एनआरएनएका तीन सम्मानित ब्यक्तिनै नेत्रित्वबाट बाहिर
गैर आवाशिय नेपाली संघ (एनआरएनए) को ईतिहास दुई दशक भैसक्यो । यो दुई दशकमा एनआरएनए अभियन्ता भनेर झट्ट सोच्दा जसको नाम आउँछ खासमा ति एनआरएनएका सर्वमान्य वा पुरस्कृत नै भएका छैनन् । बरु एनआरएनएको दुई दशकको यो ईतिहासमा तिन ब्यक्ति विशेष काम गरेको भन्दै सम्मानित भएका छन् । जो अहिले एनआरएनको नेतृत्व भन्दा निकै पर छन । ति हुन् हिकमत थापा, धरम केसी र सपिला राजभण्डारी ।
‘बेस्ट एनआरएन’ भन्दै ८० लाख नेपालीको प्रतिनिधित्व गर्ने संस्था एनआरएनएमा अब्बल ठानेर खादा, माला र स्याबासी दिएका तिन पात्र हुन् ति । तर अहिले यि तिन जनानै एनआरएनएको नेतृत्वमा छैनन् । अर्थात् यि तिनै जनालाई जे देखेर पुरस्कृत, सम्मानित गरियो त्यहि कारणले नेतृत्व चयनका क्रममा हराउने, पछार्ने र नेतृत्वको नजिक पर्न नदिने काम भयो । वा यसोपनि भन्न सकिन्छ, मतदाताहरुलेनै एनआरएनएमा स्वच्छ तरिकाले ठूलो योगदान दिएकाहरुलाई चिन्न सकेनन् । र अहिले यि तिनै जना मुल नेतृत्वबाट बाहिर छन् । अझ ‘एनआरएनएमा बेफ्वाँकमा लागेर समय फालेछु’ भन्दै पस्चाताप गर्ने बेस्ट एनआरएन समेत छन् ।
धरम केसीको कर्मथलो मध्यपूर्वको सउदी अरेबिया हो । केसी त्यहाँको एक प्रतिष्ठित ब्यवशायिक कंपनीमा माथिल्लो तहमा काम गर्छन् । एनआरएनएको अभियानमा शुरुदेखिनै दौडिएका हुन् । मध्यपूर्वमा बसेर केसीले एनआरएनएको साख बढाउने काम मात्रै गरेनन् बरु ठगिएका, लुटिएका, थिचिएका र दलालको चंगुलमा फसेका धेरै नेपालीको उद्दार गरे । दलाल र मेनपावर कम्पनीले गैर कानुनीरुपमा काम लगाएर अन्यायमा पारेका नेपालीका पक्षमा बोले, न्याय दिलाए । यसरि संगठित दलालका गौंडागौंडामा आगो बाल्न थालेपछि दलालहरु उनका बिरुद्द एकगठ भए । नेपाली दलालका तारो बने । तैपनी केसीले छोडेका थिएनन् र मध्यपूर्वमा एनआरएनएलाई स्थापित गराउन ठूलो भूमिका खेलेका थिए ।
“एनआरएनएलाइ बिधान र स्थापनाको प्रस्तावना बमोजिम यसलाइ गैर राजनैतिक भनेर, मानेर त्यसमा जिन्दगीका १४ उर्बर वर्षहरूका महत्वपूृर्ण समय दिएँ । अहिले समग्रमा पश्चाताप अनुभति गरिरहेको छु । निकै नराम्ररी बरालिएछु ।”
उनको त्यहि कामको उच्च मूल्यांकन गरेर सम्मान गरियो ‘वेस्ट एनआरएन’ भन्दै । उनलाई माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा १३ अक्टोबर २०१५ मा सम्मान गरिएको थियो । उनलाई सम्मान गर्दा दिइएको निम्तामा यस्तो लेखिएको थियो- दुःख कष्ट, जोखिम वा विपत्तिमा परेका नेपालीको उद्धार गर्ने, नेपालीहरुको एकताका लागि सकृय भूमिका निर्वाह गर्ने, किर्तीमानी कायम गरी देशको इज्जत एवं गौरव बढाउने, नेपालको पर्यटन प्रवर्धनमा सक्रियताका साथ अगुवाइ गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने, नेपालको सामाजिक, आर्थिक रुपान्तरणमा बौद्धिक र प्राविधिक सृजनशीलता देखाउने तथा नेपाली मात्रको सेवामा जुट्ने कुरामा उच्च योगदान पुर्याउने मध्येका उत्कृष्ट नेपालीलाई पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा “वेष्ट एनआरएन” घोषणा कार्यक्रम आयोजना गर्न लागिएकोले यहाँको आतिथ्यताको लागि हार्दिक अनुरोध गर्दछौं ।”
मध्यपूर्वमा बसेर धेरै मानव तस्कर, दलालहरुको हुर्मत लिएका, दुख पाएकालाई कानुनी लडाई लड्न सहयोग पुर्याएका उनको कामले गर्दा धेरै मानव तस्कर, दलाल र मेन पावरका दलालहरुको उनी आँखो बनेका थिए । पार्टी नेताको आडमा मेन पावर एजेन्सी खोलेर श्रमिक लुट्न पल्केकाहरुले जसरिपनि धरम केसीलाई हराउन चाहन्थे । मध्यपूर्वमा महत्वपूर्ण जिम्मेवारी बहन गरेका उनले मध्यपूर्वको संयोजक पदमा सन् २०१७ मा उम्मेदवारी दिए । तर उनका बिपक्षमा माओवादीले आर के शर्मालाई उठाएर पराजित गरायो । यो बेलापनि मेन पावरवालाहरु केसीलाई हराउने एक सुत्रिय अभियानमा लागे । तैपनि उनले एनआरएनएमा भूमिका खेलिराखे । उनले यस अघि सन् २०१५ मा सचिव पदमा उम्मेदवारी दिएका थिए । तत्कालिन एमालेले अर्जुन श्रेष्ठ (बेल्जियम), नेपाली कांग्रेसले गणेश केसी (अस्ट्रेलिया) र माओवादीले सुरेन्द्र श्रेष्ठ (युके) लाई सचिवमा उठायो । केसी स्वतन्त्र उम्मेदवार थिए । यसमा सबै मिलेर केसीलाई पराजित गराइयो । खासमा पार्टीका दलाल, मेन पावरका सन्चालकहरुसमेत केसीलाई हराउन एकताबद्द भएका थिए ।
यस अघि सन् २०१२ मा सम्मानित हुनेमा नाईजेरियाको डङ्गोट्री अन्तर्राष्ट्रिय कम्पनीमा उपल्लो तहमा रहेका हिकमत थापालाई सन् २०१२ र रुसको मस्को बस्दै आएकि सपिला राजभण्डारीलाई सन् २०१४ मा ‘बेस्ट एनआरएन’ का रुपमा सम्मानित गरिएको थियो ।
नाइजेरियामा समस्यामा परेका नेपालीहरुलाई सहयोग गरेको भन्दै थापालाई उत्कृष्ट एनआरएन उपाधि प्रदान गर्ने निर्णय गरिएको थियो ।
सन् २०१७-२०१९ को कार्यकालमा एनआरएनए केन्द्रिय कोषाध्यक्ष रहेका हिकमत थापा सन् २०१९-२०२१ को लागि उपाध्यक्षका उमेदवार थिए । तर उनलाई आफ्नै टोलीका त्यसमापनि दिग्गज एनआरएनए अभियन्तालेनै आन्तरिकरुपमा धोका दिएर पराजय गराएको उनका निकटस्थहरुले बताउँदै आएका छन् । पहिलो ‘बेस्ट एनआरएन’ भनेर चिनिएका उनी एनआरएनएको मूल नेतृत्वमा छैनन् । एनआरएनए अफ्रिकामा भने उनले सहयोग गरिरहेका छन् । एनआरएनएको उनले भाषा, साहित्य संस्कृती र सम्पदा बिभाग हेरिरहेका छन् । कोरोना महामारीका बेलापनि एनआरएनए अफ्रिकाले नेपालका थुप्रै जिल्लामा उदाहरणिय सहयोग पुर्याएको थियो । यसमा उनको अहं भूमिका थियो ।
रुसमा बसोबास गर्दै आएकी गैरआवासीय नेपाली अभियन्ता सपिला राजभण्डारीलाई २०१४ को उत्कृष्ट गैरआवासीय नागरिक ‘बेस्ट एनआरएन’ घोषित गरिएको थियो ।
“नेपालीका लागि नेपाली’ भन्ने भावमा प्रतिबद्ध हुँदै स्वदेश र बिदेशमा नेपाली नेपालीबिच सद्भाव बढाएको, दुःख कष्ट, जोखिम वा विपत्तिमा परेका नेपालीको उद्धार गर्ने, नेपालीहरुको एकताका लागि सकृय भूमिका निर्वाह गर्ने, कीर्तीमानी कायम गरी देशको इज्जत एवं गौरव बढाउने तथा नेपाली मात्रको सेवामा जुट्ने कुरामा उच्च योगदान पुर्याएको” भन्दै उनलाई सम्मान गरिएको थियो ।
एनआरएनए महिला संयोजकको जिम्मेवारी सम्हालिसकेकि उनीपनि हाल एनआरएनएको नेत्रित्वमा छैनन् ।
हिकमत थापा, धरम केसी र सपिला राज भण्डारीलाई एनआरएनएको ईतिहासमा धेरैले असल, कर्मशिल, इमान्दार र महत्वपूर्ण भनेरै चिन्छन् । तर एनआरएनएमा नभैनहुने, यतिबिघ्न ईमान्दार मानिएकाहरुलाई नेत्रित्व चयन गराउँदा किन ध्यान दिईएन ?
नसक्ने काम गर्छु नभन्ने, बोलेको पुरा गर्ने, गूट र उपगूटमा चासो नदिने, नेताका दैला नचहार्ने र भड्किलो निर्वाचनको बिरोध गर्ने भनेर चिनिएका हिकमत थापाले नेपालबाट अफ्रिका हुँदै युरोप, अंमेरिका लैजाने नेपाली र मुजुरा नाचका नाममा नेपाली चेलीको इज्जत लुट्ने, यौनकर्ममा लगाउने दलालहरुका बिरुद्द अफ्रिका बसेर काम गरेका थिए । थापालाई अगाडि बढ्न नदिनुमा योपनि कारण रहेको एनआरएनएलाई बुझेका केहि नेपालीहरु बताउँछन् । नेपाली मानव तस्कर र दलालहरुको सन्जाल नेपालदेखि मध्यपूर्व, युरोप, अफ्रिका देखि दक्षिण र उत्तर अमेरिकासम्मै फैलिएको छ ।
आफूलाई आफ्नै टिमबाट अन्तर्घात भएको निकटस्थहरुलाई बताएपनि थापाले खुलेर खासै केहि सार्वजनिक गर्दैनन् । तर उनीपनि एनआरएनएको मूल नेत्रित्वमा छैनन् । एनआरएनएको इज्जत, प्रतिष्ठा, संस्थागत साखलाई उच्च बनाउन प्रभावकारि काम गरेका भनिएका हिकमत थापा, धरम केसी र सपिला राजभण्डारीनै एनआरएनएलाई उच्च तहमा योगदान दिने, नेतृत्व गर्ने भूमिकामा छैनन् ।
अझ धरम केसी त आफूले एनआरएनएमा लागेर धेरै समय बर्बाद गरेको महसुस भैरहेको बताउँछन् । उनी भन्छन् “एनआरएनएलाइ बिधान र स्थापनाको प्रस्तावना बमोजिम यसलाइ गैर राजनैतिक भनेर, मानेर त्यसमा जिन्दगीका १४ उर्बर वर्षहरूका महत्वपूृर्ण समय दिएँ । अहिले समग्रमा पश्चाताप अनुभूति गरिरहेको छु । निकै नराम्ररी बरालिएछु । बरू रामको १४ वर्षको वनबास धेरै अर्थपूर्ण थियो । तर शिक्षा चाहिँ गज्जबको मिलेको छ, रामले वनबासमा पाएजस्तै ।”
यि तीन पात्रले जे भनुन्, एनआरएनएको ईतिहासमा धेरैले यिनलाई असल, कर्मशिल, इमान्दार र महत्वपूर्ण भनेरै चिन्छन् । तर यिनलाई नेत्रित्व चयन गर्दा किन मतदाताहरु गम्भिर भएनन् ? अर्थात् एनआरएनएमा नभैनहुने, यतिबिघ्न ईमान्दार मानिएकाहरुलाई नेत्रित्व चयन गराउँदा किन ध्यान दिईएन ? यि तीन जना स्वयंपनि कहाँ कसरि चुके ? राम्रो काम गर्ने भनेर परिचितलाई किन आफ्नै समुहबाट अन्तर्घात गरियो ? नेतृत्वमा छनौट नभएपनि किन अन्य कतै महत्वपूर्ण कामको जिम्मेवारी दिएर यिनको अनुभव, सिप र ज्ञानको सदुपयोग गरिएन ? यस्ता धेरै प्रश्न उब्जिएका छन् ।