शुक्रबार, वैशाख २१, २०८१

सौराहामा हात्ती सुन्दरी प्रतियोगिता, ‘सेल्फीकली’ प्रथम

नेपालप्लस संवाददाता / सौराहा, चितवन२०८० पुष ११ गते १९:२१

चितवन राष्ट्रिय निकुन्यको मध्यवर्ती क्षेत्रमा पर्ने चित्रसारीको चौरमा पर्यटन ब्यवशायीहरुले बुधवार हात्ती सुन्दरी प्रतियोगिता आयोजना गरेका छन् ।

बिभिन्न रङरोगन र तेल घसेर चिरिच्याँट पारेका हात्तीहरुको सुन्दरी प्रतियोगितामा ‘सेल्फीकली’ प्रथम बनेकि छ ।

१७ औं हात्ती तथा पर्यटन महोत्सवको सुन्दरी प्रतियोगितामा चितवन निकुञ्जको हात्ती ‘रिमझिमकली’ दोस्रो र ट्राभलर्स जंगल क्याम्पको ‘समृद्धिकली’ तेस्रो बनेकी छ ।

सुन्दरी प्रतियोगितामा कुन हात्ती अब्बल छ भनेर दर्शकहरुलाई मत दिन लगाउँदा ‘समृद्धिकली’ को मत सबैभन्दा बढी थियो । तर हातीको स्वास्थ्य, खुरको अवस्था, हात्तीलाई उसको माहुतले दिएको निर्देशन कति पालना गर्छ भनेर समेत मूल्यांकन गरिएको थियो ।

त्यसैगरि हात्तीको हिँडाई (क्याटवक), को चाल, हात्तीको सफाई, सिँगारपटार, कानको अवस्था, बंगाराको अवस्था लगायतका करिब १० वटा अवस्थाको मूल्यांकन गरेर अन्तिम बिजेता चुनिएको थियो ।

बिहिवार हात्तीहरुको लागि सामूहिक भोज आयोजना गरिने आयोजकहरुले बताए ।

तपाइँको प्रतिक्रिया

फेसबुक