बिहीबार, वैशाख २०, २०८१

आफू हारेर अर्कोलाई जिताउने धावकको प्रेरक प्रसंग

नेपालप्लस संवाददाता फ्रान्स२०७८ साउन २२ गते २०:००

भिटोरिया निवासी धावक इभान फर्नांन्डेज अनायाले फाइदा लिन अस्वीकार गरे जब उनका प्रतिद्वन्द्वी एक क्रस-कन्ट्री दौडमा बिजयको घेरानिकट पुगेका थिए ।

Image Credit- Carlos Arribas / El País Madrid 19 DIC 2012 – 21:29 CET ampliar (left photo) Via Matthew L. Hardy, Twitter

यो सन् २०१२ को कुरा हो । डिसेम्बर २ मा स्पेनिश धावक इभान फर्नांडीज अनाया स्पेनको बुर्लडा, नावारेमा एक क्रस कन्ट्री दौड (म्याराथोन) मा प्रतिस्पर्धा गर्दै थिए । दौडिँदै जाँदा उनी दोस्रोमा थिए । उनको अगाडि केन्याका धावक हाबिल मुताई थिए । उनीभन्दा केही दूरीमा पछि पछि दौडिरहेका थिए फर्नान्डेज । उनले लन्डन ओलम्पिकमा ३००० मिटर ‘स्टीपलचेज’ मा कास्य पदक जितेका थिए । जब उनीहरु सिधा बिजय घोषणा गर्ने घेरा (फिनिसिङ स्ट्रेट) मा प्रवेश गरे उनले केन्याली धावकलाई देखे । दौडको निश्चित विजेता उनै केन्याली थिए । बरु गल्तीले बिजय घोषणा गरिने घेरो भन्दा १० मिटर वरनै उनी उभिएका थिए । मुताईले त्यो घेरो पुगिसकेको सोचेका थिए, गल्तिले । ईभानले सोचे कि मुताईले रेखा पार गरिसकेका छन् ।

फर्नान्डेज अनायाले तुरुन्तै मुताइलाइ ईशारा गरिदिए । तर मुताईको गल्तीको फाईदा उठाएर उनलाई पार गरी आफ्नो बिजय घोषणा गर्नुभन्दा उनी पछाडि रहे । फर्नान्डेजले इशारा गरेर केन्याली धावकलाई अघिल्लो (बिजयको घेरो कोरिएको) लाइनमा जान निर्देशित गरे । मुताईलाई पहिले पार गर्न दिए । आफू उपबिजेताकै रुपमा रहे ।

“उनीनै सहि, वास्तबिक बिजेता हुन् । उनले जुन ठाउँ बनाए मैले गर्न सक्थिन” फर्नान्डेजले भनेका छन् ।

“म यो जित्न लायक थिईन” २४ वर्षीय फर्नान्डेज अनाया थप्छन् “मैले जे गर्नुपर्ने थियो त्यो गरें । उनी सही विजेता थिए । उनले गल्ती नगरेको भएपनि म त पछाडिनै हुने थिएँ । मैले एकदमै छिटो देखेँ कि उनी रोकिरहेका थिए । मलाई थाहा थियो म त्यो स्थानमा छैन तर उनलाई पार गर्न जाँदैछु । त्यसैले मैलेउनलाई अगाडि बढ्न संकेत गरिदिएँ ।”

फर्नान्डेज अनायाले भिटोरियामै पूर्व स्पेनिश धावक मार्टिन फिजसित दौडको तालिम लिएका हुन् । आफ्नै धावक गुरुले तालिम लिएको प्राडो पार्कमा जहाँ उनले किलोमिटरका किलोमिटर प्रशिक्षण लिएका थिए । सन् १९९४ मा यूरोपीयन म्याराथन च्याम्पियन र १९९५ मा विश्वम्याराथन च्याम्पियन बन्ने कोचिंग लिएका थिए ।

“यो ईमानदारीताको एक धेरै राम्रो उदाहरण थियो” फेर्नान्डेजका प्रशिक्षक फिज भन्छन् “यस किसिमको इशारा जुन अहिले दिने गरिन्न । वा कहिल्यै सिकाईएकै छैन । एउटा इशारा जुन म आफैंले गरेको थिइनँ । आफूले जित्नकोलागि म पक्कै यसको फाइदा उठाउने थिएँ ।”

