आइतबार, भदौ २३, २०८१

फ्रान्सेली पत्रकारहरूद्वारा मेडिया उद्योगमा यौन उत्पीडन र बलात्कारको निन्दा

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ कार्तिक २८ गते ३:११

फ्रान्सेली टिभी च्यानल टिएफ १ का पूर्व शीर्ष समाचार एङ्कर प्याट्रिक प्वाभ्रे दि’हार्भोरलाई आठ महिलाले बलात्कार र यौन दुर्व्यवहारको आरोप लगाएपछि फ्रान्सेली मिडियाबारे नयाँ काण्डले फ्रान्सलाई तताएको छ । महिला अधिकारका लागि कार्यरत मि टू संस्थाले फ्रान्सको मेडिया उद्योगमा हुने यौन र् औत्पिडनका घटना सार्वजनिक गरिएदिएको छ । उनीहरुले यस्ता घटना सार्वजनिक गरिदिएपछि धेरै महिला पत्रकारहरूले सामाजिक सञ्जालमा उत्पीडन, धम्की र दुर्व्यवहारको निन्दा गर्न लागेका छन् । उनीहरूले मेडिया उद्योगमा यस्तो धेरै भोगेको बताएका छन्।

“यौन उत्पीडन, अपमान, भेदभाव, शोषण … यो सबैको बदलापनि आफ्नो काम, कर्म जारि राख्न शक्ति मिलेकै छ । यो सबै सहेर, जितेर पनि काम जारि राख्न पहिले नै विजय भएको जस्तै महसुस हुन्छ” पत्रकार टिफाइन ब्लटले ट्विटरमा भनेकि छन् ।

अर्की एक महिलाले ट्वीट गरेकी छिन् “जुन पत्रकारले मलाई बलात्कार गर्‍यो, दूर्ब्यवहार गर्‍यो र गाली गर्‍यो उसलाई मैले शुरुमै मलाई मित्रता बाहेक अरु केहि चाहिँदैन भनें । मैले पत्रकारिता झण्डै उ र उसकी प्रेमिकाको कारणले छोडेँ । उसकी प्रेमीकाले मलाई ‘तिमी यति कुरुप छेउ कि यस्तो कुरुपलाई कसैले बलात्कारपनि गर्दैन’ भनी ।”

रेडियो बि आइपी मेडिया २५, को लागि प्रायः लाइभ रिपोर्टिङ गर्ने पत्रकार एम्मा ओद्रेले आफ्ना अनुयायीहरूलाई ट्वीटमा सम्झाएकि छन् ‘उत्पीडन कार्यस्थलमा मात्र होइन सडकमा पनि हुन्छ जहाँ हिंसा चारैतिरबाट आउँछ, प्रहरी, प्रदर्शनकारीहरू, यात्रीहरू आदि”।

कार्यस्थल भित्र र बाहिर अनुभव भएको हिंसा र उत्पीडनको बारेमा बोल्न धेरै भन्दा धेरै पत्रकारहरूले अहिले मुख खोलिरहेका छन् । उनीहरुले मि टू मेडिया ह्यासट्याग प्रयोग गइरहेका छन् । तिनलाई फ्रान्सेली मेडिया उद्योगले गणना गरिरहेको छ ।

केही पत्रकारहरूले आफूलाई कसरी दोहोरो असर परेको थियो भन्ने कुरा बोलेका छन् । पहिले उत्पीडन आफैंले ब्यहोर्दा कति असर पर्‍यो र त्यसपछि त्यो बोलेबापत कति सजायँ, हेपाई, बेईज्जत्ति र दूर्ब्यवहार सहनुपर्‍यो भन्ने उल्लेख गरेका छन् ।

एएफपी न्युज एजेन्सीकी पूर्व पत्रकार मेरी अल्बर्ट भन्छिन् “उनले छ महिनासम्म सहकर्मीबाट भोगेको यौन उत्पीडनको बारेमा सार्वजनिक भएपछि सन् २०१८ मा उनको सम्झौता नवीकरण गरिएन ।”

एलोडी हर्भे यस्तै पिडित अर्कि पत्रकार हुन् । भन्छिन् “समाचार च्यानल एलसिआइले काममा यौन दुर्व्यवहारको प्रयास गरेको रिपोर्ट गरेपछि मलाइ नियमित काम दिन बन्द गर्यो । म अझै पनि एक वकिलको सहयोगमा आफ्नो अधिकारको लागि लडिरहेकि छु ।”

