एनआरएनए फ्रान्स नवनिर्वाचित समितिको घोषणा : आर्थिक हिसाबकिताबको खोजि, सम्पूर्ण संघसंस्थालाई समेट्ने
संस्थापन पक्षलाई पराजित गर्दै बिजय हाँसिल गरेपछि एनआरएनए फ्रान्सको नव निर्वाचित समितिले हालसम्मका आर्थिक हिसाबकिताबको पूर्ण खोजि गर्दै फ्रान्सस्थित सबै संघसंस्थालाई समेटेर लैजाने प्रतिबद्दता ब्यक्त गरेको छ ।

एनआरएनए फ्रान्स नवनिर्वाचित समिति र निवर्तमान समितिका केहि सदस्य । फोटो- ईनास फ्रान्स फेबु
हिजो आइतवार (अगस्ट १) का दिन अनलाईनमार्फत भएको मतदानबाट समाबेशी टिमको पूर्ण प्यानल बिजयी भएलगत्तै पेरिसनजिकैको लाकुर्नभमा भेला भएर सयौं शुभचिन्तककामाझ बिजयीहरुले यस्तो प्रतिबद्दता ब्यक्त गरेका हुन् ।

बिजयी भएको प्रमाणपत्रसहित नव निर्वाचित कमिटी । फोटो- प्रकाश गौडेलको फेसबुक
निर्वाचन समितिले बिजयीहरुलाई प्रमाणपत्र बितरण गरेलगत्तै समाबेशी समुहका बिजयी टोली, तिनलाई सरसहयोग गर्ने बिभिन्न संघसंस्थाका अभियन्ता, सामाजसेवी, मतदाता, कलाकार र समर्थकहरुको जमघट भएको थियो ।
बीजयीहरुलाई समर्थक, शुभचिन्तकहरुले रातो अबिर घसिदिएर बिजयोत्सब मनाएका थिए ।
साँझ सयौं समर्थक र शुभचिनतककाबिचमा बिजयीहरुले पालै पालो आफ्ना मन्तब्य, प्रतिबद्दता रख्दै सबैलाई धन्यावाद दिएका थिए ।
मन्तब्यका क्रममा बिजयीहरुले पराजित संस्थापन पक्षले जस्तो संस्थालाई राजनितिकरण नगर्ने, एनआरएनए फ्रान्सको कोषमा आर्थिक अनियमितताको आरोप र आशंका रहेकाले त्यसको पूर्णरुपमा खोजि गर्ने प्रतिबद्दता जनाए ।
बिजयीहरुले संस्थापन पक्षले झैं नेपालीहरुलाई राजनिति, वर्ग, आस्था र अन्य कुनैपनि नाममा बिभेद नगर्ने बरु सम्पूर्ण फ्रान्सबासीको साझा, उदाहरणिय संस्था बनाउने घोषणा गरेका छन् ।
फ्रान्समा सात हजार भन्दा बढि नेपाली रहेपनि हाल एनआरएनए फ्रान्सको सदस्य संख्या साँढे चार सयपनि नपुगेकाले त्यसलाई कम्तिमा १००० सदस्य संख्या बनाउने घोषणा गरेका छन् ।
आफ्ना भनाइहरु राख्ने क्रममा उनीहरुले एनआरएनए फ्रान्सलाई समाबेशी, सबैको साझा बनाउन सम्पूर्ण नेपाली संघ संस्थाका प्रतिनिधीहरुलाई सामुहिक रुपमा बोलाएर छलफल गर्ने र सबैको भावना अनुरुप अकार्यक्रम तय गर्ने प्रतिबद्दतापनि जनाएका छन् ।
उनीहरुले भनेका छन् “पराजित संस्थापन पक्षले समाजमा प्रतिस्ठित र आफूलाई मन नपरेका ब्यक्तिलाई एक्ल्याउने, समाजका प्रतिस्ठित ब्यक्तिहरुलाई मानमर्दन गर्ने, राजनितिक आस्था र बिचारले संस्था चलाउने, नेपालीहरुलाईनै निशेध गर्ने, संस्थाको आर्थिक हिसाबकिताब गोप्य राख्ने, एनआरएन जस्तो गैर राजनितिक संस्थालाई राजनितिकिकरण गर्ने गर्दैनौं । सबैसित प्रत्यक्ष बार्ता, बहस र सामुहिक छलफल गरेर समाजले चाहे जस्तो एनआरएनए बनाउने कोसिस गर्ने छौं ।”
बिजयीहरुलाई रातो अबिरले स्वागत गरेपछि केहिबेर समाजका केहि अभियन्ताहरुलेपनि आफ्ना सुझाव दिएका थिए । उनीहरुले एनआरएनए फ्रान्सको नवनिर्वाचित समितिलेपनि पराजित भएको समुहले जस्तै गलत काम गरेमा यो टिमलाईपनि सजायको भागि बनाउने चेतावनी दिँदै त्यस्तो नगर्न सतर्क गराएका थिए ।
समाजलाई एकक्रित गराउनकालागि पराजित मानसिकता बोकेका, समाजमा अनेक संघ संस्था र राजनितिक दलको भात्रि संगठनमा पद ओगटेका केहिले समाजमा अपाच्य शब्दहरु प्रयोग गर्दै समाजिक सन्जाल रंगाउने काम गरेकाले त्यस्तो काम नव निर्वाचित समितिको नाम, संलग्नता र अन्य कोहिपनि नेपालीसित जोडेर नगर्न र शभ्य र शालिनरुपमा प्रस्तुत भएर आफ्ना बिचार प्रस्तुत गर्नपनि आग्रह गरेका थिए ।
नवनिर्वाचित समितिले केहि दिनमै फ्रान्सस्थित सम्पूर्ण नेपाली संघसंस्था र फ्रान्सबासी नेपालीको जमघट गराएर एनआरएनए फ्रान्सको निति, कार्यक्रम, योजना र संस्थागत हितकाबारेमा छलफल गराउने प्रतिबद्दतापनि गरेको थियो ।