सदस्यबाट दस्तुर लिएर केन्द्रमा नबुझाउने १० एनआरएनए एनसिसीको सूची सार्वजनिक
गैर आवाशिय नेपालीहरुबाट वार्षिक सदस्यता शुल्क लिएरपनि केन्द्रमा बुझाउनुपर्ने दस्तुर नबुझाउनेमा गैर आवाशिय नेपाली संघ (एनआरएनए) का १० वटा राष्ट्रिय समन्वय परिषद (एनसिसी) हरुको सूची सार्वजनिक भएको छ ।
यहि डिसेम्वर १५ मा हुने निर्वाचनकालागि प्रमुख निर्वाचन अधिकृत लिला मणी पौडेलले केन्द्रमा सदस्यताबापत तिर्नुपर्ने सदस्यता दस्तुर नतिरेको भन्दै १० वटा एनसिसीहरुको सूची सार्वजनिक गरेका हुन् ।
त्यसरि सदस्यता शुल्क नतिर्ने एनसिसीहरुमा एनसिसी क्यानडा, एनसिसी कोष्टारिका, एनसिसी अमेरिका, एनसिसी जापान, एनसिसी फिलिपिन्स, एनसिसी बेलारुस, एनसिसी साईप्रस, एनसिसी युके, एनसिसी अष्ट्रेलिया छन् ।
त्यसैगरि एनसिसी युनाईटेड अरब इमिरेट्सका १८८७ सदस्य मध्ये ५०० जनाको मात्रै शुल्क बुझाइएको निर्वाचन समितिले जारि गरेको सूचनामा छ । साथै युएईमा अधिवेशन समेत नभएको उल्लेख छ ।
यदि निर्वाचन समितिले तोकेको समयसम्म यि उल्लेखित १० एनसिसीले केन्द्रमा बुझाउनुपर्ने सदस्यता शुल्क नबुझाएमा निर्वाचन प्रक्रिया, महाधिवेशनमा भाग लिन नपाउने संभवना बलियो छ ।
यस अघिनै आफूहरुसित सदस्यता शुल्क लिएर केन्द्रमा तिर्नुपर्ने दस्तुर नतिरेको भन्दै एनसिसी अष्ट्रेलियामा विवाद शुरु भैसकेको छ । यदि एनसिसीहरुले सदस्यहरुको केन्द्रलाई बुझाउनुपर्ने दस्तुर नबुझाएमा यो विवाद अन्य एन सिसीहरुमापनि बढ्ने देखिन्छ ।