बुधबार, असार २५, २०८२

जलवायु परिवर्तनले माछाको आकार घट्दै

नेपालप्लस संवाददाता / फ्रान्स२०८२ असार २५ गते १८:५०

फ्रान्सेली अनुसन्धानदाताहरुले जलवायु परिवर्तनका कारण माछाहरुको आकार घट्दै गएको तथ्य सार्वजनिक गरेका छन ।

सन १९८० देखि सार्डिन माछाको आकार भूमध्यसागरमा घट्दै गएको छ । पहिले २३ सेमी लामो हुने गरेको माछाको आकार हाल घटेर १५ देखी ११ सेन्टिमिटर भएको छ ।

पेशेवर माझीहरूको सहयोगमा समुद्रबाट केहि सय सार्डिनहरू संकलन गरि अनुसन्धान गर्दा यस्तो रहस्य फेला परेको हो ।

भूमध्यसागरमा सार्डिनको आकारमा आएको गिरावट गल्फ द लियों (लियों खाडी)मा तिनीहरूको आहार र वातावरणमा आएको परिवर्तनसँग जोडिएको छ । गल्फ द लियों खाडी स्पेनको क्याटालोनियाको भूमध्यसागरीय तटवर्ती क्षेत्रको विस्तृत क्षेत्र हो जसमा फ्रान्सको ल्याङ्गुएदोक-रुसिलियों र प्रोभँस रहेको छ, जुन पश्चिममा बेगुरदेखि पूर्वमा तुलोँसम्म फैलिएको छ। यो खाडीको प्रमुख बन्दरगाह फ्रान्सको मार्सेई शहरा हो। यो मोनालिसा वैज्ञानिक परियोजनाले निकालेको निष्कर्ष हो जसको नेतृत्व इफ्रेमरले मछुवाहरूसँगको साझेदारीमा गरेका थिए।

समुद्री खाद्य शृङ्खलामा एक महत्त्वपूर्ण कडी, सार्डिनहरू संसारमा सबैभन्दा धेरै मारिने माछाहरू मध्ये एक हुन्। तर २००० को दशकको मध्यदेखि, माछा मार्नेहरू र वैज्ञानिकहरूले समुद्री तटहरूमा तीनिहरूको आकार र तौलमा तीव्र गिरावट आएको फेला पारेका छन्। भूमध्यसागरमा, तिनीहरूको आकार औसतमा घटेर १५ देखि ११ सेन्टिमिटरसम्म पुगेको छ । तौल ३० ग्रामबाट १० ग्राम पुगेको छ । दुई वर्षभन्दा बढी उमेरका सार्डिनहरू गायब भएका छन्। यी साना, साना सार्डिनहरूको व्यावसायिक मूल्य धेरै कम हुन्छ।

इफ्रेमरद्वारा गरिएको अनुसन्धान अनुसार यो न त माछा मार्ने कामले हो न त प्राकृतिक शिकारीहरूकै कारण । यसमा भाइरसको कारणपनि थिएन । बरु तिनीहरूको आहाराको कारण थियो। ति माछाले खाने प्लाङ्क्टन नामक पौष्टिक आहारा समुद्रमा कम भएको छ । यसलाई मोनालिसा वैज्ञानिक परियोजनाको नतिजाले भर्खरै पुष्टि गरेको हो।

गल्फ अफ लायनको खाडीमा माईक्रो आल्ग (सूक्ष्म लेउ) को मात्रा समग्रमा १५ प्रतिशतले घटेको छ ।

वैज्ञानिकहरू पहिलो पटक गल्फ अफ लायनमा प्लाङ्क्टनको गुणस्तरमा आएको गिरावटबारे व्याख्या गर्न सक्ने सबै तथ्याङ्कहरूको विश्लेषण गर्न सक्षम भएका हुन । भूउपग्रहका तस्विरहरूले २००० को दशकको मध्यमा माईक्रोआल्गको मात्रामा १५ प्रतिशत सम्मको गिरावट स्पष्ट रूपमा देखाएको अनुसन्धानदाताले बाताएका छन ।

प्लाङ्क्टन उत्पादनमा यो कमी तिनीहरूको आकारमा परिवर्तनसँगै आएको हुन सक्नेपनी बाटअएका छन । जस्तो:  प्लाङ्क्टन कोषहरू साना र कम ऊर्जावान हुनाले तिनीहरूलाई उपभोग गर्ने माछाहरू, जस्तै सार्डिन वा एन्कोभिज जसरीनाइ घटेको हुनसक्छन ।

यी परिमार्जनहरू महत्त्वपूर्ण क्षेत्रीय वातावरणीय परिवर्तनहरूको परिणामस्वरूप नदी र समुद्रद्वारा आपूर्ति गरिने पोषक तत्वहरूमा कमी, वायुमण्डलीय र समुद्री परिसंचरणमा परिवर्तन, र जलवायु परिवर्तनसँग जोडिएको उनीहौर्ले बाटअएका छन । गता ३० वर्षमा औसतमा शुन्य दशमलव पाँच डिग्री सेल्सियसको समग्र तापक्रम वृद्धि हुँदै जाँदा असारअहरु बढ्न सक्ने आँकलन गरिएको छ ।

प्राकृतिक वातावरणीय यो अनुगमनको अतिरिक्त, वैज्ञानिकहरूले नियन्त्रित वातावरणमा समेत प्रयोग गरे । पेशेवर मछुवाहरूको सहयोगमा समुद्रमा समातिएका एक वर्षीय ४५० सार्डिनहरूलाई फ्लावास-ले-फ्लोत भन्ने ठाउँमा रहेको इफ्रेमर प्रयोगात्मक स्टेशनमा आठ ट्याङ्कहरूमा सात महिनासम्म अभ्यस्त पारिएको थियो।

त्यसको उद्देश्य, माछाको अस्तित्व, वृद्धि र भण्डारमा खानाको आकार र मात्राको प्रभाव परीक्षण गर्नु थियो। सार्डिनहरूलाई ट्याङ्कीको आधारमा सानो वा ठूलो मात्रामा सानो वा ठूलो खानासहित चार समूहमा विभाजन गरिएको थियो।

वास्तवमा, सानो आहारा लिँदा सार्डिनहरूले आफ्नो शिकारलाई आफ्नो गिलहरू मार्फत “फिल्टरिंग” मोड (छानेर लिने)मा खान्छन्, जसमा लामो समयसम्म निरन्तर पौडी खेल्नु पर्छ । ठूलो आहार लिँदा सार्डिनहरूले आफ्नो शिकारलाई एक-एक गरी निल्छन्, जसको लागि निरन्तर रुपमा कम पौडी खेल्ने समय भए पुग्छ । त्यसो गर्दा कम ऊर्जा खर्च हुन्छ।

“ठूलो आहारा खुवाएका सार्डिनहरू सन २००८ भन्दा पहिले समातिएका जस्तै ठूलो आकारमा फर्किए। यसले खानाको कारणले गर्दा तीनको आकार घटेको पुष्टी हुन्छ” मोनालिसा अनुसन्धान केन्द्रले भनेको छ । उनीहरुले विश्वका अन्य मुलुकमापनि यस्ता परिवर्तनहरु भएको हुनसक्ने र त्यसका लागि अनुसन्धानको खाँचो औंल्याएका छन ।

तपाइँको प्रतिक्रिया