युक्रेनी राष्ट्रपती जेलेन्स्कीद्वारा रुससँग शान्ति वार्ताको नयाँ प्रस्ताव

Screen shot via dailynigerian.com
युक्रेनका राष्ट्रपती भोलोदिमिर जेलेन्स्कीले रुससँग शान्ति वार्ताको नयाँ चरणको प्रस्ताव राखेका छन् ।
यो प्रस्ताव रूसले युक्रेनमा आफ्नो लामो दूरीको आक्रमणलाई तीव्र पार्दै आएपछी राखिएको हो । पछिल्लो साता रुसले एकै रातमा धेरै ड्रोनहरूबाट आक्रमण बढाएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार किभले अर्को हप्ता रूससँग गर्ने शान्ति वार्ताको नयाँ चरणको प्रस्ताव राखेको बताएका छन्।
सामाजिक सन्जाल एक्समा पोस्ट गरिएको एक भिडियो सन्देशमा, जेलेन्स्कीले दिगो शान्ति सुनिश्चित गर्न “वार्ताको गति बढाउनुपर्छ” भन्ने आग्रह गरेका छन । “नेताहरूको स्तरमा बैठक हुनु आवश्यक छ र त्यसो गर्न युक्रेन इच्छुक रहेको” मा जोड दिएका छन ।
“युक्रेनका नवनियुक्त राष्ट्रिय सुरक्षा तथा रक्षा सचिव रुस्टेम उमरोभले मस्कोलाई निमन्त्रणा पठाउनुभएको थियो” जेलेन्स्कीले भनेका छन । उनले गत महिना इस्तानबुलमा आयोजित प्रतिनिधिमण्डलको वार्ताको नेतृत्व पनि गरेका थिए।
तर जुन महिनामा भएका अघिल्ला वार्ताहरू युद्धविराम सम्झौतामा पुग्न असफल भए । तर नयाँ युद्धबन्दी आदानप्रदानको परिणामस्वरूप नयाँ वार्ताको संभावना भने बन्दै गएको थियो ।
१६ मे मा भएको पहिलो चरणको वार्तामा युद्दबन्दिहरु आदानप्रदान पनि गरियो । त्यो अहिलेसम्मकै सबैभन्दा ठूलो थियो । तर युक्रेनमा रूसले गरेको भयानक आक्रमण अन्त्य गर्ने सम्बन्धमा भने धेरै सफलता मिलेको थिएन।
आफ्नो भिडियो सम्बोधनमा, जेलेन्स्कीले आफ्ना पश्चिमी सहयोगीहरूलाई रूस विरुद्धको प्रतिबन्धहरू अझ कडा बनाउन पनि आग्रह गरेका छन ।
“युरोपेली प्रतिबन्ध प्याकेजलाई युरोपेली संघमा नरहेका अन्य स्वतन्त्र युरोपेली देशहरूले पनि समर्थन गर्नु धेरै महत्त्वपूर्ण छ” जेलेन्स्कीले भनेका छन ।
“हामी अमेरिकी ट्र्याकमा पनि काम गरिरहेका छौं, राष्ट्रपति ट्रम्पसँग भएका सम्झौताहरू सकेसम्म चाँडो लागू गर्नुपर्छ,” उनले थपे।
जेलेन्स्कीको सम्बोधनको एक दिन अघि, ईयुले रूसमाथि नयाँ प्रतिबन्धहरू लगाएको थियो । रुसको तेल र बैंकहरूलाई लक्षित गरिएको थियो । यो फेब्रुअरी २०२२ देखि ईयु द्वारा लगाइएको प्रतिबन्धहरूको १८ औं प्याकेज हो।
जुलाईको सुरुमा, अमेरिकी राष्ट्रपतिले ५० दिन भित्र शान्ति सम्झौता नभएमा रुसमाथि कडा प्रतिबन्ध लगाउने धम्की दिएका थिए।
“ढिलो हुनुभन्दा पहिले नै रूस र युक्रेन टेबलमा आउनुहोस्। धन्यवाद” ट्रम्पले भनेका थिए ।