शनिबार, वैशाख १५, २०८१

ब्यक्तिगत लाभ लिने प्लेटफर्म बन्दै एनआरएनए

सपिला राजभण्डारी२०७८ असोज ७ गते ५:१३

एनआरएनए नेपालीको साझा संस्था भन्ने जुन मान्यता थियो त्यसमा हस्तक्षेप भयो । हामीले जे बुझेर लाग्यौं त्यसभन्दा अलि टाढा गएजस्तो लाग्छ । गैरराजनितिक, बिदेशमा बस्ने नेपालीको साझा संस्था भन्ने थियो । त्योबाट टाढा गयो ।

संस्थापन कालदेखि धेरै मानिसको ठूलो देन छ । महिलामा रन्जना उदासको देन धेरै छ । महिला आउनु पर्छ संस्थामा भन्नुहुन्थ्यो ।

स्थापना कालको एनआरएनए परिवार जस्तो थियो । पछि त्यो कम कम हुँदै गयो । प्रमोद ढकालले क्यानडा छोडेर ओपन युनिभर्सिटीकालागि वर्षौं काम गर्नु भयो । उहाँले क्यानडाको कामै छोडेर एनआरएनमा आउनु भो ।

हामीले केहि त पायौं । तर जति पाउनुपर्ने थियो त्यो पाएनौं । जति जति संस्था ठूलो हुँदै गयो उति उति राजनितिक पार्टीहरुको प्रभाव बढ्दै गयो । म त त्यसोपनि भन्दिन । राजनितिक पार्टीलाई हामी आफैंले बढि प्रयोग गर्न खोजेको जस्तो मलाई लाग्छ । एनआरएनए ठूलो प्लेटफर्म बन्न गयो । नेपालीको सन्जाल ठूलो बनाएर नेपाल र नेपालीका समस्या कसरि समाधान गर्ने भन्ने थियो पहिले । पछि कस्तो हुँदै गयो भने एनआरएनएलाई प्रयोग गरेर हामी कसरि माथि पुग्न सक्छौं, कसरि हाम्रो नाम आउन सक्छ । राजनितिक दलका नेताहरुलाई कसरि भेट्न सकिन्छ भन्नेतिर चाख गयो ।

अहिले काम महत्वपूर्ण भएन । पद महत्वपूर्ण भयो एनआरएनएमा । हामी केको लागि गर्दै छौं भन्नेनै महत्वपूर्ण भएन । अहिले पछिल्लो समयमा आउँदा खेरि एनआरएनए भनेकै निर्वाचन केन्द्रित भयो ।

मन्त्री, प्रधानमन्त्रीसित खिचेको फोटो, वा निजि फोटोपनि प्रयोग गर्न सकिने एउटा प्लेटफर्म भयो कति जनाको लागि । त्यसो गर्दै जाँदा जति संस्था बढ्दै गयो उति शुरुको जुन लक्ष्य हो त्यो बदलिँदै गयो । हामी धेरै संलग्न भएकाले त्यसमा हाम्रापनि गल्ति कमजोरी भएहोलान् ।

अहिले हेर्दा म बाहिर बसेजस्तो देखिन्छ । तर कतै न कतै कुनै क्रियाकलापमा त छु । कहिलेकाहिँ जति काम बाहिर बसेर गर्न सकिन्छ उति काम भित्र बसेर गर्न सकिन्न । कहिलेकाहिँ पदमा बसेर नेत्रित्व लिनुभन्दा प्रतिपक्षीले बढी काम गर्न सक्छ जस्तो लाग्छ ।

अहिले काम महत्वपूर्ण भएन । पद महत्वपूर्ण भयो एनआरएनएमा । हामी केको लागि गर्दै छौं भन्नेनै महत्वपूर्ण भएन । अहिले पछिल्लो समयमा आउँदा खेरि एनआरएनए भनेकै निर्वाचन केन्द्रित भयो ।

