मंगलबार, वैशाख १८, २०८१

कोरोनाबाट छ जनाको मृत्यु र हजारौं संक्रमित भएपछि उत्तर कोरियाद्वारा कोरोना भएको स्विकार

नेपालप्लस संवाददाता२०७९ वैशाख ३१ गते ५:१७

फोटो- द इकोनोमिक टायम्स

उत्तर कोरियाले कोरोना भाईरस प्रकोप फैलिएको स्वीकार गरेको एक दिन पछि छ जनाको मृत्यु हुनुको साथै हजारौं संक्रमित भएका छन् ।

उत्तर कोरियाले शुक्रबार एक लाख ८७ हजार १८७,००० मानिसहरूलाई ज्वरो आएपछि कोरोना संक्रमित भएको भन्दै उपचार गरेको जनाएको छ ।

“एउटा ज्वरोको लहर यसरि फैलियो जसको कारण पहिचान गर्न सकिएन । त्यो विस्फोटक रूपमा अप्रिलको अन्त्यबाट राष्ट्रव्यापी रूपमा फैलियो” आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले भनेको छ ।

कोरोना भाईरसबाट छ व्यक्तिको मृत्यु भयो । ती मध्ये एक जनाको ओमिक्रोनको बि ए २ सब-भ्यारियन्ट लागेको पत्ता लाग्यो” एजेन्सीले भनेको छ ।

उत्तर कोरियाले पहिलो पटक कोरोना संक्रमित केसहरू विहिवार पुष्टि गरेको हो । राजधानी प्योंगयांगका बिरामीहरूले ओमिक्रोन सकारात्मक परीक्षण गरेपछि यसलाई आपतकालिन महामारी रोकथाम प्रणाली अन्तर्गत राखिएको छ ।

“मे १२ मा मात्रै देशभरि करिब १८,००० जना ज्वरो आएका छन् र हालसम्म १,८७,८०० जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ” उत्तर कोरियाली संचार एजेन्सी के सिएनएले भनेको छ ।

दुई करोड ५० लाख मानिसहरूले कोविड विरुद्ध खोप नपाएपछि उत्तर कोरियाको बिग्रँदो स्वास्थ्य पूर्वाधारले ठूलो प्रकोपको सामना गर्न संघर्ष गर्ने भनाई विज्ञहरूको छ ।

नेता किम जोङले विहीवार पोलिटब्युरोको आपतकालीन बैठकको निरीक्षण गरेपछि भाइरसको फैलावट रोक्न राष्ट्रव्यापी तालाबन्दीको आदेश दिएका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक