शुक्रबार, वैशाख २१, २०८१

एनआरएनएलाई दलको भात्रि संगठन बनाउने हो भने अध्यक्षपनि तपाईहरुलेनै नियुक्त गरिदिनुस्

डा. हेमराज शर्मा२०७८ असोज १९ गते १६:५६

डा. हेमराज शर्मा

म आम गैर आवाशिय नेपाली दाजुभाई दिदीबहिनीहरुलाई के भन्न चाहन्छु भने दुई वर्ष पहिले हायात होटेलमा, एनआरएनए निर्वाचनमा हाम्रो जुन हबिगत भयो हामीले त्यो बेला एउटा प्रण गरेका थियौं ‘तपाईहरुले २०२१ मा यस्तो निर्वाचन देख्नु पर्दैन ।’ पैसा र पोलिटिक्सको प्रभाव भन्दा बाहिर राखेर हामीले प्रण गरेका थियौं त्यो प्रण अहिले हामीले पुरा गरेका छौं ।

आफ्नो घरमा बसेर, आफ्नै डिभाईसबाट कुनैपनि कुराले प्रभावित नहुने, नपार्नेगरि तपाईहरुले नेत्रित्व चुन्न सक्नुहुन्छ । तपाईहरुको नितिनिर्माण र नेत्रित्व चयनमा सशक्त बनाएका छौं । यो अवशरलाई तपाईहरुले नगुमाउनुहोला ।

आजकै कार्यक्रममापनि विसं २०४५, २०४६ भन्दा पहिलाको याद आयो । त्यतिबेला आन्दोलनमा जाँदाखेरि त्यहाँ बिभिन्न धम्कीहरु आउँथे । त्यहाँ नजानुस् भन्ने गरिन्थ्यो । अहिले यस कार्यक्रममा आउँदाखेरिपनि डेमोक्रेटिक साथीहरु, नेताहरु सबलाई फोन गरेर यो कार्यक्रममा नजानु भन्ने खालको ह्विप जारि गरियो । यस्तो खालको ह्विपबाट तपाईहरु नडराउनुहोला ।

हामीले देश छोड्यौं, घर छोड्यौं, बुवाआमा छोड्यौं त्यो राजनितिपनि हामीले छोड्नुपर्छ । नेपालमा त सांसदहरुलाई ह्विप लाग्दैन भने तपाइ हामीलाई ह्विप लाग्नुपर्ने जरुरि छैन । तपाईहरु ढुक्क हुनुहोला आफ्नो मतदान गर्ने बेलामा । कम्प्युटरमा क्लिक गर्ने बेलामा कसैले तपाईलाई छेक्दैन । त्यतिबेला तपाईहरुले बिबेक प्रयोग गर्नुहोला ।

कसैले उजुरि दिएको भरमा यहाँहरुले निर्वाचन रोक्ने हो भने म तपाईहरुलाई प्रस्टसँग भन्छु ‘एक लाख ६ हजार गैर आवाशिय नेपाली सदस्य हुनुहुन्छ । प्रत्येक दिन सयौं उजुरि त्यहाँ आउँछन् । अनि कति दिन निर्वाचन रोक्न सक्नुहुन्छ ?

र म के भन्न चाहन्छु भने हामी बाहिर बस्ने नेपालीहरुलाई कम्सेकम नेपालीनै भएर बाँच्न जान्न दिनुहोला । हामीलाई यो कुनै दलगत राजनितिमा बिभाजित नगरिदिनुस् । अप्ठेरो पर्दा मात्रै संझिनुस् हामीलाई । चुनावमा होइन । तपाईहरुलाई जसरि हामीले भारतीय नाकाबन्दि हुँदा सम्पूर्ण नेपाली मिलेर भारतीय राजदूतावास अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई झण्डा देखायौं । त्यतिबेला हामीलाई सम्झिनुस् ।

अस्तिको जस्तै सिमा समस्या हुँदा हामीलाई सम्झिनुस् । भोली मौसम बदलीले नेपालका हिमालहरु सब ध्वस्त हुँदै छ त्यहाँ हामीलाई सम्झिनुस् । भूकम्प जाँदा सम्झिनुस् । महामारीमा सम्झिनुस् । तपाईको यो चुनाव आउँदा र हामीलाई यो दुई वर्ष बिर्सिदिनुहोला । यहाँ हामी नेपालीहरुबिचनै बिभाजन ल्याएर तपाईहरुलाई फाईदा केहि छैन । तपाईहरुले जित्नुपर्ने केहिपनि छैन ।

म अन्तमा परराष्ट्र मन्त्रालयलाई के भन्छु भने तपाईहरुको पत्रले हाम्रो चुनाव रोकिएको छ । यसपाली सारा गैर आवाशिय नेपालीहरु नेपाल जान भनेर टिकट काटेर बसेका छन् । चुनाव हुन्छ वा हुँदैन अझै तपाईहरुले हामीलाई पत्र लेख्नुभएको छैन । हामीले बिदा मिलाएर बसिरहेका छौं । यस्तै हो भने यो टिकटको क्षतिपूर्ति दिनपनि तपाईहरु तयार हुनुपर्छ । होइनभने छिटोभन्दा छिटो चुनाव बनाउने वातावरण बनाउन यहांँहरुलाई अनुरोध गर्छु ।

कसैले उजुरि दिएको भरमा यहाँहरुले निर्वाचन रोक्ने हो भने म तपाईहरुलाई प्रस्टसँग भन्छु ‘एक लाख ६ हजार गैर आवाशिय नेपाली सदस्य हुनुहुन्छ । प्रत्येक दिन सयौं उजुरि त्यहाँ आउँछन् । अनि कति दिन निर्वाचन रोक्न सक्नुहुन्छ ? कमसेकम आएका उजुरिप्रति हामीलाई स्पष्ठ गर्ने मौका दिएर हाम्रा कानुन बिदहरु, बिधान मस्यौदामा दक्षता राख्ने हाम्रा साथीहरुमाझ हामीले छलफल गराउन पाउनुपर्थ्यो । त्यो मौका हामीलाई दिनुभएन । कस्तो खालको सर्कुलेसन आउँछन् हामीलाई थाहा छैन । यो अन्यौलमै यहाँहरुले नराखिदिनुहोला ।

हामीले देश छोड्यौं, घर छोड्यौं, बुवाआमा छोड्यौं त्यो राजनितिपनि हामीले छोड्नुपर्छ । नेपालमा त सांसदहरुलाई ह्विप लाग्दैन भने तपाइ हामीलाई ह्विप लाग्नुपर्ने जरुरि छैन ।

अन्त्यमा म के भन्छु भने साँच्चिकै गैर आवाशिय नेपाली संघलाई एउटा दलको भात्रि संगठन बनाउने हो भने मेरो एउटा प्रस्ताव छ, जसरि तपाईहरुले राजदूत नियुक्त गर्नुहुन्छ गैर आवाशिय नेपाली संघको अध्यक्षपनि नियुक्त गरिदिनुस् । हामी किन लड्ने ? किन भिड्ने ? किन खर्च गर्ने ? सबैभन्दा सजिलो उपाय त्यहिनै हुन्छ जस्तो लाग्छ ।

गैर आवाशिय नेपाली संघलाई जसरि पहिले स्वतन्त्रता दियो त्यसरिनै स्वतन्त्र हुन दिनुस् । अहिलेकै खालको हस्तक्षेप हो भने यो एनआरएनएलाई यहिँनिर बन्द गरिदिउँ । तपाईहरुलेनै नियुक्ति गरिदिनुस् । बिदेशमा जसरि पर्यटन राजदूतहरु तपाईहरुले नियुक्ति गर्नुहुन्छ त्यसरिनै एनसिसीका अध्यक्ष नियुक्त गरिदिनुस् । आइसी अध्यक्षपनि नियुक्त गरिदिनुस् । त्यसपछि सबै कुराको खेल खत्तम हुन्छ । तपाईहरुले भने जस्तै हुन्छ । हामी साथी साथीहरुबिच लड्न भिड्न पर्दैन । होइनभने यो संस्थालाई अप्ठेरो परेको बेला यो संस्था र राष्ट्रको हितलाई केन्द्रमा राख्ने हो भने यसलाई सहयोग गरिरिदिन म अनुरोध गर्दछु ।

गैर आवाशिय साथीहरु, चुनाव आउँदा यस्ता कुरा हुन्छन् । गएको पटकपनि चुनाव आउँदा हामी एकदम अन्यौलमै थियौं । भोट खसिसकेपछि पनि सहमतिको प्रयास गरिएकै हो । अहिले भएका जस्ता यस्ता घटना परिघटना हुन्छन् । तपाई हामी एक भयौं भने हामीलाई परास्त गर्न कसैलेपनि सक्दैन । संघ र साझा गैर आवाशिय नेपालीको जित सुनिस्चित छ । तर हामीबिचमा एकता हुन जरुरि छ ।

(गैरआवासीय नेपाली संघको १० औं विश्व सम्मेलन तथा महाधिवेशन २०२१ कालागि डा. बद्रि केसीद्वारा आयोजित अध्यक्ष पदको घोषणा कार्यक्रममा डा. हेमराज शर्माद्वारा संवोधन गरिएका मूलभूत संवोधनको मुख्य संपादित अंश)

तपाइँको प्रतिक्रिया

फेसबुक