संवेदनशील घडीमा सकारात्मक सोच
चिन्तित छ यो मन । आफ्ना र आफन्तको, देश- परदेशको पिडाले गर्दा ! हजुरहरुको पनि चिन्ता त्यसै बढिराखेको होला । डिप्रेसन त्यसै हुनेनै भो मलाइ पनि ! यस्तै बेला उर्जा बटुलेर मनको कुरा लेखेकी छु।
स्वस्थ, सुखी र साहसी भइन्जेल मात्र हो मान्छेले तमासा देखाउने । हेर्ने र त्यसैको बखान गर्ने । आइपरेको बेला दुर्दशा त हाम्रो लागि दयनीय हुन्छ नै । त्यो बेला हामीलाइ पनि तमाशाको रुपमा हेरिन्छ । त्यसैले सांसारिक खुशी र भीडको हल्लापुर्ण वातावरणबाट पर रहेर आफूलाइ परिक्षा लिएसरह संघर्षमा तल्लिन गराउनुनै जिवन जिउनकालागि उचित छ ।
सके पिडित, दिनदुखिलाइ सहयोग गर्नु । नसके चुप रहनु । बरु आफूलाइ बिचलित नगरी समय व्यतित गर्ने उपलब्धिपुर्ण कार्यारम्भ सम्हालेर नियमितता दिनु ठिक होला । जहाँ सन्चारकर्मी पत्रकारहरुले समाचार सम्प्रेषणमा ध्यान दिउन् । बा आमाले सन्तानको भविष्य्यमा, छोराछोरीले आफ्नो क्षमता पहिचान गरेर त्यसलाइ तिखार्नुमा । त्यस्तै, कलाकारले कलामार्फत रचनात्मक प्रेरणादायी कला प्रदर्शनमा अग्रसर हुनुनै उचित हो ।
शिक्षकले परिवेश अनुसार शिक्षा दिलाउनुमा, बिद्यार्थीले ज्ञान् र सीप लिनुमा, स्वास्थ्यकर्मीले उपचारमा, कानुनविदले कानुनी परामर्शमा, किसानले उत्पादनमा, अन्य संवैधानिक निकाय संघ संस्थाले आवश्यकता र प्राथमिकता अनुसार अख्तियारी र सेवाप्रवाहमा अनुगमन गर्नु र मूल्याङ्कनमा लगाउनुपनि उत्तिकै महत्वपूर्ण, फलदायी हुने थियो ।
त्यस्तै, राष्ट्रिय योजना आयोगले सामयिक योजना निर्माणमा र नेता तथा कार्यकर्ताले राजनितिक आयाम र समष्टिगत रुपमा यी सबै वर्ग समुदाय तह र तप्कालाइ गहन अध्ययन गरि समाधानको निम्ति नेतृत्वदायी भुमिका निभाउनुमा हासिल गरेको अनुभव र प्रयासलाई सामाजिक सन्जालमा कलात्मक ढङ्गले राख्दा मजा आउने थियो ।
तर आजकल सामाजिक सन्जालमा रोष, घमण्ड, अनावश्यक चर्चा गरेर आफ्नो र अरुको जिवनको महत्वपूर्ण समय अनि मानसिक स्थिती धमिल्याउने मात्र नभै समय बर्बाद गरिदिने प्रसंग प्रस्तुत गरिरहेछन् मानिसहरु । नहेरुँ भन्दा पनि देखिइने हुँदा दिक्क लाग्दो भैसकेकोछ, सामाजिक सन्जाल । त्यसैले सचेत भई सबैले धैर्य, चिन्तनशील र परिस्थिति अनुसार सहनशील भै आफ्नो कामको सम्मान गर्दै यो संवेदनशील घडीमा संवेदनशीलनै बन्नु सबैकालागि हितकर हुन्छ ।
भवितव्य आइपर्ने विकराल समस्या समाधानको निम्ति र आकस्मिक सुख र खुशीलाई संयमतापुर्वक सम्हाल्ने सीप बदलौँ । तर लक्डाउनको या अन्य फुर्सदको नाममा अस्वस्थ मनोरन्जनको चित्र बिचित्र सामाजिक संजालमा राखेर यो एक मात्र जुनि मानव चोलामा मर्ने बेला दुखित नबनौँ ।
अर्को कुरा, अब के हुन्छ भन्ने कुरा पहिले नै थाहा पाउनु पनि चिन्ताको विषय बन्दोरहेछ ! अरु केही होइन । ‘धन र मन हुँदाहुँदै पनि आफूलाइ बचाउन मात्र पनि हम्मे हम्मे पर्ने समय…. आउनु अगावै’ धन र मन दुबै संगठित सन्तुलित पारी सकारात्मक क्षमता वृद्धि गर्न’ आजैदेखि अभ्यास बढाउँ ।
साहसी बनौँ । तर घमण्ड रत्तिभर पनि नगरौँ । हुन त शब्दमा गर्छु भन्नू र व्यवहारमा गरेर देखाउनु कठिन छ । यसको लागि आफ्नो समय जेमा बढि बितेको छ, त्यहि समयलाइ चोरेर भएपनि लागि परौँ । कमेन्ट गरेर मलाइ पनि आफ्ना भावना पोख्न साहस दिनु होला । सकारात्मक ज्ञान र सुझावहरु बाँड्नुहोला !