लाटोकोसेरोको आक्रमणमा चितुवा
नेपालप्लस संवाददाता२०७८ असार ४ गते ९:०३
ईगल आउल भनिने लाटोकोसेरोले मांशहारी ठूलो जन्तु चितुवालाई आक्रमण गरेको छ । भारतको जवाई टुरिज्म डट कममा प्रकाशित तस्विरहरुले देखाए अनुसार एउटा नांगो पहाडमा बसिरहेको चितुवामाथि सरर उड्दै आएर इगल आउल (लाटोकोसेरो) ले चितुवाको टाउकैमा आक्रमण गरेको थियो । चितुवा मांशहारी जिव हो भने इगल आउल (लाटोकोसेरो) पनि मांशहारी जिवनै हो । जवाई टुरिज्म डट कममा राखिएका यि तस्विर यादुभिरसिं बेराले खिचेका थिए । यि तस्विरहरुलाई पछि भारतको राजेस्थान पत्रिकामा प्रकाशित गरेको थियो ।
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक