विशाल विद्युत अवरोधले स्पेन र पोर्चुगलको जनजीवन ठप्प
(सांकेतिक फाईल फोट)
स्पेन र पोर्चुगल सोमबार ठूलो विद्युत अवरोधको शिकार बनेका छन । यो क्षेत्रको मेट्रो सञ्जाल, फोन लाइन, ट्राफिक बत्ती र एटीएम मेशिनहरू बन्द गराएको छ । स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजले आपतकालीन बैठक बोलाएका छन । युरोपेली परिषद् अध्यक्ष एन्टोनियो कोस्टाले “कुनै साइबर आक्रमणको संकेत नभएको” बताएका छन्।
विद्युत अवरुद्ध हुँदा सोमबार स्पेन र पोर्चुगलभर रेल सेवा ठप्प भयो । सडकहरू जाम भए । मानिसहरू लिफ्टमा फसे । केही घण्टापछि मात्र केही क्षेत्रमा विद्युत पुनः आयो । तर धेरै ठाउँमा अझै आएको छैन ।
स्पेन सरकारले दिउँसो १२:३० बजे सुरु भएको ब्ल्याकआउटको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ । तर सर्वसाधारणले के भइरहेको हो भन्ने थाहा पाउन सकेका छैनन्।
“मानिसहरू चकित थिए, किनभने स्पेनमा यस्तो कहिल्यै भएको थिएन,” म्याड्रिडमा मेट्रो प्रणाली ठप्प भएपछि बाहिर निस्केका १९ वर्षीय निर्माण मजदुर कार्लोस क्यान्डोरीले ए एफपीलाई बताए।
“फोनलेपनी काम गर्दैन । मैले आफ्ना परिवार, आमाबुबासँग सम्पर्क गर्न सकेको छैन । म काममा पनि जान सक्दिन,” उनले भने।
स्पेनको राजधानी म्याड्रिड लगायतका ठाउँहरूमा मानिसहरू बैंकबाट नगद निकाल्न हतारिएका थिए । सडकहरूमा मानिसहरूको भीड लाग्यो जसले मोबाइल सिग्नल खोज्ने प्रयास गरिरहेका थिए। केही लिफ्ट वा ग्यारेजभित्र थुनिए।
सावधानी स्वरूप, म्याड्रिड ओपन टेनिस प्रतियोगिताको खेल सो दिनका लागि रद्द गरियो। स्पेनको रेलवे सेवा प्रदायक एडिफले देशभर ट्रेनहरू रोकिएको जनाएको छ।
“आज मझ्यौला र लामो दुरीका रेलहरू पुनः सञ्चालन हुने आशा गरिएको छैन । हामी बिजुली आपूर्ति फर्केपछि सेवा पुनः सुरु गर्न काम गरिरहेका छौं, जुन आजको दिन सम्भव हुने छैन,” स्पेनी मन्त्री ओस्कार पुएन्टेले क्स (ट्विटर) मा लेखेका छन ।
स्पेनका आणबिका भट्टी केन्द्र (न्यूक्लियर पावर प्लान्ट) हरू पनि सुरक्षा उपायस्वरूप स्वत: बन्द गरिए । डिजेल जेनेरेटरद्वारा ‘सुरक्षित अवस्थामा’ राखिएको स्पेनी आणविक सुरक्षा परिषद (सि एस एन) ले स्नेनी मेडिअयलाईइ बताएको छ।
प्रधानमन्त्री पेद्रो सान्चेजले स्थिति सम्हाल्न आपतकालीन बैठक बोलाएको उनको कार्यालयले टेलिग्राम सन्देशमार्फत् जनाएको छ।
युरोपेली आयोगले स्पेन र पोर्चुगलसँग सम्पर्कमा रहेको बताएको छ । युरोपेली परिषदका अध्यक्ष एन्टोनियो कोस्टाले एक्समा लेखेका छन्, “कुनै साइबर आक्रमणको संकेत भने छैन।”
‘अनुमान गर्न कठिन’
स्पेनको ग्रिड अपरेटर रेड एलेक्टृकाका कार्यकारी प्रमुख एडुआर्डो प्रिएटोले भनेका छन “हालैको समयमा ब्ल्याकआउटको कारणबारे हामी अनुमान गर्न सक्दैनौं” । स्रोत पत्ता लगाउन सबै प्रयास भइरहेको बताएका छन ।
