सोमबार, भदौ ३१, २०८१

डेनमार्कका नेपालीहरुले हाईब्रिड सम्मेलन गर्दै

नेपालप्लस संवाददाता / डेनमार्क२०८१ भदौ १९ गते १५:४०

डेनमार्कलाई कार्यथलो बनाएर काम गरिरहेका एकाडेमिक्स तथा फ्रोफेशनलहरु (शैक्षिक तथा पेशागत) ब्यक्तिहरुले एक आपसमा जोडिने तथा नजिकिने प्रमुख उद्देश्य राखेर हाईब्रिड (उच्च नस्ल) सम्मेलन गर्ने भएका छन ।

डेनमार्कका सकृय सामाजिक अगुवाहरुको बिचमा एक अनलाईन बैठक राखेर नेप्साप (द नेपलिज साईन्टिफिक-एकाडेमिक एण्ड प्रोफेसनल प्यानल इन डेनमार्क) ले उक्त सेमिनारबारे औपचारिक जानकारी गराएको हो ।

उक्त सम्मेलनमा बिभिन्न पाँच बिधामा आधारित बिधागत रुपमा पाँच सत्र चल्ने र प्रत्येक सत्र पछि सन्जाल सत्र (नेटवर्किङ सेसन) रहने आयोजकले बताएका छन । उक्त सत्रमा सहभागीहरुले आफ्ना चासोको क्षेत्रका बिज्ञ तथा पेशागत ब्यक्तित्वहरुसँग सञ्जाल निर्माणको मौका पाउने आयोजकको दावी छ ।

विध्यार्थी तथा पेशागत प्रवेशको चरणमा रहेकाहरुको लागि सञ्जाल नीर्माण गर्न यो सम्मेलन सुनौलो अवसर हुन सक्ने नेप्साप का संयोजक डा खेम बहादुर अधिकारीले बताए ।

कोपनहेगन विश्वविध्यालय, फ्रेडरिक्सब्याको सभाहलमा आगामी सेप्टेम्वर ७ शनिवार बिहान ९ बजेबाट साँझ ५ बजे सम्म उक्त कार्यक्रम चल्ने छ । सम्मेलन भर्चुवल र फिजिकल (अनलाईन र सशरिर) दुवै रहने हाईब्रिड मोडेलमा हुने सम्मेलन कोअर्डिनेटर डा शैलेश मल्लले बताए ।

सेमिनारमा भौतिक रुपमा सहभागी हुन चाहनेहरुले आफ्नो नाम समयमै दर्ता गर्न पनि आयोजकले अनुरोध गरेका छन । अनलाइन सहभागिता जनाउन चाहनेहरुका लागि चाँडैनै जुम लिङक उपलव्ध गराउने अध्यक्ष अधिकारीले बताए ।

तपाइँको प्रतिक्रिया