कार्यस्थलमा दुर्व्यवहारको वर्णन गर्न पुरुष र महिलाहरूको लहरनै चलेको छ । फ्रान्सेली अखबार लिबेरास्सियोंद्वारा एक विस्फोटक रिपोर्ट बाहिरिएको छ । त्यसमा आठ महिलाले पूर्व टिभी प्रस्तोता प्याट्रिक प्वाभ्रे डी’ हार्भोरलाई बलात्कार र यौन दुर्व्यवहारको आरोप लगाएका छन् ।

‘सहयोगी मौन’ र ‘दण्डहीनता’

अहिले ७४ वर्ष पुगेका वृद्धले २१ वर्षसम्म हप्तैपिच्छे टिएफ १ को साँझ समाचार बुलेटिन प्रस्तुत गरे । सन् २००३ मा तत्कालीन फ्रान्सेली राष्ट्रपति ज्याक शिराकले उनलाई देशको सर्वोच्च नागरिक सम्मान लेजियों ओनर प्रदान गरेका थिए ।

हाल यौनजन्य दुरुपयोग भनेर अगाडि आएका महिलाहरुले टिएफ १ मा काम गरेको आफ्ना ति वर्षका अवधिमा “शक्तिको दुरुपयोग” गरेको र सहयोगीहरुले मौनता साँधेको बताएका छन् । त्यो मेडिया हाउसमा पूर्ण दण्डहीनताको स्पष्ट अनुभूति गरेको र त्यसको निरन्तरता चलिरहेको आरोप लागएका छन् ।

सार्वजनिक रूपमा बोल्ने महिलाहरू मध्ये एक, स्टेफनी खयातले उनी पहिलो पटक सन् १९९४ मा प्वाभ्रे हारभोरद्वारा बलात्कृत भएको बताएकि छन् । उनी त्यतिबेला एनोरेक्सियाबाट पीडित थिईन् । त्यसपछि चार वर्ष उनीसँगै काम गरिन् ।

“मैले त्यो मुठभेडको बारेमा कसैसँग कुरा गरिन” उनले लिबरेसनलाई भनिन् । “कहिल्यै, कहिल्यैपनि भनिन किनकी मलाई लाज लाग्यो । त्यसो भन्नु मलाई फोहोर लाग्यो । किनकि म उहाँसँग काम गर्न राजी भएँ । अहिले त्यो मेरो दिमागमा घुमिरहन्छ । मैले त्यो काम कसरी स्वीकार गर्न सकें भनेर ? मलाई पर्खालमा लगेर घचेडिएको थिएन । मलाई जबरजस्ती गरिएको थिएन । किन ?”

प्वाभ्रे हारभोरकी छोरी सोलेन पनि एनोरेक्सियाबाट पीडित थिइन् । र उनले सन् १९९५ मा आत्महत्या गरिन् । प्वाभ्रेको छोरीलाई अस्पताल लैजान सहयोग गरेको र अस्पतालबाट बाहिर आएपछि उनले आफूलाई फेरि बलात्कार गरेको उनले लिबेरास्सियोंलाई बताइन् ।

प्वाभ्रे हारभोरले आफू विरुद्ध लगाइएको सबै आरोप अस्वीकार गरेका छन् । २२ महिलाको लिखित उजुरिका बाबजुद पर्याप्त प्रमाण नभएको भन्दै अदालतले फैसला गरेर वर्षको सुरुमा उनीविरुद्ध ल्याइएको मुद्दा खारेज गरिदिएको थियो ।

उनलाई आरोप लगाउनेहरूको समूहले मिडिया उद्योगमा चुपचाप पीडित महिला र पुरुषको लडाइलाई समर्थन गर्न मि टू मेडिया नामक संस्था स्थापना गर्ने निर्णय गरेको छ ।

मेडिया ट्रेड युनियन र संघहरूले पनि आन्दोलनलाई समर्थन गरिरहेका छन् । फ्रान्सका पत्रकारहरूका लागि प्रमुख ट्रेड युनियन, ‘सिन्डिकेट नेशनल दे जर्नलिस्ट्स’ ले यौन हिंसा पीडितहरू र नयाँ संगठनको लागि आफ्नो समर्थन ट्वीट गरेको छ ।

मेडियामा लैङ्गिक समानता र व्यावसायिक समानताको लागि लड्ने संस्था ‘फनों ला युन’ ले ट्वीट गरेको छ “आफ्नो कथा बताउन मि टू मेडिया प्रयोग गर्नुहोस । यसको ह्यासट्याग प्रयोग गर्ने, चुपचाप बस्ने सबैलाई हामी समर्थन गर्छौं, सहयोग गर्छौं । हामी तपाईहरुमाथि विश्वास गर्छौं । आफ्ना समस्या बताउनुहोस् ।”

तपाइँको प्रतिक्रिया