अस्ट्रेलियाको नेपाली समूदायमा घरेलु हिंसा बढ्दो
घटना नम्बर एक
अस्ट्रेलियाको रकडेलको पार्कमा दिन दहाडै ज्वाइले ससुरालाई भकुरे । देख्नेपनि अचम्मित भए । नेपालबाट आएका सासु ससुरालाई सार्वजनिक रुपमै हातपात गर्ने कस्तो ज्वाई ? ती बा आमा भर्खरै महँगो भाडा तिरेर नेपाल फर्किए । बाबु आमा घुम्न बोलाएको तर कोरोना लकडाउनले फसेपछि छ महिना बसिसक्दापनि फर्कन नपाउँदा पती पत्नीबिच झगडा बढेको रहेछ । उच्च रक्तचापका बिरामी बाबु आमा एक डेढ महिनाका लागि घुमाउन रहर गरेर ल्याइहाले । तर रोग र कोरोना लकडाउन थपिँदै जाँंदा, औषधी उपचार बढ्दै जाँंदा अस्ट्रेलियामा यी दम्पतीबिच झैझगडा प्रारम्भ भएको थाहा भयो । आमा बाबुको अनुरोधमा यो घटना प्रहरीमा नपुगेपनि यी जोडी बिचको सम्वन्ध भने अहिले समधुर छैन ।
घटना नम्बर दुइ
श्रीमतीको कचकच बढेपछि अर्वनमा एक युवाले सोमरस पीएको बेला एक झापड लाएछन् । तत्कालै माफी पनि मागेछन् । त्यसपछि जोइपोइबिच बोलचाल बन्द भएछ । तर कामका साथीहरुले ‘हैट, अस्ट्रेलियामा यसरी पिटन पाइन्छ ? प्रहरीमा जानुपर्छ’ भनेपछि रिसको झोंक र साथीभाइको तोकमा नानी प्रहरीकहाँ पुगिछन् । प्रहरी आएर श्रीमानलाई समातेर लग्यो । कोरोनाका कारण सुनुवाइ सरेपनि दुइजना बिचको सम्वन्ध अहिले बिच्छेदको अवस्थामा पुगेको छ । उजुरी फिर्ता लिन पाइदैन भनेर सोध्थीन रे नानीले । केटोले भने ‘सानो गल्तीले ठुलै सजाँयँ भोगियो’ भन्दै साथीभाइलाइ सुनाउँछन् ।
घटना नम्बर तिन
शुक्रबार बरउड कोटंमा उपस्थित गराइएका एक अर्याल थरका केटालाई सरकारी वकिलले सत्र वटा आरोप लगाउँदै कसुरवार भएकोमा हदैसम्मको सजाँयँको माग गरेको छ । भर्खरै अस्ट्रेलिया आएको यो नव बिवाहित जोडीमा भने अर्याल थरको केटोको ठूलो बदमासी देखियो । कुटपीट, डर धम्की त्रासदेखि लिएर आर्थिक शोषण समेत यावत आरोप खेपेका ती युवकले आफ्नो गल्ति लुकाउन बिवाहीत श्रीमतीलाई पुरानो डेरामा छाडेर कुलेलम ठोकेका रहेछन् । अस्ट्रेलिायामा बसेर कोठा सर्दैमा र भाग्दैमा अपराधबाट जोगिन्छ भन्ने मानसिकता बोकेका यी युवक यतिखेर अर्को सुनुवाइको पर्खाइमा छन् । जुन उनका लागि कठोर निर्णयका रुपमा रहने पक्का पक्की छ ।
घटना नम्बर चार
अस्ट्रेलियामा पढाइ पुरा गर्न नसकी समस्यामा परेर नेपाल फर्केकी एक युवतीलाई झयाइँ झयाइँ बजा बजाउँदै बिहे गरेर अस्ट्रेलिया ल्याए एकजना यतैका नेपालीले । बिहे गरेर अस्ट्रेलिया आएको केहि महिना नबित्दै ती युवतीले झीटीगुन्टा बोकेर अर्केसँंग हिडिन् । बिचरा पीडित युवक अहिले “अनुहार हेरेर हुँदैन रैछ, मानिश चिन्न गाह्रो हुँदो रहेछ” भनेर हिँड्डै छन् । युवतीको बिछोडको पीडा र सम्पतीको हिनामिनाले बहुलाझैं भएका छन ती बिचरा ।