हाम्रो दुई वर्षको कार्यकाल हुन्छ । निर्वाचन पछि ६ महिना टास्कफोर्स बनाउँदै सक्काउँछौं । अनि एक वर्ष अगाडि अर्को निर्वाचनको तयारि गर्दै सक्काउँछौं । काम कहिले गर्ने त ? काम केन्द्रितनै भएनौं । जहिलेपनि पद केन्द्रित । हामी एउटा प्लेटफर्म मात्र भयौं ।

एनआरएनएका कार्यकारि पदमा बस्नेहरुको मन्त्री, प्रधानमन्त्रीसित खिचेको फोटो आउँछ । तर त्यसको एजेण्डा के हो ? उहाँले किन भेट्नुभयो भन्ने खास कुरा त आउँदैन । श्रम मन्त्री, प्रधानमन्त्रीलाई भेट्दा हामीले यो यो विषयमा उहाँहरुसित लड्दै छौं भनेर कुनै बुँदा छ त ?

पहिले हामी एउटा प्रोजेक्ट, एउटा एजेन्डा, विषय लिएर अगाडि बढ्यौं भने अहिले निजात्मक चाख, निजि स्वार्थ, संवन्ध बढी देखिन्छ । मैले चार वर्ष महिला संयोजक भएर काम गर्दा हामीले यस्तो गर्‍यौं भनेर फोटो एउटापनि हालेनौं । हामीले प्रोजेक्ट केन्द्रित भएर काम गर्‍यौं । हामीले यति दिनुपर्‍यो भन्दै माग्दै गएनौं । अफ्रिका क्षेत्रिय संयोजक भएर हिक्मतजीले अति धेरै काम गर्नु भएको थियो । धरमजीले अति धेरै केसहरु उठाउनुभएको थियो । हामीले उहाँकै सहयोगले कति धेरै महिलाहरुका बारेमा ‘केस स्टडी’ गरेका थियौं । महिलाका समस्या, विषयहरुलाई समाधान गर्न मध्यपूर्वमा म कति पटक पुगें । विश्वका अरु देशमा कति पटक पुगें ।

नेपालमा सिन्धुपाल्चोकबाट महिला दिदीबहिनीहरु बेचबिखन हुन्छन् । हामीले त्यसलाई कसरि रोक्ने भनेर महिला वालवालिका मन्त्रालय, श्रम मन्त्रालय, वैदेशिक रोजगार प्रवर्धन बोर्डमा गएर, सचिवहरुसित बसेर काम गर्‍यौं । हामीले यो मन्त्रीसित भेटें भनेर फोटो खिचाएर फेसबूकमा हाल्नु थिएन । बिदेशमा जन्मेका वालवालिकालाई नागरिकताको अधिकारकोलागि भेट भयो मन्त्री, सचिवहरुसित । स्व. सुसिल कोइराला, अरु मन्त्रीसित कति पटक भेट भयो तर हामीले फोटो हालेनौं । ब्यक्तिगत प्रचार गरेनौं ।

बिदेशमा बसेर बिदेशकै राजनिति गर्ने र कुनै पदमा पुग्नेहो भने हामीलाई गर्वको कुरा हुन्छ । तर बिदेशमा बसेर हामीलाई किन नेपालको राजनिति चाहियो त ? मैले धेरैलाई सोध्दा त्यो कुरा बुझ्न सकेको छैन । मलाई त ‘तपाई बिदेशमा हुर्केकोले होला तपाईमा नेपाली राजनिति छैन’ भन्नेपनि सुन्छु । नेताहरुलेपनि त्यहि भने मलाई ।

मैले शुरुदेखिनै नेपालको कुनैपनि राजनितिक पार्टीको प्रभाव र संलग्नता एनआरएनएमा हुनुहुन्न भनेर बिरोध गर्दै आएको छु । अहिलेपनि गर्छु । हामीले ‘नेपाल र नेपालीकालागि’ भन्ने मुल मन्त्र लिएर गठन गरेको संस्था हो । त्यसैले यसमा कुनैपनि राजनितिक प्रभाव हुनुहुन्न ।

