शुक्रबार, वैशाख २१, २०८१

समुद्रबाट आफ्नो देश छिरेका आप्रवाशी फ्रान्स फर्काइदिने बेलायती धम्की, ‘ब्ल्याकमेल’ भन्दै फ्रान्सद्वारा अस्विकार

नेपालप्लस संवाददाता बेलायत२०७८ भदौ २४ गते २३:५६

समुद्री मार्गबाट अबैध तरिकाले बेलायत प्रवेश गर्ने आप्रवाशीहरुलाई फ्रान्स फिर्ता गरिदिने बेलायतको धम्कीलाई फ्रान्सले ‘ब्ल्याकमेल गरेको’ भन्दै अस्विकार गरेको छ ।

ब्रेक्जिटपछि आप्रवाशी बिरुद्धको लडाईलाई प्राथमिकता दिएको बेलायती सरकार फ्रान्स र बेलायतको समुद्र अबैध तरिकाले पार गरेर बेलायत छिर्नेलाई फ्रान्सतिरै फर्काइदिन चाहन्छ । बेलायतले यस्तो धम्कि दिएको फ्रान्सबाट थोरै आप्रवासीहरु मात्रै पार गरुन् भनेर दबाब दिने रणनिति भएको भनाई बेलायती प्रेसको छ । तर बेलायती आप्रवाशी फिर्ता गरिदिने धम्कि दिएपछि त्यसलाई टक्कार दिँदै फ्रान्स सरकारले बेलायती ब्ल्याकमेलको कुनै स्विकार नगर्ने चेतावनी दिएको छ ।

आप्रवाशीका विषयमा फ्रान्स र बेलायतकाबिच लामो समयदेखि बिवाद छ । ब्रेक्जिटपछि यो विषयमा बेलायतको आवाज झनै चर्किएको छ । फ्रान्सले त्यसमा टक्कार दिँदै आएको छ ।

अवैध रूपमा ब्रिटिस च्यानल (समुद्री मार्ग) पार गर्ने आप्रवासीहरुको ठूलो संख्याको सामना बेलायतीहरुले गरिरहेका छन् । फ्रान्स र बेलायतबिच करिब ३५ किमी लामो समुद्र आप्रवाशीहरुले फ्रान्स हुँदै अबैध डुंगाबाट पार गर्ने गरेको, फ्रान्सले गैरकानुनी आप्रवाशीलाई आफ्नो सिमासम्म आउन छुट दिएको, निगरानी र नियन्त्रण नगरेको आदि आरोप बेलायती पक्षको छ । फ्रान्सले भने आफ्नो मुलुकमा मात्रै आप्रवाशीको समस्या नभएर विश्वभरिनै रहेको, युरोपेली अन्य मुलुकबाटपनि आउने गरेको र अबैध किसिमले यात्रा गर्नेलाई पूर्णरुपमा फ्रान्सले रोक्न नसक्ने बताउँदै आएको छ । यसरि अबैध किसिमले बेलायत छिर्ने आप्रवाशीलाई फ्रान्सतिरै फर्काईद्न्छु भन्नु बेलायतले ब्ल्याकमेल गरेको आरोप फ्रान्सले लगाएको छ ।

पीए समाचार एजेन्सीका अनुसार सन् २०२१ को शुरुदेखि अहिलेसम्म १४ हजार भन्दा बढी आप्रवाशीहरु फ्रान्स र बेलायतबिचको समुद्र मार्गबाट दक्षिणी बेलायतको तटमा प्रवेश गरेका छन् । गत वर्षभन्दा यो वर्ष आप्रवाशी प्रवेश गर्ने क्रम बढेको बेलायती प्रेसको भनाई छ । गत साल एक वर्षभरिमा जम्मा आठ हजार प्रवेश गरेका थिए ।
हिजो बुधवारपनि बेलायतमा यहि विषयलाई लिएर फ्रान्सेली ग्रिहमन्त्री जेरार्ड डार्मानिन् र बेलायती ग्रिहमन्त्री प्रिती पटेलबिच वार्ता भएको थियो । बेलायतले फ्रान्सका तर्फबाट कडाई गरेको परिणाम प्राप्त गर्न चाहेको बेलायती ग्रिहमन्त्रीको भनाई थियो ।

बेलायती प्रेसका अनुसार पटेल बेलायती सीमा सुरक्षा बललाई बेलायती तटमा पुग्न अघिनै डुंगा फिर्ता गर्ने तालिम दिन चाहन्छिन् ।

टाइम्स पत्रिकाका अनुसार पटेलले यस सम्बन्धमा बेलायतले अन्तर्राष्ट्रिय समुद्री कानूनको व्याख्या गर्न आग्रह गरेका छन् । यो रणनीति प्रधानमन्त्री बोरिस जोन्सन द्वारा अनुमोदित गरिएको छ । ठूला र सुरक्षित पानी जहाजहरुको हकमा मात्रै समुद्री कानुन अनुसार फिर्ता पठाउन सकिने प्रावधान छ । तर बेलायती प्रधानमन्त्री बोरिस जोनसनले त्यसलाई पूनर्ब्याख्या गरेर कानुन आफ्ना पक्षमा पार्ने र साना पानी जहाजपनि फिर्ता पठाउन मिल्ने बनाउन चाहेका छन् ।

बेलायती प्रेसका अनुसार फ्रान्सेली तटमा फ्रान्सेली कानून पालना, निगरानी र प्रशिक्षण गराएर सिमा सुरक्षा बलको उपस्थिति सुदृढीकरणको लागी बेलायतले फ्रान्सलाई प्रतिबद्दता गरेको वार्षिक ६ करोड युरो आर्थिक प्रतिबद्धता केहि दिन अघि बेलायती मन्त्रीले नदिने धम्की दिइसकेका थिए ।

(नेपालप्लस सहित एएफपी)

तपाइँको प्रतिक्रिया

फेसबुक