शनिबार, वैशाख १५, २०८१

बादलसँगै लाप्पा खेल्ने उपल्लो मुस्ताङ (फोटैफोटो)

डा. हरिकुमार श्रेष्ठ२०८० पुष २४ गते ५:०८

 

मुस्ताङ जिल्लाको लोमान्थाङ्ग धेरैकालागि नितान्त नयाँ गन्तव्य हो । त्यहाँका बुच्काबुच्की, भीर, डाँडा, पाखा, नदीनालाका दुश्य र परिदृश्यहरू सबै नयाँ लाग्छन् । जतिसक्दो त्यहाँको मन र माटो छाम्दै, खोतल्दै जाँदा यात्रापनि जीवन्त बन्छ। झन झन परिपक्व बन्छ । माथिल्लो मुस्ताङ्ग यसैपनि चर्चाको शिखरमै छ ।

पहाडहरू खण्डहर मरुभूमिजस्तो देखिन्छन् । तर पनि यौवन पलाउँदै हुन्छ । तिनले आकाश र बादलसँग मायाप्रीति गाँसी एकआपसमा चुम्बन गरिरहेका हुन्छन् ।

माथिल्लो मुस्ताङको पहिलो गाउँ ‘तिरी गाउँ’ मा खेतीपाती गरिने गराहरू विभिन्न पुस्ताका फलफूलका रुखहरूले ढकमक्क देखिन्छन् । पाटा मिलेको बुट्टेदार गलैँचाहरू जस्तो ।

माथि माथि जाँदा पहाड होचिँदै गएझैं पनि लाग्छ । आकाश फराकिलो बन्दै जान्छ । बादलसँगै लाप्पा खेल्दै कञ्चन नीलो रङ्गमा । बादल पनि डाँडाको चुचुरो भागतिर टाँसिएर हिउँजस्तै देखिन्छ ।

प्राकृतिक दृश्यहरू हरियालीविहीन भए तापनि शव्दले बयान गर्नै नसकिने अति नै सुन्दर ठाउँ हो उपल्लो मुस्ताङ ।

तपाइँको प्रतिक्रिया