शनिबार, वैशाख १५, २०८१

एक दिन बिदा दिएर सौराहामा हात्तीलाई भोज

नेपालप्लस संवाददाता / सौराहा, चितवन२०८० पुष १३ गते १९:३९

पर्यटकीय नगर सौराहामा एक दिनको छुट्टी दिएर माहुतहरुले हात्ती र छावालाई वनभोज मनाउन ल्याएका छन् ।

प्रत्येक वर्ष डिसेम्बरको अन्तिम साता मनाइने वार्षिक हात्ती महोत्सवको एक हिस्साको रूपमा हात्ती पिकनिक आयोजना गरिएको हो । शुक्रबार हात्तीहरूलाई घुमफिर गर्नेहरूका बीचमा सख्खरमा पकाएको चामलदेखि लिएर मनपर्ने उखु लगायतका स्वादिष्ट परिकारहरू खुवाइयो।

बिहानैदेखि भात, गुड़, उखु, तरबूजालगायत विभिन्न प्रकारका फलफूल पकाइएको थियो। त्यस्तै हात्तीलाई मन पर्ने फलफूल र अन्य खाध्य वस्तुहरु खुवाईएको थियो ।

पिकनिकको लागि मैदानमा आउनुअघि पशु चिकित्शक किरण रिजाल आफ्ना सहकर्मीहरूका साथ हात्तीको खान्की निगरानी गर्न पुगेका थिए । टोलीले हात्तीहरूका लागि खानाको अनुपात सुनिश्चित गर्‍यो र सबै वस्तुहरू मातृ हात्तीहरूका लागि विशेष हेरचाह गर्दै पिकनिकमा सरिक गराएका थिए ।

हरेक हात्तीका लागि करिब दुई किलो स्याउ, एक किलो गाजर, दानाहरू (प्रत्येकको लागि आधा केजी तौल बराबर), करिब १० किलोग्राम तौलको उखु, मकै, ड्र्यागन फल, तरबूजा, अम्बा, मेवा, सख्खरमा पकाएको चामल, नुन, धान र पाउरोटी लगायत खुवाईएको थियो ।

“हात्तीको स्वास्थ्य ख्याल गर्नुपर्छ । कतिपय फलफूलमा रसायन हालेर उत्पादन गरिएको हुन्छ, कतिपयमा माटो हुन्छ । त्यो सबै नुन हालेर पखालेपछि मात्र दिएका छौं, हात्तीको स्वास्थ्य राम्रोसित ख्याल नगरे बिरामी पर्न सक्छन् भनेर निगरानी गर्न आफ्ना सहकर्मीसहित बिहानै देखि हात्तीको पिकनिक स्थलमा खटिएको थिएँ” किरण रिजालले भने ।

यो हिमालय राष्ट्रको एक अद्वितीय उत्सव परम्परा हो जसले हात्तीलाई भगवानको रूपमा मान्दछन्। हात्तीको टाउको भएको हिन्दू देवता गणेशसँग सम्बन्धित छन् । भगवान गणेशको आशीर्वादले हरेक काममा सफलता मिल्ने जनविश्वास रहेको छ ।

शुक्रबार चितवन राष्ट्रिय निकुञ्जको स्वामित्वमा रहेका घरपालुवा हात्तीका साथै निजी होटललाई पनि पिकनिकमा सहभागी हुन एक दिन बिदा दिइएको थियो ।

“आज यिनले काम गर्दैनन् । यिनको छुट्टी हो । दिनभरि मिठोमिठो खाएर पिकनिक मनाउँछन्” ट्राभलर्स जंगल क्याम्पका सञ्चालक रामु रिजालले हाँस्दै सुनाए “हामी पिकनिक जाँदा कति रमाउँछौं, हात्तीपनि रमाउन् न ।”

सामान्य दिनमा हात्तीले बिहान करिब ८ बजेदेखि दिउँसो र अपरान्ह देखि बेलुकासम्म पर्यटकलाई पिठ्युँमा राखेर वन क्षेत्र घुम्ने गर्थे । शुख्रवार भने छुट्टी मनाए ।

पिकनिकपछि घर फर्किँदै हात्ती

तपाइँको प्रतिक्रिया