मंगलबार, वैशाख १८, २०८१

कोरोनाको असरले रुसी राष्ट्रपती पुटिन आइसोलेसनमा बस्ने !

नेपालप्लस संवाददाता२०७८ भदौ २९ गते १९:३३

photo credit-The moscow times

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कोरोनाले शरिरको भित्री भागमा असर पारेको भन्दै उनी आइसोलेसनमा बस्ने भएका छन् । ताजकस्थानका राष्ट्रपती एमोमाली राहमोनसित फोनमा वार्ता गरेको कुरा सार्वजनिक गर्दा पुटिन आइसोलेसनमा बस्ने कुरा उल्लेख गरिएको सिबिएस न्युजले जनाएको छ ।

तर आस्चर्यलाग्दो कुरा के छ भने पुटिनले रूसी कोरोनाभाइरस खोप स्पुतनिक भि का दुबै मात्रा लगाइसकेका छन् । उनले गत अप्रिलमा दोस्रो मात्रा लगाएका थिए ।

सिबिएस न्युजका अनुसार सोमवार पुटिनले धेरै सार्वजनिक कार्यक्रममा भाग लिएका थिए । ओलम्पिक गेममा सहभागि रुसी खेलाडीहरुलाई भेटेका थिए । त्यसपछि बेलारुससितको समन्वयमा आयोजना गरिएको सैन्य अभ्यासमा सहभागि भए । सोमवारनै सिरियाका राष्ट्रपति बशर असदसँग भेट गरे ।

‘कोरोना भाईरस परिक्षण गर्दा पुटिनमा कोरोना भाईरस लक्षण देखिएको ? भन्ने प्रश्न गर्दा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने “पक्कै हो ।”

पेस्कोभले पुटिनका सम्पर्कहरु मध्ये को संक्रमित थियो भन्ने खुलाएनन् । तर उनले धेरै केसहरु भएको ठाउँमा पुटिन पुगेको उल्लेख गरेका छन् ।

सोमबार ओलम्पिक खेलाडीहरुसँगको भेटघाटको क्रममा पुटिनले “चाँडै क्वारेन्टाइनमा बस्नुपर्ने हुनसक्छु” भन्ने बताएको सिबिएस न्युजले उल्लेख गरेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक