एनआरएनए फ्रान्सको भलिबल टुर्नामेन्टमा मोना समाज प्रथम
गैर आवासीय नेपाली संघ फ्रान्स (एनआरएनए)ले आइतवार पेरिसमा आयोजना गरेको भलिबल टुर्नामेन्टमा मोना (म्याग्दी) समाज फ्रान्सले पहिलो शिल्ड हात पारेको छ ।
लिग चरणमा सहभागी सात टिममा मोनासमाज प्रथम भएको हो । दोस्रो स्थान स्याङ्जा समाज फ्रान्सले हात पारेको हो ।
एनआरएनए फ्रान्सले राखेको मैत्रीपूर्ण भलिबल खेलामा मोना समाज, स्याङ्जा समाज, गोरखाली समाज, वागलुङ समाज, मगर समाज, एनआरएनए फ्रान्स र पर्वत समाज सहभागी थिए ।
एनआरएनए फ्रान्सले आयोजना गरेको खुला मैत्रीपूर्ण भलिबल प्रतियोगितामा मोना समाजका सुजन फगामीले बेस्ट डिफेन्डरको उपाधी जिते । बेस्ट स्ट्राईकर बागलुङ समाजका मदन ठकुरी, बेस्ट सेटर मोना समाज फ्रान्सका डल्लु भण्डारी, बेस्टज खेलाडी स्याङ्जा समाजका यम गुरुङ रहेका छन । सबैभन्दा अनुशासित टिममा बागलुङ समाज फ्रान्स रहेको छ ।
एनआरएनए फ्रान्सले महिला तर्फ पनि भलिबल खेल राखेको थियो । महिलाहरुको भलिबल खेलले छुट्टै खाले रोमाञ्चकता थपेको थियो ।
विहानै देखी शुरु भएको खेल निकै रोचकपूर्ण तरिकाले सम्पन्न भएको थियो । भलिबला खेलामा फ्रान्सका नेपाली भलिबल खेलाडीहरु निकै अब्बल देखिएका छन । दर्शकहरुले उनीहरुको खेल अवधिभरी हुटिङ गर्दै रमाईलोसित हेरेका थिए ।
आयोजका एनआरएनए फ्रान्सले खेलको प्रतिस्पर्धाका साथै रमाईलोसित मनाउनुपर्छ भन्दै पिकनिकको ब्यवस्थासमेत गरेको थियो ।
अन्तिममा बिजयीहरुलाई एनआरएनए फ्रान्सका अध्यक्ष दिलिप गुरुङ, नेपाली एकता समज समाज फ्रान्सका संस्थापक तप्त भण्डारी, एनआरएनए फ्रान्सका पूर्व अध्यक्ष गिता थापा, एनआरएनए फ्रान्सकी महिला उपाध्यक्ष विष्णु कुमारी तिमल्सिना, एनआरएनए फ्रान्सकी महिला संयोजक किरण चालिसे लगायतले पुरस्कार बितरण तथा विशिष्ठ प्रती निधिहरुलाई स्वागत गरेका थिए ।
कार्यक्रमको अन्त्यमा आयोजक एनआरएनए फ्रान्सका अध्यक्ष दिलिप गुरुङले गैर आवासीय नेपाली संघले नेपाली युवायुवतीहरुको सिप, दक्षताको कदर र पहिचानका लागी मात्रै नभएर प्रवाशमा सँगै रमाईलो गर्न र भाईचारा बढाउन पनि कार्यक्रम आयोजना गरेको बताए । उनले एनआरएनए फ्रान्स प्रवाशका नेपालीको दुखसुखको सारथी बन्दै आएकाले संस्थालाई साथ दिन आग्रहपनि गरे । एनआरएनएलाई नयाँ रुपमा अगाडी बढाउन महिलाहरुको भलिबल र बालबालिकाकालागि पनि कार्यक्रम तय गरेको भनाई उनको थियो ।
(फोटो: राजेन्द्र श्रेष्ठ र नेपालप्लस)