शुक्रबार, जेठ ४, २०८१

फूल देखाएरै विश्वलाई चकित: करोडौं आम्दानी, हजारौंलाई रोजगारी

ददि सापकोटा / नेदरल्याण्डस्२०८१ वैशाख १८ गते ९:२८

पर्यटक तान्न धेरै ठूलो लगानी चाहिन्छ भन्ने छैन । विशाल भवन, अद्भुतका होटेल र रेस्टुरेन्ट, फराकिला सडक र विमानस्थल नबनाए पनि पर्यटक आउन्नन् भन्ने होइन रहेछ । छोटो आयु, थोरै पात, भण्डारका लागि टाउको दुखाउनुपनि नपर्ने । जमिनमै सुरक्षित बस्ने तुलिप फूलको अल्पकालिन वगैंचा देखाएरै नेदरल्याण्डसले विश्वका लाखौं पर्यटक तानिरहेको छ । करोडौं दाम कमाईरहेको छ । र हजारौंलाई रोजगारी दिएको छ ।

डच नागरिकहरुले केउकेनहफ बगैंचा शुरु गरेको ७५ वर्ष भयो । यो अहिले विश्व चर्चित छ, तुलिप गार्डेनका नाममा । पूर्णरुपमा तीन महिनापनि नटिक्ने तुलिप फूल लगाएर डचहरुले विश्वभरिकै पर्यटक तान्छन् ।

तुलिपसँगै उनीहरुले सयौं थरीका सुनाखरीपनि हुर्काउँछन् । ति फूलका बिउ र गाँठा संसारलाई बिक्रि गर्छन् ।

एम्स्टरडम शहरबाट करिब १८ किमीमा पर्ने लिस्से नगरपालिकाको ३२ हेक्टरमा फैलिएको यो तुलिप बगैंचा हेर्न आउनेले गर्दानै एम्स्टरडम शहर पर्यटकले भरिभराउ छ ।

बेलैमा बुक नगरे खोजेको ठाउँमा होटेल पाइन्न । यहि तुलिप बगैंचा घुम्ने टिकटपनि पाइन्न । बगैंचा छिर्न कहिलेकाहिं हातमा टिकट बोकेरपनि एक घण्टाभन्दा बढी लाम लाग्नुपर्छ । भित्र पसिसकेपछि मान्छेको भिड किरा जस्तै देखिन्छ । ३२ हेक्टरको यो बगैंचामा जतततै भिड ।

तर उनीहरुले असाध्यै राम्रो ब्यवस्था मिलाएका छन् । लगभग ७५ प्रजातिकै तुलिप बिभिन्न रङ र रुपमा यहाँ देख्न पाइन्छ ।

यो जरिबुटी जातकै फूल रातो, सुन्तला, गुलाबी, पहेंलो वा सेतो रङका हुन्छन् । तुलिप कसरि रह्यो यकिन त छैन । तर “ट्यूलिप” एक फारसी शब्दबाट व्युत्पन्न भएको मानिन्छ। ट्युलिप नामका मानिसले पत्ता लगाएकाले उनैको नामबाट राखिएको हो कि भन्ने विश्वाश गरिन्छ । तुलिपहरू मूल रूपमा दक्षिणी युरोपदेखि मध्य एशियासम्म फैलिएको छ । तर सत्रौं शताब्दीदेखि व्यापक रूपमा प्फैलिएको हो जब यसको खेति शुरु गरियो ।

वसन्तमा फूल फुल्छ । तिनको गाँठा जमिनमा रोपेर छोडिन्छ। वसन्तको प्रारम्भमा भूमिगत गाँठा (बल्ब) बाट टुसा पलाउँछ । त्यहि ठडिन्छ, फूल्छ । फूल र पातहरू मर्ने बित्तिकै गर्मीमा तिनीहरू सुसुप्त हुन्छन्। अर्को साल फेरि त्यहि गाँठाबाट टुसाउँछ । तर उनीहरुले अनेक जातका तुलिप निकाल्छन् ।

यसमा ७० लाख ट्युलिप, हाइसिंथ, डेफोडिल्स र अन्य फूलका गाँठा र विरुवा रोपिन्छन् । यो वगैंचामा छ सय उत्पादकहरूले फूलका गाँठाको ब्यवस्था गर्छन् ।

तुलिप विश्वका धेरै देशमा भएपनि तुलिपको विश्व बजारहरूको प्रमुख उत्पादक नेदरल्याण्ड्स हो । उसले तयार पारेका गाँठा विश्वका धेरै देशलाई बेच्छ।

केउकेनहफले यसपटक ७५ औं वार्षिकोत्सवको मनायो। यो वर्ष राजकुमारी मार्गरेटले मार्च १९ का दिन केउकेनहोफ वगैंचाको लिस्सेमा उद्घाटन गरेकि थिईन् । आफ्नो ७५-वर्षको इतिहासमा, केउकोनहोफ नेदरल्यान्ड्सको प्रतीक मात्र होइन सजावटी फूल र विश्व पर्यटन क्षेत्रको एक अगुवा पनि बनेको छ। र पैसा कमाउन, पर्यटक तान्न र रोजगारी स्रिजना गर्न साना कुरालेपनि सकिन्छ भन्ने देखाएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक