शनिबार, मंसिर ८, २०८१

एनआरएनएलाई एक महान अभियानमा लैजाउँ

गौरी राज जोशी / अमेरिका२०७८ भदौ ८ गते १५:३०

अमेरिकाका एकजना कुटनीतीज्ञ विलीयम एल स्विंगले कतै भनेका थिए “माइग्रेसन इज अ प्रोसेस, नट अ प्रोब्लम ।” झण्डै पच्चीस वर्ष अमेरिकामा बिताएको मेरो अनुभवले भन्छ – यो ‘प्रोसेस’ त हो नै, यो भन्दा अझ बढी मातृभुमि र कर्मभुमिलाइ एकैपटक योगदान दिन सकिने गजबको अवसर पनि हो ।

यो अवसरको खोजी र प्राप्तीको दौडमा हामी नेपाली मात्र छैनौं, विश्वभरका मान्छे छन् । सन २०१२ मा विश्वव्यापी रुपमा गरिएको एक सर्भेक्षण अनुसार विश्वका ६४ करोड मान्छे एक ठाउँबाट अर्को ठाउँमा यत्रा गर्न, घुमफिर गर्न वा फिरन्ते हुन चाहन्छन् । मान्छेका चाहना, केले निर्धारण गर्छ ? यो बेग्लै बहसको विषय हो ।

आ–आफ्ना व्यक्तिगत चाहना वा अवस्थाले जो जहाँ पुगेपनि त्यहाँ दुइवटा अवसर एकैसाथ प्राप्त हुन्छन् – मातृभुमि र कर्मभुमिको समृद्धिमा एकसाथ योगदान दिने ।

यो गजबको अवसर अरुहरु जस्तै नेपाल बाहीर बस्ने म जस्ता लाखौं गैर आवासीय नेपालीहरुलेपनि पाएका छौं । यसमा कसैले कहिं कतै समस्या देख्छ र भेटछ भने त्यो तीनीहरुको समस्या हो ।

हामीलाइ म्यानहाटनको कुनै टावरमा वातानुकुलीत कार्यकक्षमा माउस चलाइरहेको नेपाली र दोहाको उस्तै अग्लो टावरमा चालीस डिग्रीको तापक्रममा रंगको बट्टा बोकेर भित्ता रंग्याइरहेको नेपालीको समृद्धिलाइ जोडनु छ ।

खासमा गैरआवासीयहरु दुइ देशका सम्पत्ती हुन । त्यो सम्पत्तीलाइ कसरी उपयोग गर्ने भन्ने कुरा कतीपय अवस्थामा ती देश र कतिपय अवस्थामा स्वयं व्यक्तिहरुमा भरपर्ने विषय हो । हामी नेपालीसँग त असी भन्दा बढी देशमा राष्ट्रिय समन्वय परिषद भएको सिंगो संगठन छ–एनआएरएन । यस्तो बलीयो संगठनलाइ अब परम्परागत शैली भन्दा अलि फरक ढंगले अगाडी बढाउनु आवश्यक छ ।

स्थापनाकालमा एनआरएनका एक खालका मान्यता र सैद्धान्तिक आधारहरु थिए । एक खालका शैलीहरु थिए । त्यतिबेला ती शायद, स्वभाविक पनि थिए । यी बितेका २० वर्षमा संसारका धेरै नदीहरुमा धेरै पानी बगिसक्यो । पानी मात्र बगेन, कतिपय पुराना मान्यता र अवस्थाहरुपनि बगेर गए । आजको दुनीयाँ २० वर्ष अघिको जस्तो छैन । र, अबको पाँच वर्ष वा दश वर्षपछिको दुनीयाँ आजको जस्तो हुनेछैन । छिटोछिटो गतीमा प्रबिधीले मान्छेको चेतना र भावलाइ थिच्दै गैरहेको छ । र समृद्धिको मापदण्डहरु पनि बदलिंदै गैरहेका छन् । मान्छेको चेतना र भावमाथी प्रबिधीले कब्जा जमाउँदै गरेको र समृद्धिको मापदण्डहरु बदलींदै गएको यो समयमा हाम्रा कार्यशैलीहरु बदलीएनन भने हामी जोकर जस्ता हुनेछौं ।

एनआरएनको एउटा अभियन्ता र प्रबिधीको क्षेत्रमा काम गरेको व्यक्तिको हिसाबले प्रबिधी र आर्थिक समृद्धि बिचको सम्बन्ध , अनी प्रबिधी र मान्छेको चेतनाबिचको घम्साघम्सी र हाम्रो कार्यशैलीलाइ मैले नजिकबाट देखिरहेको छु ।

यो घम्साघम्सीका बिचमा हामीले हाम्रा समृद्धिका स्वार्थहरुलाइ एकसाथ बुझ्न सकेनौं र उही पुरानै सोच र पारामा पाखुरा सुर्काउन लाग्यौं भने हामी समय पर्खिएको पर्खिएै हुनेछौं । हामीलाइ औंल्याएर अरुले “नेपाली पारा” भनिरहने छन् । हामी “नेपाली पारा” को “टयाग” बोकेर समय कटाइरहेका हुनेछौं ।

आ–आफ्ना व्यक्तिगत चाहना वा अवस्थाले जो जहाँ पुगेपनि त्यहाँ दुइवटा अवसर एकैसाथ प्राप्त हुन्छन् – मातृभुमि र कर्मभुमिको समृद्धिमा एकसाथ योगदान दिने ।

कहिलेकाहीं लाग्छ– सिलीकन भ्यालीको नेपाली, हार्भडको नेपाली, अक्सफोर्डको नेपाली एनआरएनमा छिर्दा किन सिलीकन भ्यालीकै जस्तै, हार्भडको जस्तै वा अक्सफोर्डको जस्तै भएर छिर्दैन ? वा किन छिर्दै छिर्दैन ? छिर्नै खोज्दैन ? छन त एकसेएक नेपालीहरु छन् । हरेक देशमा छन् । तर एनआएनमा अझै त्यसको ‘प्रतिबिम्ब’ भैसकेको छैन । जबसम्म त्यसको ‘प्रतिबिम्ब’ एनआरएनमा देखिंदैन र एकतह माथि उठेर योजना र संयन्त्रहरु बनाइदैन, तबसम्म हामी एकादुइ पुरानै मागका आधारमा बाँचीरहेका हुनेछौं ।

हो, हाम्रो मातृभुमिको सरकारसँग हाम्रा कतिपय आग्रह छन् । हामी सम्बन्ध टुटाउन होइन जोडन चाहन्छौं । सम्बन्ध जोडीरहन पाउँ भन्ने हाम्रो भावलाइ मातृभूमिको सरकारले बुझिदेओस भन्ने हाम्रो आग्रह हो । माया गर्न र सम्बन्ध राखीरहन पाउँ भनेर पनि यत्तीसारो रोइकराइ गर्नुपर्ने अवस्था नआउनुपर्ने हो । आशा छ, कुनैदिन नेपाल सरकारले गैरआवासीय नेपालीको यो भावलाइ अझ गहिरोगरी बुझने छ । र, दोहोरो नागरिकता एउटा सामान्य प्राबिधीक विषय मात्र बन्नेछ ।

एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिव र महासचिवको उम्मेदवारका हिसाबले म त यत्तीबेला, यो भन्दा पर, बेग्लै उचाइको एनआरएन खोजीरहेको छु । यस्तो एनआरएन जसलाइ मातृभुमि र कर्मभुमिका सरकारहरुले त्यहाँका आर्थिक समृद्धिका बहसहरुमा सक्रिय सहभागी गराउन् । यस्तो एनआरएन, जो ‘ट्रयाक टु डिप्लोमेसी’को मुख्य संयन्त्र बनोस् । यस्तो एनआएएन, जसलाइ दुइ देशका वार्ता र बहसहरुमा ‘विटनेश’(साक्षी) र ‘मध्यस्थकर्ता’ बन्ने मौका मिलोस् ।

यस्तो एनआरएन, नेपालका कुनै गाउँमा एउटा खोप पर्खीरहेको व्यक्ति र अमेरिकाको न्युयोर्क, अष्ट्रलीयाको क्यानवेरा, बेलायतको लण्डन, नाइजेरीयाको अबुजा, बहराइनको मानामा, मलेशीयाको क्वालालाम्पुर, बेल्जियमको ब्रसेल्स, युनाइटेड अरब इमिरेटसको अबुधाबी, कतारको दोहा, दक्षिण कोरीयाको सोऊल, क्यानडको ओटवा, नर्वेको ओश्लो, रसियाको मस्को, फ्रान्सको पेरिस, जर्मनीको बर्लिन, इराकको बगदाद र त्यहाँ भन्दा परपनि कतै कुनाका शहरहरुमा भौतारीएका नेपालीको समृद्धिको भरपर्दो आधार बनोस ।

एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिव र महासचिवको उम्मेदवारका हिसाबले म त यत्तीबेला, यो भन्दा पर, बेग्लै उचाइको एनआरएन खोजीरहेको छु । यस्तो एनआरएन जसलाइ मातृभुमि र कर्मभुमिका सरकारहरुले त्यहाँका आर्थिक समृद्धिका बहसहरुमा सक्रिय सहभागी गराउन् ।

हामीलाइ म्यानहाटनको कुनै टावरमा वातानुकुलीत कार्यकक्षमा माउस चलाइरहेको नेपाली र दोहाको उस्तै अग्लो टावरमा चालीस डिग्रीको तापक्रममा रंगको बट्टा बोकेर भित्ता रंग्याइरहेको नेपालीको समृद्धिलाइ जोडनु छ ।

हामीलाइ सिलीकन भ्यालीमा पद्दती सिकाइरहेको एउटा नेपाली र जुम्लाको कुनै कुनामा एउटा डेस्कटपलाइ मन्दिर जस्तै मानेर पूजा गर्न तम्सिएको नेपालीलाइ जोडनु छ ।

यस्तो एनआरएन, जो इज्जतका साथ जन्मिएको थियो, (बिचमा केही बादल लागे जस्तो भयो ) लाइ अझ इज्जतीलो, गर्विलो र बलीयो बनाउनु छ । यसका खाकाहरुका बारेमा अझ प्रष्ट पार्दै गरौंला । अहिलेलाइ यत्ती भन्छु– “लेटस मेक एनआरएन ग्रेट एगेन  अर्थात् एनआरएनएलाई एक महान अभियानमा लैजाउँ।”

(अमेरिकामा सूचना, प्रविधी र अन्य ब्यवशायमा संलग्न गौरी जोशी एनआरएनएका केन्द्रिय सचिव र आगामी कार्यकालकालागि महासचिवका उम्मेदवार हुन्)

तपाइँको प्रतिक्रिया