेर अमेरिकालाइ देखाइदिएका छन् ।

भारत र चीनमा प्रवाह भैरहेको रूसको सस्तो तेल र अमेरिका लगायतका देशको युरोपमा भएको तेल र एलएनजीको अत्यधिक आपूर्ती (ओभरफ्लो) ले सबैभन्दा बढी मार सउदी र यूएइलाइ पर्न गयो । यसबाट अत्तालिएका सउदी राजकुमार बिन सल्मानले यमन, सिरिया, लेवनान लगायत विश्वभरि नै सिया सुन्निबीच छद्म युद्ध लडिरहेको परमपरागत दुश्मन इरानलाइ मात्र रातो कार्पेट विछ्याएनन् आफैंले दुष्ट घोषणा गरेका सिरियाका तानाशाह बसर अल असदलाइ समेत २०११ को अरब अपराइजिङ पछि पहिलो पल्ट सहभागी गराए । यसको बिरोधमा यूएइले सम्मेलन नै बहिस्कार गरेर हिँड्यो भने कतार लगायतका देशहरू बिन सल्मानसँग रूष्ट बने ।

१९७० को अरब ईजरायल सङ्रटमा पेट्रोलियममा नाकाबन्दी गरेर ओपेक प्लसले संसारमा हाहाकार ल्याएको थियो । अहिले इजरायलले प्यालेस्टिनीहरूलाइ घर घरबाट थुतेर मारिरहेको छ भने गाजा शहर ढुङ्गे युगको अवस्थामा पुगेको छ । अमेरिकाले भूमध्यसागरमा आफ्नो युद्धपोत र युद्दक विमानहरू तैनाथ गरेर इजरायललको समर्थन गरिरहेको स्थितिमा बिन सल्मान र इजरायलसँग ‘सिक्स डेज वार’ लगायत कैयाैँ युद्ध लडिसकेको अरब दुनियाँ रमिते झैँ तैँ चूप मै चूप भएर बस्न बाध्य छ । ठीक समयमा ठीक निर्णय लिन नसक्दा सउदी राजकुमारको सत्ता समेत खतरामा धकेलिएको प्रतीत हुन्छ । सउदी अरब र हर्मुज जलडमरूबाट अमेरिकाले हात झिकिदियो भने इरान र यमनका हाउथीले सउदी, यूएइ, कतार, बहरेन र कुवेतलाइ पर्सियन खाडीमै थुनिदिन्छन् ।

भारत र चीनमा प्रवाह भैरहेको रूसको सस्तो तेल र अमेरिका लगायतका देशको युरोपमा भएको तेल र एलएनजीको अत्यधिक आपूर्ती (ओभरफ्लो) ले सबैभन्दा बढी मार सउदी र यूएइलाइ पर्न गयो ।

इजरायल र अमेरिका माथि १९७० मा जस्तो इन्धनमा प्रतिवन्ध गरेर हायल कायल पार्ने अपेक्षा राखिएको बेला तेलको मूल्य घटेर आजको दिनमा प्रति ब्यारेल ७४ डलरको न्यूनतम बिन्दूमा पुगेको लज्जास्पद स्थिति टुलु टुलु हेरेर बस्न बाध्य भएका छन् तेल कुवेरहरू । मध्यपूर्वको संभावित कदमलाइ मभ्यनजर गर्दै अमेरिका लगायतले तेलको उत्पादन बढाएको कारण तेलको मूल्य घट्न गएको अनुमान गर्न सकिन्छ।

अमेरिका, क्यानडा, नर्वे र नाइजेरिया यी ४ देशसँग जीवाश्म ईन्धनमा पेट्रोलियम बाहूवली ओपेक प्लसको नराम्रोसङ्ग हार भएपछि रन्थनिएका यूएइ र सउदीले पुटीनलाइ भब्य स्वागत गरेर अमेरिकालाइ देखाइदिएका छन् । यो “देखाइदिनु” मात्र किन हो भने पुटीनले आफ्नै ककेसियन वरद पुत्र अरमेनियालाइ समेत अजरवाइजानबाट बचाउन नसकेर भर्खरै आफ्नो मूखमा कालो मोसो दलीसकेका छन् । अरमेनिया अहिले अमेरिकन क्याम्पमा पुगिसकेको छ । यि घटनाक्रम हेर्दा रुस अहिले आफैं त महादेवको अवस्थामा पुगेको छर्लंग्ङ देखिन्छ ।

युक्रेनसँग लड्न नसकेर संसारभरिका दुष्टहरूसँग गूहार माग्दै हिँडेका पुटीनलाइ दुनियाले देखेकै छ । पुटिनको शक्ति युक्रेन युद्दले स्खलित भएको छ । अब त्यो शक्तिलाई न सउदीले जोगाइदिन सक्छ न युएइले नै । उसैपनि सउदी भन्दा पुटीनको लागि इरान प्रिय छ भन्ने कुरा अरबबाट फर्केको भोलिपल्टै इरानी राष्ट्रपतिलाइ क्रेमलिन बोलाएबाटै प्रष्ट हुन्छ ।

फोसिल फ्यूलमा समेत पश्चिमसँग हार खाए पछि पुटीनको केहि जाने हैन, यसै पनि उनि प्रतिवन्धमै छन् । तर ‘ओपेक किङ्’ सउदी अरबको सर्वस्व गुमेको छ । राजकुमार मोहम्मद बिन सल्मान नराम्रोसँग चिप्लिएका छन् । भूइँको टिप्न खोज्दा पोल्टाको पोखिएको छ उनको । यसैको सेरोफेरोमा भ्लादिमीर पुटीनको अरब भ्रमणलाइ लिनुपर्छ । अन्य आयम उत्खनन गर्न कुनै जरूरी छैन । अब तेल र ग्याँसमा ओपेक प्लसको हेजेमोनी सधैँको लागि समाप्त भएको छ । परिणामतः तेल भूराजनीतिको त्रासबाट समेत संसार मुक्त भएको सुखद परिस्थिति बनेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक