छ करोड माछाले भुरा जन्माउने एकै थलोमा !
६० हजार टन आइस फिश (माछा) को समुह गणना
करिब छ करोड माछाको एउटै प्रजनन क्षेत्र अन्टार्कटिकामा फेला परेको छ । अन्वेषकहरूले त्यहाँ ६० हजार टन आइस फिश (माछा) को समुह गणना गरेको छ ।
अन्टार्कटिक वेडेल सागरको दक्षिणमा रहेको फिल्चनर बरफको ढिक्का नजिकै एक अनुसन्धान टोलीले विश्वको सबैभन्दा ठूलो माछा प्रजनन क्षेत्र फेला पारेको हो ।
एउटा क्यामेरा प्रणालीले समुद्रीतटमा नियोपेजटोप्सिस ईयोनाह प्रजातिको आइसफिश (माछा) को हजारौं गुँडहरूको फोटो खिचेपछि यो केन्द्र हालसम्म जानकारिमा रहेको मध्ये सबैभन्दा ठूलो प्रजनन् केन्द्र भएको दाबि गरिएको छ ।
गुँडको घनत्व र सम्पूर्ण प्रजनन क्षेत्रको आकारले अवलोकनको समयमा लगभग छ करोड आइसफिश (माछा) ले प्रजननको लागि समुह बनाएको संकेत मिलेको हो । यी निष्कर्षहरूले दक्षिणी महासागरको एट्लान्टिक क्षेत्रमा समुद्री संरक्षित क्षेत्र स्थापना गर्न समर्थन प्रदान गर्दछ । अल्फ्रेड वेगेनर इन्स्टिच्युटबाट अटुन पर्सरको नेतृत्वमा रहेको टोलीले वैज्ञानिक जर्नल करेन्ट बायोलोजीको हालको अंकमा उनीहरूको नतिजा प्रकाशित भएको छ ।
सन् २०२१ को फर्वरीमा अनुसन्धानकर्ताहरूले जर्मन अनुसन्धान जहाज पोलारस्टर्नमा यात्रा गर्दा मोनिटरहरूमा धेरै माछाको गुँडहरू देखेका थिए जसलाई जहाजको टाउकोमा जडित क्यामेरा प्रणालीले अन्टार्कटिक वेडेल सागरको समुद्रीतटबाट जहाजको ५३५ देखि ४२० मिटर तल देखेको थियो । समुद्रीतलबाट जहाजमा प्रत्यक्ष प्रसारण गरेको देख्दा ति आनन्दित र अचम्मित थिए ।
यो मिसन जति लामो समयसम्म चल्यो त्यति नै उत्साह बढ्दै गयो । अन्ततः त्यो यात्रा अविश्वसनियरुपमा अन्त्य भयो : गुँडले गुँड पछ्याइएको पछ्याई भयो । गुँड जति देखिए उति यात्रा अगाडि बढाउँदा देखेको देख्यै गरियो । पछिको सटीक मूल्याङ्कनले देखाएको छ-त्यहाँ प्रति तीन वर्ग मिटरमा औसतमा एउटा प्रजनन स्थल थियो । टोलीले सक्रिय गुँड प्रति वर्ग मीटरमा अधिकतम एक देखि दुई वटा फेला पारेको थियो ।
क्षेत्रको नक्साङ्कनले २४० वर्ग किलोमिटरमा कुल विस्तार भएको सुझाव दिन्छ । त्यो भनेको काठमाडौं उपत्यकालाई तिन भाग लगाउँदा जति हुन्छ त्यो तिनमा एक भाग क्षेत्रफलभन्दापनि बढी हो । काठमाडौं उपत्यकाको क्षेत्रफल लगभग ६६५ वर्ग किमी छ । यति क्षेत्रको आकारमा माछाको गुँडहरूको कुल संख्या लगभग छ करोड अनुमान गरिएको छ ।
“वेडेल सागरमा आइसफिश (माछा) को यति ठूलो प्रजनन क्षेत्र पहिले पत्ता नलागेको थाह पाउनुनै पूर्णतया मनमोहक छ” रिपोर्टका प्रकाशक अल्फ्रेड वेगेनर इन्स्टिच्युट, हेल्महोल्ट्ज सेन्टर फर पोलर एन्ड मरिन रिसर्च (अवि) का गहिरो समुद्री जीव वैज्ञानिक अटुन पर्सर भन्छन् । जे भएपनि, अल्फ्रेड वेगेनर इन्स्टिच्युटले १९८० को दशकको शुरुदेखि नै आफ्नो बरफ जम्ने क्षेत्रको अन्वेषण गरिरहेको छ । हालसम्म, यहाँ व्यक्तिगतरुपले नियोपेजटोप्सिस आयनाह वा गुँडहरूको सानो गुच्छा मात्र पत्ता लागेको थियो ।