उनले थपे, “यदि सबै ठिक भएमा”, देशभर विद्युत सेवा फर्किन ६ देखि १० घण्टा लाग्न सक्छ। रेड इलेक्टृकाले पछि स्पेनको उत्तर, दक्षिण र पश्चिमका केही भागमा पुनः विद्युत आपूर्ति सुरु भइसकेको बाटअएको छ।पोर्चुगलको रेन (आर ई एन) अपरेटरले सम्पूर्ण आइबेरियन प्रायद्वीप – जसमा स्पेनका ४८ मिलियन र पोर्चुगलका चार करोड ८० लाख जनसंख्या समावेश छन् – प्रभावित भएको जनाएको छ । “स्थिति कहिले सामान्य हुन्छ भन्ने भविष्यवाणी गर्न असम्भव छ” भनेको छ ।
यो विशाल ब्ल्याकआउटले म्याड्रिड, बार्सिलोना र लिस्बनबाट हुने उडानहरूमा समेत अवरोध ल्याएको युरोपेली हवाई यातायात संस्था युरोकन्ट्रोला ले उल्लेख गरेको छ । यद्यपि कति उडान प्रभावित भए भन्ने अझै भन्न सकिने अवस्था छैन।
फ्रान्सको दक्षिण-पश्चिम क्षेत्रमा पनि केही समय विद्युत अवरोध भएको थियो । तर त्यहाँ केहिबेरमै सेवा पुनः सुरु गरिएको फ्रान्सको उच्च भोल्टेज ग्रिड अपरेटर आर टि ईले बतायो।
उक्त संस्थाले भन्यो, “यो बहु-देशीय ब्ल्याकआउटको कारण अझै पत्ता लाग्न बाँकी छ।”
बार्सिलोनामा पनि ट्राफिक अव्यवस्थित रह्यो, जहाँ स्थानीय बासिन्दा र पर्यटकहरू सडकमा ओइरिएर के भएको हो बुझ्न खोजिरहेका थिए। विद्यार्थी लाइया मोन्टसेराटले विद्युत नआएपछि आफ्नो विद्यालय छाड्नुपरेको बताइन्।
“इन्टरनेट नफर्केपछि, विद्यालयले हामीलाई घर जान भन्यो तर रेल चलेको थिएन,” उनले ए एफपी लाई भनिन् “हामी अहिले के गर्ने भन्ने थाहा छैन।”
सोसल मिडियामा पोस्ट गरिएका तस्बिरहरूमा म्याड्रिडका मेट्रो स्टेसनहरू अँध्यारोमा डुबेका देखिन्छन् । रेलहरू रोकिएका छन् । अफिस वा गल्लीमा मानिसहरू मोबाइलको बत्तीको सहाराले बाटो हेर्दै हिँडिरहेका छन्।
इन्टरनेट गतिविधि ट्र्याक गर्ने साइट नेटब्लक्स ले ए एफपी लाई भनेको छ “ब्ल्याकआउटले देशको डिजिटल पूर्वाधारको ठूलो भाग गुमाएको छ। यो अवधिमा वेब कनेक्शन सामान्यको मात्र १७ प्रतिशतमा झरेको बताइएको छ।’
स्पेनी पत्रिका एल पाईसले अस्पतालहरूमा आपतकालीन जेनेरेटर प्रयोग गरी अत्यावश्यक वार्डहरू सञ्चालनमा राखिएको, तर अन्य केही युनिटहरू विद्युतविहीन भएको उल्लेख गरेको छ।
यस्ता विशाल ब्ल्याकआउटहरू विगतमा पनि विश्वका विभिन्न देशहरूमा देखिएको थियो।
सेप्टेम्बर २०२३ मा ट्युनिसिया, अगस्ट २०२० मा श्रीलंका, जुन २०१९ मा अर्जेन्टिना र उरुग्वे, र जुलाई २०१२ मा भारतमा विशाल विद्युत अवरोध भएको थियो।
युरोपमा नोभेम्बर २००६ मा फ्रान्स, जर्मनी, बेल्जियम, नेदरल्यान्ड्स, इटाली र स्पेनमा एक घण्टासम्म एक करोडा मानिस अन्धकारमा परेका थिए। त्यो जर्मनीको ग्रिडमा आएको समस्याले भएको थियो।
(FRANCE 24 र AFP को सहयोगमा)