मंगलबार, वैशाख १८, २०८१

“विप्लव गद्दार” भन्दै शुक्रवार देशभर कालो झण्डा र मसाल जुलुस

नेपाल प्लस२०७७ फागुन २० गते २०:४४

नेपाल सरकार प्रमुख केपी ओली र नेत्र विक्रम चन्दको नेकपा विप्लव समूहबिच सहमति भएको केहि बेरमै नेकपा विप्लव समूह भित्र असन्तुष्टि देखिएको छ । विप्लवलाई गद्दारको संज्ञा दिँदै सरकार र नेकपाबिचको वार्तामा असहमती जनाउन भोली साँझ कालो झण्डासहित मसाल जुलुस गर्ने एक बिज्ञप्ती मार्फत जनाइएको छ ।

बिप्लवलाई गद्दार र कालो बादलभित्र छिरी लम्पसार परेर सत्ता लिप्सामा लागेको आरोप नेपाल कम्युनिस्ट पार्टी माओवादीका नाममा अध्यक्ष कमरेडको नामबाट जारि प्रेस बिज्ञप्ती मार्फत जनाइएको हो ।

प्रेस विज्ञप्तीमा ‘क्रान्तिकारी आत्मसमर्पणवाद बिरुद्द हतोत्साहित नहुन क्रान्तिकारी योद्दा र नेपाली जनसमूदायमा आव्हान’ गरिएको छ । बिज्ञप्तीमा विप्लबमाथि सत्तालिप्सामा लागेको आरोप लगाउँदै भनिएको छ “केहि उग्रवादी महापतन र क्रान्तिकारिका महा धोकेवाजले जनतालाई अस्वाशन दिएर गद्दार कालो बादलको टाङमुनी छिरेर, लम्पसार परेर आत्मसमर्पण गरेका छन् । जनता र कार्यकर्तालाई सडकमा छाडेर आफू सत्तामा लिप्त हुने सपना देखेका छन् । यि सबै गद्दरहरुलाई ऐतिहासिक विरासत बोकेको नेकपा माओवादीले परास्त गर्ने छ । महापतन गराउने हिजोका लालगद्दारहरुकोपनि पतन हुने छ ।”

बिज्ञप्तीमा नेकपा माओवादी प्रतिक्रियावादी संसदिय ब्यवस्था ध्वस्त गर्न, जनयुद्द हुँदै बैज्ञानिक समाजवादी ब्यवस्था ल्याउन आवस्यकता परेको खण्डमा बन्दुकलाई काँधमा भिरेर जनमुक्ति सेनाको कम्ब्याट लगाउन तयार भएको उल्लेख गर्दै भनिएको छ “प्रचण्डदेखि विप्लवसम्मले जनतालाई गद्दार गरेर अब क्रान्तिको झण्डा हाम्रो हातमा थमाएका छन् ।”

नेपाल कम्युनिस्ट पार्टी माओवादीका नाममा जारि उक्त बिज्ञप्तीमा भोली फागुन २१ गते साँझ कालो झण्डासहित देशभरि मशाल जुलुस प्रदर्शन गर्ने उल्लेख छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक