लामखुट्टेबाट सर्ने रोगहरूको संख्या युरोपभरी बढ्दै, केहिको मृत्यु
युरोपमा लामखुट्टेबाट सर्ने रोगहरुको संख्या बढ्दै गएको छ । यस गर्मी याममा अहिलेसम्म लामखुट्टेबाट सर्ने संक्रमणका सयौं घटनाहरू रिपोर्ट गरिएका छन्।
लामखुट्टेबाट सर्ने वेस्ट नाइल भाइरस, चिकनगुनिया, डेंगु जस्ता रोगहरु युरोपभरि बढ्दै गएपछी युरोपेलीहरुले निगरानी गर्न थालेका छन ।
युरोपमा लामखुट्टे सलबलाउने मौसम पूर्ण रूपमा चलिरहेको छ र यससँगै लामखुट्टेबाट सर्ने भाइरसको सकृयता पनि बढेको छ ।
युरोपेली संघ र यस क्षेत्रका केही अन्य देशहरूमा लामखुट्टेबाट सर्ने रोगह्हरू ट्र्याक गर्ने युरोपेली रोग रोकथाम तथा नियन्त्रण केन्द्र (ईसिडिसि) का अनुसार यस वर्ष अहिलेसम्म वेस्ट नाइल भाइरस, चिकनगुनिया र डेंगुका लगभग ४७० घटनाहरू रिपोर्ट गरिएका छन्।
यी संक्रामका रोगहरू जलवायु परिवर्तनको कारणले बढ्दो यात्रा र गर्मीको तापक्रम बढेको कारण युरोपमा बढी सामान्य हुँदै गइरहेको छ।
यस वर्ष आठ युरोपेली देशहरूमा वेस्ट नाइल भाइरस संक्रमण भएको रिपोर्ट गरिएको छ । तीनआमाअ इटाली (२७४), ग्रीस (३५), सर्बिया (नौ), रोमानिया (छ), फ्रान्स (चार), हंगेरी (दुई), स्पेन (एक) र बुल्गेरिया (एक)।
ती घटनामा केहि मानिसहरूमा सम्भावित र केहिमा पुष्टि भएको भनिएको छ । अहिलेसम्म धेरैजसो घटना ६५ वर्ष र सोभन्दा माथिका पुरुषहरूमा भेटिएको छ । ति मध्ये धेरैजसो मानिसहरू अस्पतालमा भर्ना भएका छन्। यो वर्ष (सन २०२५) मा इटालीमा कम्तिमा १० जनाको वेस्ट नाइल भाइरसबाट मृत्यु भएको छ।
भाइरसबाट संक्रमित १५० जनामध्ये एक जनामा इन्सेफलाइटिस लागेको छ, जुन मस्तिष्कको सूजन हो । यही वर्ष मेनिन्जाइटिस (जुन मस्तिष्क र मेरुदण्ड वरिपरिको सुरक्षात्मक झिल्लीको सूजन हो) जस्ता गम्भीर रोगहरू विकास हुने औंल्याएका छन ।
विश्व स्वास्थ्य संगठन (ड्बल्यु ईच्छा ओ) ले यी जटिलताहरू घातक हुन सक्ने औंल्याएको छ ।
हालैका हप्ताहरूमा भेटिएका घटनाहरूमा भएको वृद्धि सँगै फ्रान्समा यस गर्मीमा १११ चिकनगुनियाका घटनाहरू रिपोर्ट गरिएको छ। यस गर्मीमा चिकनगुनिया संक्रमणका २२ समुह भेटिएका छन्, र ति मध्ये १६ अझै सक्रिय छन्।
यसैबीच, इटालीमा चिकनगुनियाका सातवटा केसहरू रेकर्ड गरिएका छन्। चिकनगुनिया युरोपेली संघको मुख्य भूमिमा स्थानीय रूपमा फैलिएको छैन, तर गर्मी महिनाहरूमा तातो मौसमले लामखुट्टेहरूलाई भाइरस फैलाउन सजिलो बनाउँछ। धेरैजसो घटनाहरू सामान्यतया जुलाई वा अगस्टमा रिपोर्ट गरिने ईसिडिसीले उल्लेख गरेको छ ।
ईयुमा चिकनगुनिया बिरुद्दका दुईवटा खोपहरू स्वीकृत छन् । त्यसबाहेक कुनै विशेष उपचार छैन।
चिकनगुनियाले ज्वरो, वाकवाकी, टाउको दुखाइ, थकान, मांसपेशी दुखाइ, जोर्नी सुन्निने र जोर्नी दुखाइ निम्त्याउन सक्छ, जुन कमजोर पार्ने र लामो समयसम्म रहन सक्छ। गम्भीर रुपमा लक्षणहरू देखिने र मृत्यु दुर्लभ भएपनि बच्चा र वृद्ध वयस्कहरू उच्च जोखिममा पर्ने बताइएको छ ।
यस वर्ष फ्रान्समा डेंगूका ११ घटनाहरू देखिएका छन् भने इटालीमा चार र पोर्चुगलमा दुई वटा घटना रिपोर्ट गरिएको छ ।
ईसिडिसीले डेंगु फैलाउने एक प्रकारको लामखुट्टे युरोपको ठूलो भागमा स्थापित भएको र अर्को मडेइरा, साइप्रस र ब्ल्याक सागर वरिपरि सामान्य रहेको बताएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वव्यापी रूपमा प्रति वर्ष १० करोड देखि ४० करोड डेंगु संक्रमण हुन्छ।
डेंगुबाट संक्रमित अधिकांश मानिसहरूमा लक्षणहरू नदेखिन पनि सक्छ । तर भाइरसले ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने, वाकवाकी लाग्ने हुन सक्छ। चरम अवस्थामा, डेंगु घातक हुन सक्छ।
डेंगुको उपचारको लागि कुनै विशेष औषधि छैन, र संक्रमणबाट बच्ने उत्तम तरिका लामखुट्टेको टोकाइबाट बच्नु हो।
(Source: Euro news)