मैले त्यस्तो ईशारा दिने थिईन । मैले गल्तीको फाइदा उठाएर जित्ने थिएँ ” उनले थपे ।

फिजको भनाईमा उनको शिष्यको कार्यले उनलाई मानव बन्नुको श्रेय दिन्छ । यसमा धावकको कुनै नियम र शर्त हुन्न ।

“इशाराले उसलाई एक राम्रो व्यक्ति बनाएको छ । तर राम्रो धावक भने होइन । किनकि उसले एउटा अवसर बर्बाद गरेको छ । बिजयले सधैं तपाइँलाई एक धावकभन्दा बढी बनाउँछ । तपाइँ जित्नको लागि बाहिर मैदानमा जानु पर्छ” फिज भन्छन् ।

फिज सम्झन्छन् – सन् १९९७ मा ग्रिसको एथेन्समा भएको विश्व च्याम्पियनसिपमा एबेल एन्टोन (एक धावक) ले पूरै उनको बाटो पछ्याए । अन्तिम मीटरमा एन्टोनले उनलाई आक्रमण गरेर सजीलै दौड जिते । एन्टोनले फिजले गरेको सबै मेहनतको शोषण गरिदिए ।

“मलाई थाहा थियो कि त्यो हुन गइरहेको थियो । तर प्रतिस्पर्धा भनेको त्यस्तै हो । मलाई बिजयी हुन दिएको भए एन्टोनको तर्क सहि हुन्थेन, देखिने थिएन” फिज भन्छन् ।

फर्नान्डेज अनाया हरेक दिन प्राडो पार्कमा प्रशिक्षण लिन जान्छन् । दिनमा तिन फरक फरक टोलीसित हप्तामा तीन पटक लिन्छन् । उनको प्रशिक्षणनै क्रस कन्ट्री च्याम्पियनशिप कसरि बन्ने, जित्ने भन्नेमा केन्द्रित हुने गर्छ ।

तर उनका प्रशिक्षकका अनुसार उनीमाथि दबाब आइरहन्छ । “उसलाई थाहा छैन कसरी दबाबलाई पार गर्न सकिन्छ भन्ने । त्यसले च्याम्पियन र अरुबिचको भिन्नता देखाउँछ, फरक पार्छ । यदि उसले आफ्नो लागि गरेको भए, ऊ भर्खरको युरोपेली च्याम्पियनशिपमा हुने थियो” फिज भन्छन् ।

“बुर्लडा क्रस-कन्ट्री दौडमा मैले के नै पाउने थिएँ र, तपाइले एक ओलम्पिक पदक विजेतालाई हराउनुभयो भन्न सक्षम हुनु बाहेक” फर्नान्डेज अनाया भन्छन् ।

“तर यदि उनीहरुले मलाई जित्नेले युरोपेली च्याम्पियनशिपको लागी स्पेनिस टिममा एक स्थान पाउने थियौ भनेपनि म त्यो गर्दिनथेँ । यदि त्यो एक विश्व वा यूरोपीयन पदक हुन्थ्यो भने पक्कैपनि अर्कै कुरो हुन्थ्यो । त्यस्तो अवस्थामा जित्नकोलागि मैले शोषण भएपनि गर्नुपर्थ्यो भन्ने लाग्नसक्थ्यो । तर म के सोच्छु भने मैले जितेको भन्दा मैले जे गरें त्यसबाट धेरै नाम कमाएको छु । र त्यो धेरै महत्त्वपूर्ण छ । किनकि आज, सबै सर्कलमा, फुटबलमा, समाजमा, राजनीतिमा, जसरी पनि जहाँपनि ईमानदारीता राम्रोसँग तल खस्किरहेको छ ।”

(फेयरप्ले इन्टरनेशनल डट ओआरजीको आलेखलाई नेपालप्लसले नेपालीमा भावानुवाद गरेको हो-संपादक)

तपाइँको प्रतिक्रिया

फेसबुक