अनौठो अवलोकनहरू तथाकथित ओशन फ्लोर अब्जर्भेसन र बाथिमेट्री प्रणाली (ओ एफ ओ बि एस) बाट गरिन्छ । यो बरफले ढाकिएका समुद्रहरू जस्तै चरम वातावरणीय अवस्थाको, समुद्रीतलाको सर्वेक्षण गर्न निर्माण गरिएको क्यामेरा हो । यसलाई विशेष फाइबर-ओप्टिक र पावर केबलमा सामान्यतया आधादेखि एक नटको गतिमा, समुद्रीतलभन्दा करिब डेढ मिटर माथि टाँसिन्छ ।
“धेरै माछाको गुँडहरूको शानदार खोज पछि, हामीले प्रजनन क्षेत्र कति ठूलो छ भनेर पत्ता लगाउन बोर्डमा एउटा रणनीतिको बारेमा सोच्यौं -हामीले गुँडको अन्त भएकै देखेनौं । गुँडहरू व्यासमा तीन चौथाई मिटर हुन्छन् । त्यसैले तिनीहरू संरचना र जीवहरू भन्दा धेरै ठूला हुन्छन् जसमध्ये केही सेन्टिमिटर मात्र आकारका हुन्छन् जुन हामी सामान्यतया ओशन फ्लोर अब्जर्भेसन र बाथिमेट्री प्रणाली प्रणाली (ओ एफ ओ बि एस) बाट पत्ता लगाउँदछौं” अटुन पर्सरको रिपोर्टमा उल्लेख छ ।
“त्यसोभए, हामीले जमिन माथिको उचाइ लगभग तीन मिटर र माथि जाने गति अधिकतम तीन नट (चरण) मा बढाउन सक्षम भयौं । यसरी अनुसन्धान गरिएको क्षेत्रलाई गुणा गर्दै । हामीले ४५,६०० वर्ग मिटरको क्षेत्र ओगट्यौं र अविश्वसनीय तरिकाले १६,१६० माछाको गुँडहरू गन्यौं” उनले उल्लेख गरेका छन् । उनीहरुले फोटो र भिडियो फुटेजसमेत धेरैनै लिएका छन् ।
तस्बिरहरूको आधारमा टोली लगभग १५ सेन्टिमिटर गहिरो र ७५ सेन्टिमिटर व्यासको गोलो माछाको गुँडहरू स्पष्ट रूपमा पहिचान गर्न सक्षम भयो । धेरै प्रकारका माछाको गुँडहरू छुट्याएर हेरे । सक्रिय गुँडहरूमा १,५०० देखि २,५०० अण्डाहरू छन् । तीन-चौथाई ठाउँमा नियोपेजटोप्सिस ईयोनाह प्रजातिको वयस्क आइसफिश (माछा) वा गुँडहरू जसमा केवल अण्डाहरू छन् । त्यहाँ प्रयोग नगरिएका गुँडहरू पनि थिए जसको वरपर या त अण्डा नभएको माछा मात्र देख्न सकिन्थ्यो वा मरेको माछा ।
अन्वेषकहरूले ओ एफ ओ बि एस को लामो-दायरा प्रयोग गरे । तर कम-रिजोल्युशन भएको साइड स्क्यान सोनारहरू प्रयोग गरेर गुँडहरूको वितरण र घनत्व नक्शांकन गरे जसले एक लाख गुँडहरू रेकर्ड गर्यो ।
वैज्ञानिकहरूले आफ्नो नतिजालाई समुद्री विज्ञान र जैविक तथ्यांकसँग जोडे । प्रजनन क्षेत्रमा वेडेल सागरबाट तातो गहिरो पानीको प्रवाह हुन्छ । ट्रान्समिटर सुसज्जित सिलहरूको सहयोगमा टोलीले यो क्षेत्र वेडेल सिलहरूको लागि पनि लोकप्रिय गन्तव्य हो भनेर प्रमाणित गर्न सक्षम भएको छ । सिलहरूको हाम्फाल्ने गतिविधिहरूको ९० प्रतिशत सक्रिय माछा गुँडहरूको क्षेत्रमा भएको थियो जहाँ तिनीहरू सम्भवतः खानाको खोजीमा जान्छन् । अन्वेषकहरूले त्यहाँ ६० हजार टन आइस फिश (माछा) को समुह गणना गरेको छ ।
यो विशाल प्रजनन क्षेत्र वेडेल सागरको लागि अत्यन्त महत्त्वपूर्ण परिस्थितिकिय तन्त्र (इकोसिस्टम) हो । हालको अनुसन्धानका अनुसार हालसम्मको जीवविज्ञानको प्रकाशनमा विज्ञहरूले विश्वव्यापी रूपमा पत्ता लगाएको स्थानिय रूपमा सबैभन्दा ठूलो माछा प्रजनन उपनिवेश हुन सक्ने सम्भावना छ ।