अस्ट्रेलियामा प्रत्येक चार मध्ये एक जनाले आफ्नो नजिकको सम्बन्धित व्यक्तिबाट हिंसाको सामना गर्नुपरेको तथ्याङ्क छ । यो समस्याले यहाँको नेपाली समूदायलाई पनि उत्तिकै पीरोलेको तथ्य कसैबाट लुकेको छैन ।
एक महिना भित्र अस्ट्रेलियाको नेपाली समाजमा देखिएका यी केहि घटनाक्रमले प्रवासमा हाम्रो समाज र नयाँ पुस्ताको जिवनशैलीका बारेमा चित्रण गरेको देखिन्छ । यी प्रतिनिधिमुलक घटना त बाहिर आएका र देखिएका मात्र हुन । बाहिर नदेखिएका कयैन यस्ता घरेलु हिंसाका श्रृंखला हुन सक्छन् ।
“हामी अस्ट्रेलियामा थोरैको संख्यामा थियौं र घटनाक्रम पनि सानै हुन्थे । भएपनि बाहिर आउँदैनथे । अहिलेको जस्तो चासो राख्ने समाज पनि थिएन । अहिले ६५ हजार बिध्यार्थी, डिपेन्डेड तिस हजार पीआर र त्यही हाराहारीमा नागरिक गरि डेढ लाख भन्दा बढि नेपाली भैसकेका छन । घटना बढनेनै भयो नी” ग्रानभिल नेपाली समाजका उपाध्यक्ष भीम बस्नेत बताउँछन । बस्नेत भन्छन “कती थाहा पाइ पाइ पनि यस्ता घटना भएका छन् । कतिपय यसो गर्दा के हुन्छ भन्ने कुरा थाहा नपाइ भएका छन् । अस्ट्रेलियाको कानुनलाई नियाल्न नसक्नु, नेपालबाट आउने युवा युवतीहरु विदेशलाई पनि नेपालझै ठान्ने प्रवृतीले पनि बिगारेको बस्नेत बताउँछन् ।
नेपालीहरुको बाक्लो उपस्थिती रहेको न्यु साउथ वेल्स र भिक्टोरिया राज्यका अदालतहरूमा प्रस्तुत हुने मुद्दामा नेपालीका नाम पनि प्रायः देखिने गरेको तथ्यले पनि घटनाक्रमहरु बढ्दै गएको तथ्यलाई पुष्टि गर्छ ।
सिड्नीमा कार्यरत नेपाली मूलका कानुनी परामर्शदाता प्रत्येक हप्ता घरेलु हिंसाका दुई वा तीन घटनाका बारेमा मानिसहरू राय सल्लाह लिन आउँने गरेको बताउµµछन । ती मध्ये कयौµ कानुनी प्रक्रियाका बारेमा अनभिज्ञता अनि भाषाका समस्याका कारण पिडा सहन बाध्य रहेको तिम्सीनाकोे भनाइ छ । तिम्सीना भन्छन ” यस्ता समस्याहरु नयाँ पुस्तामा अलि बढि देखिएका छन जुन हाम्रो समाजको लागि राम्रो कुरा पटक्कै होइन ।”
अष्ट्रेलियनहरुबिचपनि घरेलु हिंसा बढ्दो
यस्तो घरेलु हिंसा अष्ट्रेलियामा नेपाली समूदायभित्र मात्रै हुने गरेको छैन । अस्ट्रेलियन समाजमापनि यो लामो समयदेखिको रोग हो । सन् २००५ को अस्ट्रेलियाको तथ्याक विभाग (एबीएस) को व्यक्तिगत सुरक्षा सर्वेक्षणले अनुमान गरे अनुसार पुरुष अपराधीले शारीरिक आक्रमण गरेका ३६ प्रतिशत महिलाले प्रहरीमा रिपोर्ट गरेका थिए । सन् १९९६ मा जम्मा १९ प्रतिशत थियो ।
ति १९ प्रतिशत महिला जसले यौनको कारणले शारिरिक हिंसामा परेका थिए तिनको संख्या १५ प्रतिशत थियो । बाँि अन्य पारिवारिक घरेलु कारण थिए ।
सन् १९९६ मा पाँच दशमलव आठ प्रतिशत महिलाले त एक वर्षभित्रनै त्यस्तो शारिरिक हिंसा ब्यहोरेका थिए । तर सन् २००५ मा त्यो बढेर सात दशमलव एक प्रतिशत पुग्यो ।