सबैभन्दा पहिले नेत्रित्वले सच्याउनुपर्छ आफैं भित्रबाट । नेत्रित्वपछि संरक्षकहरुकोपनि एकदमै ठूलो हात छ । उहाँहरुले बाटो देखाउनुपर्‍यो । संरक्षकहरु संस्थापनकालदेखि लागेकोले उहाँहरुलाई अलि बढी अधिकार दिनुपर्ने हो की ? यस्तो मुद्दामा उहाँहरुको पनि सहभागिता हुनुपर्ने थियो । निवर्तमान अध्यक्षहरु पदबाट बाहिर निस्किने बित्तिकै कुनैपनि महत्व, भूमिका नहुने भयो अहिलेको संरचना अनुसार । त्यो हुनुभएन । हाम्रा वरिष्ठहरुलाई अलि बढि सहभागि गराउनुपर्ने हो कि जस्तो लाग्छ ।

आफैंले बच्चा जन्माएर आफैंले हुर्काएको जस्तै हो एनआरएनए । हामीलाई अति माया छ यो संस्थाको । आफूले जन्माएको बच्चा बाहिर जाँदैमा बाहिर परेको, मतलव, चासो नहुने भन्ने हुन्न । मुटु भित्र हुन्छ । एनआरएनए हाम्रो मुटुमा छ ।

एनसिसीको मिसन के हो, भिजन के हो भनेर एउटा मार्गनिर्देशन गर्ने निर्देशिकानै बितरण गर्नुपर्ने हो कि ? त्यो एजेण्डा पास भएकोपनि थियो । एनआरएनएका मूल्य र मान्यताहरु एनसिसिसीहरुलेनै बुझेका छैनन् कि ? पहिले एनसिसीहरुलाईनै बुझाउनुपर्ने हो कि ? अझ आइसिसीकै पदाधिकारीहरुलाई बुझाउन नसकेको हो कि ?

अहिले सबै कानुन ढाकछोप गरिएको छ । हामीले त श्रमिकहरुलाई अधिकार दिन लडेको हो नी ।

एनआरएनएका कार्यकारि पदमा बस्नेहरुको मन्त्री, प्रधानमन्त्रीसित खिचेको फोटो आउँछ । तर त्यसको एजेण्डा के हो ? उहाँले किन भेट्नुभयो भन्ने खास कुरा त आउँदैन । श्रम मन्त्री, प्रधानमन्त्रीलाई भेट्दा हामीले यो यो विषयमा उहाँहरुसित लड्दै छौं भनेर कुनै बुँदा छ त ? फोटो खिचाउनैकालागि भेट्ने त होइन होला हामीले । हाम्रा विषयलाई अगाडि राखेर लड्नकालागि भेट्ने हो ।

संस्थापकहरु फेरि नेत्रित्वमा आउन् भन्ने चाहन्नौं । तर उहाँहरुलाई अभिभावकका रुपमा आएको चाहन्छौं । बच्चाहरुमा समस्या आयो भने बाउआमा आएर सहयोग गर्छन् । त्यस्तै उहाँहरु आएर अहिले संस्था समस्यामा परेको बेला बचाउन चाहन्छौं । आफैंले बच्चा जन्माएर आफैंले हुर्काएको जस्तै हो एनआरएनए । हामीलाई अति माया छ यो संस्थाको । आफूले जन्माएको बच्चा बाहिर जाँदैमा बाहिर परेको, मतलव, चासो नहुने भन्ने हुन्न । मुटु भित्र हुन्छ । एनआरएनए हाम्रो मुटुमा छ । हामी जहिलेपनि पदमा हुनुपर्छ भन्ने र आशापनि छैनौं । तर बाहिर बसेर सहयोग गर्न चाहन्छौं ।

(गत शनिवार सेप्टेम्वर १८ मा नेपालप्लस डटकमले ‘कता जाँदै छ एनआरएनए ?’ विषयमा आयोजना गरेको बहस कार्यक्रममा राजभण्डारीद्वारा ब्यक्त बिचारका केहि संपादित अंश । उनका बिचारसित पूर्णरुपमा सहमत वा असहमत हुने नेपालप्लसको नितिमा पर्दैन । उनका निजि बिचार बहसकालागि राखिएको हो-संपादक)

तपाइँको प्रतिक्रिया