मंगलबार, वैशाख १८, २०८१

युक्रेनको मारिउपोल शहरमा मात्रै ५००० मारिए, रुसी सेना किभ क्षेत्रबाट फिर्ता

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ चैत २४ गते ११:००

Image Credit-globaltimes.pk

रुसले युक्रेनमाथि आक्रमण गरेपछि त्यहाँको शहर मरिउपोलमा मात्रै पाँच हजार युक्रेनी मारिएका छन् ।

फ्रान्स २४ न्युजका अनुसार युक्रेनले किभको बाहिरी इलाकाका भग्नावशेष र रुसी अत्याचारका प्रमाणहरू सङ्कलन गर्ने क्रममा पाँच हजार मारिएको दाबी गरेको हो ।

देशको औद्योगिक नियन्त्रणको लागि चरम लडाइँ हुनसक्ने भन्दै सुरक्षामा जुट्दा घेराबन्दीमा परेको बन्दरगाह सहर मारिउपोलका मेयरले बुधवार त्यहाँ मारिएका नागरिकहरूको सङ्ख्या ५,००० भन्दा बढी भएको बताएका हुन् ।

यसैबिच रूसी सेनाहरू राजधानी कीभको बाहिरी क्षेत्रबाट फिर्ता भएर देशको पूर्वी भागमा सेनाहरू थपिरहेको फ्रंस २४ ले उल्लेख गरेको छ ।

युक्रेनी रक्षा मन्त्रालयले विहिवार विहान पेन्टागनको रिपोर्टलाई पुष्टि गर्दै रसियाले उत्तर कीभबाट आफ्नो सेना फिर्ता लिएको र अब युक्रेनको पूर्वमा सेना सार्ने प्रक्रियामा रहेको जनाएको हो ।

डोनबास क्षेत्रमा यसअघि नै लडाइँमा उल्लेख्य वृद्धि भइसकेको छ ।

युक्रेनले औद्योगिक क्षेत्रले घेरेको देशको पूर्वमा नियन्त्रणमा राख्न चरम युद्धको लागि तयारी गरेको छ । किनकि रूसी सेनाहरू कीभको चकनाचूर बाहिरी इलाकाबाट पछि हटेर डोनबास क्षेत्रमा आफ्नो आक्रमणलाई तीव्र बनाउन लागेका छन् ।

त्यहाँ अधिकारीहरूले समय गम्भिर बन्न सक्ने भन्दै मानिसहरूलाई उक्त क्षेत्रबाट सुरक्षित स्थलतर्फ लाग्न आग्रह गरेका छन् ।

आफ्नो रातको सम्बोधनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी सेनाले पूर्वमा नयाँ आक्रमणको तयारीमा आफ्ना सेनाहरू निर्माण गर्न जारी राखेको बताएका छन् । त्यो यस्तो क्षेत्र हो जहाँ क्रेमलिनले युक्रेनको प्रायः रुसी भाषी डोनबासलाई मुक्त गर्ने लक्ष्य राखेको छ । त्यो औद्योगिक केन्द्र हो । तर जेलेन्स्कीले युक्रेनले पनि युद्धको तयारी गरिरहेको बताए ।

‘हामी लड्नेछौँ, पछि हट्ने छैनौँ” उनले भने “रुसले गम्भीरतापूर्वक शान्ति खोज्न नथालेसम्म हामी आफ्नो रक्षा गर्न सबै सम्भावित विकल्पहरू खोज्नेछौं । यो हाम्रो भूमि हो। यो हाम्रो भविष्य हो। हामी तिनीहरूलाई छोड्ने छैनौं ।”

तपाइँको प्रतिक्रिया

फेसबुक