मंगलबार, वैशाख २५, २०८१

५८ वर्षमा एउटा मात्रै बच्चा जन्मिएपछि नगरपालिकाभरि खुशियाली

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ साउन २ गते १७:१५

“यो एउटा अनौठो घटना हो ! चियरा, सन् १९६४ देखि हालसम्ममा पहिलो पटक ल मार्थ गाउँमा जन्मेको पहिलो बच्चा ! अब यिनले सिंगो गाउँमा खुशियाली ल्याएकि छन् । अब बसाईसराईपनि रोकिने छ यो गाउँको । ”

फ्रान्सको राजधानी पेरिसबाट करिब ८१२ किमी दक्षिणमा रहेको ला मार्थ गाउँमा गत ५८ वर्षमा पहिलो बच्चा जन्मियो, सिंगो नगरमा खुशि बोकेर । त्यहि खुशियालीमा नगरपालिकाले हर्षोल्लास मनाउन आग्रह गर्दै माथि लेखिएको सन्देश आफ्नो सामाजिक सन्जालमा राखेको हो ।

हो सन् १९६४ देखि यो गाउँमा कुनैपनि बच्चा जन्मिएकै थिएन । जुनको दोस्रो साता चियरा नामकी बच्ची जन्मिएपछि नगर प्रमुख रेमन्ड कार्लेट्टीले आफ्नो नगरका २०९ नागरिकहरूलाई खुशी पार्ने उल्लासमय घटना भएको प्रतिक्रिया दिएका छन् “यो सानो गाउँले जुन २०२२ लाई लामो समयसम्म सम्झने छ !” यो घटनाले अहिले फ्रान्सका राष्ट्रिय सन्चार माध्यमहरुको ध्यान तानिरहेको छ ।

दुई दशमलव ८६५ किलोग्रामको सानो बच्ची चियराले आफ्नो पहिलो रोवाई १०:५६ बजे निकालेको केहिबेरमै सामाजिक सन्जालमा सयौं प्रतिक्रिया आएका थिए । नगरप्रमुखले गाउँमा खुशियाली छाएकाले हर्षोल्लास मनाउन घर बाहिर निस्किनु भन्ने सन्देश दिन गाउँमा बिगुल फुक्दै मानिस खटाएका थिए ।

चियराकी आमा एस्थर शोभे सुँडेनी काममा दक्ष नर्स हुन् र बुबा फाबियन मिभिएल ला मार्थका स्वरोजगार इलेक्ट्रीशियन हुन् । ‘सानी राजकुमारी’ चियराले गाउँ पूरै रमाइलो बनाइन् !

हुन त यो गाउँ त्यति ठूलो भने छैन । अहिले जम्मा २०९ बासिन्दा छन् । तर गाउँमा कुनै बच्चा नजन्मिएपपछि धेरैले छोडेर हिंडेको भनाई नगरबासीहरुको छ । गाउँमा गत ५८ वर्षमा किन वालवालिका जन्मिएनन् भन्ने खोजि र अनुसन्धान भैरहेको छ ।  दक्षिण फ्रान्सको सानो, साफा र सुन्दर गाउँ भएकाले अन्यत्रबाट आएर मानिसहौर् बसिरहेका भने थिए ।

ला मार्थ गाउँमा मात्रै होइन चियराका मातापितालाई बधाई दिनेहरुको ओ ईरो अन्य नगरपालिकाबाटपनि उत्तिकै छ ।

२०९ बासिन्दा भएपनि यो नगरको फेसबूकमा मात्रै १३ हजार भन्दाबढी फलोवर छन् । नगरको फेसबूक, इस्ताग्रम, वेभ र फेसबूक फलोवर हजारौंले चियरा र उनका मातापितालाई बधाई र उपहार दिईरहेका छन् ।

नगर परिषदले नगरपालिकाको फेसबुक पेजमा “हामी आफ्ना मतदातालाई खुसीको खबर नहिचकिचाइकन बाँड्न चाहन्छौं । सन् १९६४ यता ला मार्थको गाउँमा जुन १० राति ११ बजे पहिलो बच्चाको जन्म भयो । यो जादु थियो ! आमाबाबुलाई बधाई र बच्चाको स्वास्थ्यको लागि हाम्रो शुभकामना” भन्ने सन्देश राखेपछि अहिलेसम्मपनि सयौं दर्जनौं कमेन्टहरू प्रवाह भइरहेको छ ।

यो घटना किनपनि यति बिघ्न चर्चित भयो भने चियरालाई उनकी आमाले आफ्नै घरमा प्राक्रितिक तरिकाले जन्माएकि थिईन् । चियराकी आमाले भनेकि छन् “मेरो साथीसँग सल्लाह गरें, मैले लठ्याउने तरिका र शल्यक्रिया बिधि बिना शारीरिक पीडा खपेर जन्माउने बाटो रोजेकि थिएँ ।”

“प्राक्रितिक तरिकाले बच्चा जन्माउने यो काम २१ घण्टा चलेपनि मैले यो धेरै राम्रो अनुभव गरें । पीडा भएपनि यसले आमालाई छुट्टै आनन्द, खुशि र गर्व गर्ने बनाउँदो रहेछ । म यहि विधि मात्र सिफारिस गर्न चाहन्छु । यो जादु हो । साँच्चै असाधारण !”उनले स्थानिय अखवार भर माताँ दाग्रिनियँलाई भनेकि छन् ।

स्थानिय स्रोत र तरिकामानै निर्भर रहेर चरम चिकित्सा बिना बच्चा जन्माउन अझै सम्भव छ भन्ने प्रमाणित गर्नु पनि आफ्नो उद्देश्य रहेको चियराकी आमाले बताएकि छन् ।

तपाइँको प्रतिक्रिया