सोमबार, वैशाख २४, २०८१

कोरोना संक्रमण बढेपछि फ्रान्समा फेरि नयाँ नियमहरु घोषणा

नेपालप्लस संवाददाता२०७८ मंसिर २० गते २३:५३

कोरोना भाईरस संक्रमण ब्यापकरुपमा बढेपछि फ्रान्सका प्रधानमन्त्री जँ कास्टेक्सले सोमवार कोरोना बचाउका नयाँ उपायहरु घोषणा गरेका छन् ।

शुक्रवार साँझदेखि देशभरका नाईटक्लबहरु चार हप्ताकालागि बन्दको घोषणा गर्नुकासाथै ६५ वर्ष देखि माथि उमेरका ब्यक्तिले मिति नलिईकनै गएर तेस्रो खोप (बुस्टर खोप) लिन सक्ने, दिर्घरोगीले तेस्रो खोप लिनुपर्ने, सार्वजनिकस्थलमा मास्क अनिवार्य लगायतका उपायहरु घोषणा गरेका छन् ।

देशले भाईरसका अनेक रुपसित लडाई गरिरहेकाले त्यसको फैलावटलाई रोक्न नयाँ नियम घोषणा गर्नुपरेको बताएका हुन् ।

“भाइरस सबै क्षेत्रमा फैलिरहेको छ” र “अस्पतालहरूमा दबाब बढिरहेको छ” कास्टेक्सले पत्रकार सम्मेलनमा भने ।

फ्रान्सेली जनस्वास्थ्य एजेन्सीले जारी गरेको तथ्यांक अनुसार सोमवार कोरोना संक्रमित १२,०९६ बिरामी अस्पतालमा थिए, जसमा २,१९१ जना सघन उपचार कक्षमा छन् ।
आवर वर्ल्ड इन डाटाका अनुसार पछिल्लो दुई हप्तामा फ्रान्समा कोरोना संक्रमणको दर १५४ प्रतिशतले बढेको छ ।

यद्यपि कर्फ्यू वा तालाबन्दीको लागि समय आएको छैन । यो असमान हुनेछ, अहिलेनै लगाउने बेला भएको छैन” कास्टेक्सले भने।

शुक्रबारदेखि चार हप्तासम्म देशभरका नाइटक्लबहरू बन्द हुने प्रधानमन्त्रीले पत्रकारहरूलाई बताए ।

सरकारले महामारीको पाँचौं लहरलाई सम्बोधन गर्न आफ्नो कोरोना खोप अभियानमा धेरै भर परेको छ ।

स्वास्थ्य अवस्था खराब भएका ५ देखि ११ वर्ष समूहका वालवालिकाले डिसेम्बरको मध्यदेखिनै खोप लगाउन पाउने छन् । राष्ट्रिय आचारसंहिता परिषद (नेसनल इथिक्स काउन्सिल) को स्वीकृतिमा ५ देखि ११ वर्षका वालवालिकाकालागि सन् २०२१ को अन्त्यबाट खोप खुल्ला गर्ने सरकारको योजना छ ।

प्रधानमन्त्रीले हप्तामा कम्तिमा दुई देखि तिन दिन कर्मचारीहरुलाई संभव भएसम्म कार्यालयमा नआइ घरबाटै काम गर्ने गरि प्रेरित गर्न कम्पनीहरुलाई आग्रह गरेका छन् ।

नयाँ योजना अन्तर्गत् विद्यालयहरूमा स्वास्थ्य प्रोटोकलहरू सुदृढ गरिनेछ, मास्कहरू बाहिर पनि अनिवार्य बनाइने छ।

स्वास्थ्य मन्त्री ओलिभिय भेरँले पत्रकारहरूलाई कोरोनाको नयाँ संस्करण ओमिक्रोनका २५ घटना देशमा पुष्टि भएको बताउँदै भने “ओमिक्रोनले हाम्रो रणनितिलाई परिवर्तन गर्दैन ।”

तपाइँको प्रतिक्रिया

फेसबुक