मंगलबार, वैशाख १८, २०८१

बेलायतको जीवनस्तरमा यसरि आउँदै छ विनाशकारी गिरावट

उमाईर हाक२०७८ फागुन ११ गते १५:२६

(यसको अघिल्लो भाग यहाँ क्लिक गरेर पढ्नुहोस)

बोरिसले ब्रिटिश जनस्वास्थ्य सेवालाई ब्रेकिङ पोइन्टमा धकेले । त्यो पनि बेलायतले युरोपको सबैभन्दा नराम्रो कोविड नतिजाहरू कसरी बोरिसको असक्षमताको कारणले भोग्नुपर्‍यो जगजाहेरै छ । एनएचएस अब आफैंमा एक स्वास्थ्य खोल मात्र हो । तर त्यो संयोगले होइन । यो डिजाइन गरिएको हो । यसलाई निजि कम्पनीको हातमा पुर्‍याउनु थियो । कमजोर, छिन्नभिन्न बनाएर बेच्नु थियो ।

के बेलायती वास्तवमै अमेरिकी शैलीको स्वास्थ्य सेवा भएको समाजमा बस्न चाहन्छन् ? त्यो तिनीहरूले प्राप्त गर्न लागेका छन् अब । दुःखको कुरा, तिनीहरू अझै पनि यसलाई बुझ्न तयार छैनन् । धेरै अनजान र मूर्ख देखिन्छन् । तर अमेरिकी हेज कोषहरूले कुनै कारण बिना अमेरिकी शैली ‘क्लिनिकहरू’ को लागि केन्द्रीय लन्डनमा सम्पूर्ण ब्लकहरू खरिद गर्दैनन् ।

एनएचएस बेलायतको मुकुटको रत्नहरू मध्ये एक थियो । एक साँचो सार्वजनिक हितकारी संस्था । एक सामाजिक संस्था जसले विश्वभरले ईर्ष्या गर्यो र प्रशंसा गर्यो । तर अब जनताको हित हुने छैन । यो सम्भवतः धेरै आधारभूत सेवाहरू प्रदान गर्ने क्लिनिकहरूको ढिलो नेटवर्क जस्तो हुनेछ । उपचारकालागि तपाईंले सायद तिर्नुपर्नेछ। यो एनएचएस ट्रस्टले दिवालियापन घोषणा गर्दैछ कि कसैले पूरा गर्न सक्दैनन् यसका माग, आवश्यकता भनेर । यो संस्था सबैभन्दा कम बोल्ने, वा प्रचार नगर्नेलाई बेचिन्छ । यसैले अमेरिकीहरू पखेटा हालेर पर्खिरहेका छन् । किनकि यो बाटो अब अपरिहार्य छ । निजीकरण पहिले नै गम्भीर रूपमा सुरु भइसकेको छ ।

संवन्धित : विश्वको सबैभन्दा असफल राज्य बन्ने तरखरमा बेलायत !

एनएचएस नभएको बेलायतको जीवनस्तरमा विनाशकारी गिरावट आउने छ । जस्तै- कम आयु, अधिक रोग, अधिक तनाव र चिन्ता । एनएचएसको घाटा बेलायतीले अझै बुझेका वा थाहा पाएको भन्दा ठूलो छ । तिनीहरू दैनिक कर्मकाण्डमा यति धेरै लपेटिएका छन् कि तिनीहरूले जंगल भनेपछि ठूला रूखहरू मात्रै देख्न सक्छन् ।

ट्रम्पले ओबामा केयरलाई नष्ट गरेनन् । तर बोरिसले एनएचएसलाई ध्वस्त पारेका छन् । बोरिसले बेलायतको सामाजिक सम्झौतालाई भत्काइदिएका छन् । बेलायतीको आगामी पुस्ताले त्यसको मूल्य तिर्ने छ।

बोरिसले व्यवस्थित रूपमा बेलायतको युद्धपछिको सामाजिक संरचना विघटन गरेका छन् । अमेरिकी शैलीको उदारवादी लोकतन्त्रको तुलनामा युरोपेली सामाजिक लोकतन्त्रको नजिक पुर्‍याएका छन् । यसलाई व्यक्तिवाद, प्रतिस्पर्धा र लोभमा आधारित अमेरिकी अति-पूँजीवाद जस्ता धेरै कुराले प्रतिस्थापन गरेको छ ।

अमेरिकासँग कहिले पनि एनएचएसको जति राम्रो केहि चिज थिएन । र बेलायतीलाई थाहा छैन कि उनीहरूसँग यो कति राम्रो चिज छ (थियो)। सबै अमेरिकीहरूसँग ओबामाकेयर भनिने बेकारको चिज थियो, एनएचएससित तुलना गर्दा । तपाइ निजी बजारमा बीमा किन्नुहुन्छ । यसले काम गर्दैन । तर नहुनुनै भन्दा यो केहि राम्रो भने मान्नै पर्छ ।

ट्रम्प त्यो पनि नष्ट गर्न कटिबद्ध थिए । उनी असफल भए । उनले रद्द गर्न सकेनन् । उनले बारम्बार प्रयास गरे । तर अदालत, व्यवस्थापिका, न्यायपालिकाले उनलाई बाधा पुर्यायो ।

ट्रम्पले ओबामा केयरलाई नष्ट गरेनन्। तर बोरिसले एनएचएसलाई ध्वस्त पारेका छन्। तर बेलायतीहरुले अझै यस बारेमा आँखा खोलेको देखिन्न । तिनीहरू निरन्तरको दैनिक घोटालाहरू द्वारा अन्धा बनेका छन् । बोरिसले बेलायतको सामाजिक सम्झौतालाई भत्काइदिएका छन् । यसको सार्वजनिक संस्थाहरूमा टर्च लिएर तिनीहरूलाई आगो लगाईदिएका छन् । बेलायतीको आगामी पुस्ताले त्यसको मूल्य तिर्ने छ।

पार्टीगेटमा पहिलो पटक नियम तोड्दा बोरिसले कसरी आफ्नो अनुहार बचाउने प्रयास गरे ? बीबीसी समाप्त गरे । उनले बीबीसीको ‘लाइसेन्स शुल्क’ पाँच वर्षमा हटाउने घोषणा गरे । पैसा छैन, बीबीसी छैन भन्ने झुटो घोषणा गरे । बेलायतीले बीबीसीलाई निरन्तरता दिन प्रति परिवार केहि सय पाउण्ड तिर्छन् । त्यो सायद धेरै होइन । तर फेरिपनि बेलायतीहरूले त्यो बुझेका छैनन् । अमेरिकामा टिभीको लागि कसले तिर्छ ? त्यो बेलायतसित तुलना गर्दा एक साँचो उजाड भूमि हो । एक सय डलर वा बढी त्यो भन्दा बढी एकै महिनामा तिर्नु ।

बोरिसले ब्रिटिश जनस्वास्थ्य सेवालाई ब्रेकिङ पोइन्टमा धकेले । त्यो पनि बेलायतले युरोपको सबैभन्दा नराम्रो कोविड नतिजाहरू कसरी बोरिसको असक्षमताको कारणले भोग्नुपर्‍यो जगजाहेरै छ ।

यो मूर्ख मानिसबाट कुटिल राष्ट्रवादमा अपमानित भएका बेलायतीहरूले बीबीसीको उपहार र रत्न के हो भनेर बुझेका छैनन् । हो, यसले ब्रेक्जिटलाई राम्रोसँग ब्यवस्थापन गर्न सकेन । यसमा खुसी भए । यो अपूर्ण छ । पूर्वाग्रहपूर्ण छ। तर अमेरिकी टिभीमा ? त्यहाँ कलाकार, वैज्ञानिक, प्राध्यापकहरू र संगीतकारहरूद्वारा बहु-भाग ओगटेका वृत्तचित्रहरू छैनन्। त्यहाँ डेभिड एटनबरो वा एमिली मैटलिस छैन । जानकारी दिने र बुझाउने कुनै कर्तव्य वा मर्यादाको भावना छैन । कुनै स्वाद छैन । यो केवल पोर्नोग्राफी हो – हिंसा, लोभ, यौन, मूर्खताको ।

बीबीसीलाई सारा संसारले सम्मान र प्रशंसा गर्छ । यो एक विश्वव्यापी संस्था हो । धेरै राम्रो कारणले हो त्यो बनेको । बेलायतमा यसले ती कामहरू गर्छ जुन साँचो सार्वजनिक हित हेर्नेले मात्र गर्न सक्छ । यसले मानिसहरूलाई समझदार, शिक्षित, कोमल, दयालु, सूचित, जीवित राख्छ । कसरी पूर्णतया गलत जानकारी भएका अमेरिकीहरूलाई बेलायतीसँग तुलना गरिन्छ।

सार्वजनिक वस्तुहरूले मानिसहरूलाई विश्वास, सामाजिक बन्धन, सम्बन्ध, साझा मूल्य र संस्कृतिद्वारा जोडिएको, साझा अनुभवहरूद्वारा बाँधिएको हुन्छ । अमेरिकालाई कडा रूपमा हेर्नुहोस् – त्यो हो जुन बेलायतमा भएका ती मध्ये कुनै पनि चिज नभएको समाज बन्न सक्छ । र बेलायत अझै त्यहाँ पुगेको छैन जहाँ अमेरिका पुगेको छ । तर बेलायत त्यो बाटोमा जाँदैछ, जोनसनका कारण ।

ट्रम्पको याद छ ? उनले पत्रकारहरुको उत्कृष्टतामाथि हमला गरे । उनले तिनीहरूलाई चिच्याए । तिनीहरूलाई अपमान गरे । तिनीहरूलाई नाम काढी काढी बोलाए । उनले उनीहरुलाई पछ्याएर जेल हाल्ने धम्की समेत दिए । तर अन्त्यमा ? यो धम्की थियो । टोक्नुभन्दा भुक्नु ज्यादा थियो त्यो । त्यस्ता आक्रमणहरूले प्रभाव पारेनन् भन्ने होइन । तिनीहरूले पारे।  तैपनि ट्रम्पले अमेरिकी मिडिया होलसेल भत्काउन सकेनन् । तर बोरिसले गरे । ट्रम्पले अमेरिकी मिडियालाई नष्ट गरेनन् । तर बोरिसले साँच्चै बीबीसीलाई समाप्त पार्न व्यवस्थित गरे ।

एनएचएस बेलायतको मुकुटको रत्नहरू मध्ये एक थियो । एक साँचो सार्वजनिक हितकारी संस्था । एक सामाजिक संस्था जसले विश्वभरले ईर्ष्या गर्यो र प्रशंसा गर्यो । तर अब जनताको हित हुने छैन ।

म फेरि भन्छु, बोरिस बेलायतका लागि ट्रम्प अमेरिकाको लागि भन्दा खराब छन् ।

तर बेलायतीले वास्तवमै यस बारे सोचिरहेका छैनन् । उनीहरूको सार्वजनिक क्षेत्र र सार्वजनिक बुद्धिजीवीहरू यो मामिलामा नराम्ररी तल झरेका छन् । यद्यपि यो सत्य छ । म देख्न सक्छु पीडादायी र सरल छ ।

बेलायत बोरिस भन्दा पहिले थियो र बोरिस पछि पनि हुनेछ। बोरिसले तीन छोटा वर्षमा आधुनिक बेलायती इतिहासको सबैभन्दा कठिन दक्षिणपन्थी एजेन्डालाई अगाडि बढाउन सफल भएका छन् । थ्याचर भन्दा पनि टाढा । धेरै कठिन र सहि जसलाई ब्रिटिश कडा दक्षिणपन्थीहरूले अमेरिकीहरूले जर्ज वाशिंगटनलाई सम्झने तरिकाको प्रशंसा गर्छन् ।

बोरिसले ती कुराहरू पूरा गर्न सफल भएका छन् जुन ब्रिटिश अति-कठोरपन्थीहरुले अधिकारको मात्र सपना देख्ने हिम्मत गरेका थिए । एनएचएस भत्काउने, यसलाई निजीकरण गर्ने, बिबिसी अन्त्य गर्ने, युरोपसँग सम्बन्ध तोड्ने । उनले ती सबैलाई केवल तीन छोटो वर्षमा सफल पार्न सफल भए । उनले बेलायतलाई पूर्णतया नयाँ आकार दिए । युरोपेली शैलीको सामाजिक लोकतन्त्र तर्फ जाने सामाजिक सम्झौताको कुनै पनि झलकलाई विघटित गर्यो  त्यसले । र यसलाई अमेरिकी परमाणु पुँजीवाद, कुकुरले -कुकुर खाने शैली, बलियो बाँच्ने, कमजोरलाई नाश पार्ने, पैसा र शक्तिले सबैलाई प्रतिस्थापन गर्ने अमेरिकाको मिल्दोजुल्दो प्रतिस्थापन । शक्ति सबै कुरा हो । जीवन फरक थियो वा हुनसक्छ भनेर सम्झाउने केही पनि बाँकी छैन अब बेलायतमा ।

बोरिस आधुनिक बेलायती इतिहासमा सबैभन्दा परिणाममुखी प्रधानमन्त्री भएका छन् । उनले अति-कठोरपन्थी, अतिवादीको सबैभन्दा जंगली, धेरै विदेशी सपनाहरू साकार पारेका छन् । सरासर एक जोकर, चटकीको आकर्षण जस्तो । सामाजिक मूल्य मान्यता, स्वास्थ्य पद्दती टुटेको देशमा करिश्माको लागि के बाँकि हुन्छ ? अब उनी बसुन् कि हटुन् त्यो बिन्दु भन्दा  धेरै पर गइसकेका छन् । मिशन पूरा भएको छ ।

र बेलायत फेरि कहिल्यै उस्तै हुनेछैन ।

(ईएण्ड डट कोमा प्रकाशित आलेखलाई नेपालप्लसले भावानुवाद गरेको हो-संपादक)

हाकको अघिल्ला लेखपनि हेर्नुस्

अमेरिकाको लागि ट्रम्प भन्दा बेलायतका लागि जोनसन खराब -१

मर्दै गरेको ग्रहमा बाँचिरहेका हामी

सभ्यता र नागरिक अधिकार अन्त्यका केहि संकेत

महामारीबाट प्लेग जस्तो बन्दै छ कोबिड

बेलायतले विश्वलाई देखाउँदैछ, कोभिडको तेस्रो छाल कस्तो हुन्छ

आर्थिक फाईदाकालागि पूर्णरुपमा निर्मूल पारिने छैन कोरोना भाईरस

विश्वको सबैभन्दा असफल राज्य बन्ने तरखरमा बेलायत !

तपाइँको प्रतिक्रिया

फेसबुक