मंगलबार, वैशाख १८, २०८१

एस्ट्राजेनेका बिरूद्ध इयुद्वारा कानुनी कारबाही सुरु

नेपालप्लस संवाददाता२०७८ वैशाख १३ गते २१:०६

युरोपेली युनियन (इयु) ले स्विडेनी-बेलायती प्रयोगशाला एस्ट्राजेनेका बिरूद्ध कानुनी कारबाही शुरु गरेको छ । यो द्वन्दको केन्द्र के हो भने यूरोपियन आयोगका अनुसार आपूर्ती म्यादहरू एस्ट्रजेनेकाले सम्मान गरेको थिएन । एस्ट्राजेनेकाले भने यसलाई निराधार भन्ने प्रतिक्रिया दिएको फ्रंस २४ न्युजले उल्लेख गरेको छ ।

“सम्झौताको शर्तलाई सम्मान गरिएको थिएन र कम्पनीले समयमै वितरण सुनिश्चित गर्न भरपर्दो रणनीति कार्यान्वयन गर्ने स्थितिमा थिएन” कम्पनीका प्रवक्ताले भने । युरोपेली कार्यकारीले यो निर्णयलाई शुक्रबार युरोपियन युनियन र २७ देशको तर्फबाट “सर्वसम्मत सहमतिमा” शुरू गरिएको हो भन्ने उल्लेख गर्दै यो निर्णय लिएको छ ।

एस्ट्राजेनेकाले पहिलो त्रैमासिकमा सहमती अनुसार १२ करोड मात्रा ईयुलाई दिनुपर्नेमा तिन करोड मात्रा मात्रै उपलब्ध गरायो । दोस्रो त्रैमासिकमा यसले सुरुमा योजना गरिएको १८ करोड मात्रा मध्ये एक करोड ७० लाख मात्रा मात्रै प्रदान गर्न चाहेको छ ।

एक विज्ञप्तिमा एस्ट्रजेनेकाको फार्मास्यूटिकल समूहले ईयूको पहललाई निराधार भन्दै दृढतासाथ आफूलाई बचाउ गर्ने प्रतिबद्दता जनाएको छ । एस्ट्राजेनेकाले ब्रसेल्ससँग गरिएको सम्झौताको पूर्ण सम्मान गरिसकेको र यो विवादलाई जतिसक्दो चाँडो समाधान गर्ने अवसर पाउने उल्लेख गरेको छ ।

ईयुले अगाडि बढाएको कानुनी कारवाहीलाई शुक्रवार आयोगको नाममा २७ सदस्य राष्ट्रकै तर्फबाट समर्थन गर्ने कुरामा सर्वसम्मतिबाट समर्थन जनाइएको छ । ईयुका अधिकारीले अदालती प्रक्रियाबारे केहि बताएका छैनन् ।

“हामीलाई के कुरा महत्वपूर्ण र सरोकार छ भने हामीसित गरिएको संझौता अनुसारको डोज बितरणमा हामीलाई सुनिस्चित गर्नुपर्छ । सहमती अनुसारको खोपको मात्रा पाउन युरोपेली नागरिक हकदार छन्” आयोगका प्रवक्ताले तर्क गरेका छन् ।

इयुले एस्ट्रजेनेका बिरुद्द के कस्तो कानुनी कारवाहि शुरु गरेको हो भन्ने चाहिँ बाहिर आएको छैन । फ्रान्सेली मेडियाहरुमा भने युरोपेली अदालतमा मुद्दा हालेको र क्षतीपूर्ती माग गर्नसक्ने आँकलन गरिएको आशयका समाचार बाहिरिएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक