शुक्रबार, वैशाख २१, २०८१

एकातिर एनआरएनएमा सहमतिकालागि वार्ता, अर्कोतिर घले पक्षद्वारा काठमाडौंमा छुट्टै महाधिवेशनकालागि निम्ता

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ चैत १ गते ०:३५

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को आसन्न १० औं महाधिवेशन सहमतिमै गर्न वार्ता जारि रहेको कोषाध्यक्ष महेश श्रेष्ठ र अध्यक्ष कुमार पन्तले सार्वजनिक गरेपनि पूर्व अध्यक्ष शेष घले तर्फबाट भने काठमाडौंमा छुट्टै महाधिवेशनकालागि निम्ता दिंदै पत्राचार गरिएको छ ।

घलेका तर्फबाट एनआरएनए उपाध्यक्ष सोनाम लामाले आफ्नो नामबाट काठमाडौंमा २२ देखि २५ मार्चमा महाधिवेशन गर्ने भन्दै त्यसमा सहभागि हुन निम्ता दिएर पत्राचार गरेका हुन् ।

लामाले सोमवार ईमेल र अन्य सामाजिक सन्जालको म्यासेन्जर मार्फत् एनआरएनएको बिभिन्न राष्ट्रिय कमिटीका पदाधिकारी र आफूनिकट ब्यक्तिहरुलाई पठाएको पत्रमा घलेले आफ्नो संयोजकत्वमा दशौं महाधिवेशन तयारी मूल समिति गठन गरेको भन्दै महाधिवेशनको विस्तृत जानकारि छिट्टै पठाउने उल्लेख गरेका छन् ।

शेष घलेका तर्फबाट उपाध्यक्ष सोनाम लामाले जारि गरेको पत्र

अमेरिकाका विश्व वराल प्रमुख निर्वाचन अधिकृत रहेको निर्वाचन समिति गठन गरेको र निर्वाचनको पूर्ण जानकारिपनि छिट्टै पठाउने उनले पत्रमा उल्लेख गरेका छन् ।

लामाले पत्रमार्फत् एनसिसीका अधिकारीहरु, डेलिगेट्सहरु तथा आइसिसीका नवनिर्वाचित सदस्यहरु बढीभन्दा बढी संख्यामा २१ मार्च सम्ममा काठमाडौंमा आईपुग्नकालागि खबर गरिदिनपनि अनुरोध गरेका छन् ।

संवन्धित : घलेद्वारा छुट्टै महाधिवेशन आयोजक समिति र निर्वाचन समिति पूनर्गठनको दाबी

सोमवारनै एनआरएनएका कोषाध्यक्ष महेश श्रेष्ठले अझैपनि सहमतिमै एकताको महाधिवेशन गर्न गम्भिर वार्ता भैरहेको नेपालप्लसलाई बताएका थिए ।

आइतवार एनआरएनए अध्यक्ष कुमार पन्तद्वारा जारी प्रेस बिज्ञप्तीमापनि वार्ता र सहमतिबाटै महाधिवेशन गर्ने प्रयास जारि रहेको उल्लेख गरेका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक