युक्रेनीहरूलाई घातक हतियार प्रयोग गर्न सिकाउँदै युरोपेलीहरू

Pete Kiehart for NPR via wprl.org, file photo
आफ्नो गृह शहर खार्किभमा रुसी बमबारी भएपछि उनका आमाबाबुलाई एक हप्ता भन्दा बढी बंकरमा सीमित राख्यो । मारिया मिलासेन्कोले अब कुनै तरिकाले प्रतिकार गर्नुपर्छ भन्ने निर्णय गरिन् ।
खार्किभ युक्रेनको दोस्रो ठूलो सहर हो । यो रुससँगको सिमाना नजिक छ । रुसी सेनाले पहिलो आक्रमण यहिं गरेको थियो । आक्रमणबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो यो ।
२१ वर्षीया मारिया विश्वविद्यालयकि विद्यार्थी हुन् । आफ्नो परिवारसँग पश्चिमी युक्रेनी शहर लिभिभमा भागेर गएकि थिईन् जहाँ उनी हतियार प्रशिक्षण स्कूलमा भर्ना भईन ।
तर, अधिकांश युक्रेनी हतियार प्रशिक्षकहरूले सेनामा सेवा गरिरहेका छन् । त्यसैले मारिया जस्ता नयाँ ब्यक्तिकालागि कक्षाहरू युद्धमा बिभिन्न सहयोग गर्न आएका युरोपेलीहरूद्वारा सञ्चालित छन् ।
“मेरा आमाबाबु नौ दिनसम्म खार्किभको बंकरमा फसेका थिए” उनले बताइन् “हामीले त्यहाँ के भयो बुझ्यौं । जब हामी लिभिभमा आइपुग्यौं हामी यसको विरुद्ध कसरी रक्षा गर्ने भनेर जान्न चाहन्थ्यौं ।”
“म खार्किभ विश्वविद्यालयको विद्यार्थी थिएँ । तर मलाई थाहा छैन मैले आफ्नो डिग्री जारी राख्न सम्भव हुन्छ कि हुन्न । मलाई थाहा छैन त्यहाँ फिर्ता जाँदा विश्वविद्यालय हुनेछ कि छैन । ”
प्रशिक्षणमा सहयोग गर्ने युरोपेलीहरूमा फिनल्याण्ड, नर्वे, लिथुआनिया, लातभिया र सोभियत संघका पछिल्ला दुई पूर्व सदस्यहरूका स्वयंसेवकहरू छन् ।
अचम्मको कुरा, त्यहाँ बेलारुसका प्रशिक्षकहरू पनि थिए जुन भ्लादिमिर पुटिनको प्रशासनसँग सम्बद्ध केही युरोपेली देशहरूमध्ये एक हो ।
अलेक्ज्याण्डर लुकासेन्को विवादित रुपमा पुन: निर्वाचित भएपछि सरकार विरोधी प्रदर्शनमा हस्तक्षेप भयो । पक्राउ गर्न थालियो । त्यसपछि उनीहरू बेलारुसबाट युक्रेनमा भागेका थिए ।
“हामीमा बेलारुसप्रति घृणाको भावना छैन” मारियाले भनिन् । उनी केही तालिम पछि विद्यालयमा स्वयंसेवा गर्दैछिन् । “मानिसहरू यहाँ छन् किनभने तिनीहरूको हृदयले त्यहि माग्छ” उनको भनाई छ ।
कक्षा सञ्चालन गर्नेहरूमा प्रायः आफ्नो देशका पूर्व सेनाका सदस्यहरू हुन् । तालिममा कलाश्निकोभ र ह्यान्ड ग्रेनेड कसरी प्रयोग गर्ने र प्राथमिक उपचार कसरि गर्ने भन्ने तालिम समावेश छ ।
तिनीहरूमध्ये ४५ वर्षीय गिन्टाउटस मौरिकास पनि छन् । उनी लिथुआनियाली सशस्त्र बलका पूर्व सदस्य हुन् जसले हतियार प्रशिक्षकको रूपमा र सैन्य सञ्चारमा काम गरेका थिए ।
उनी लुक्सु भिराईका संस्थापक हुन् जसले केही हप्ता अघिसम्म लिथुआनियामा आफ्ना छोराहरूसँग बुबाहरू (अन्य ब्यक्तिका बुवा) का लागि सैन्य शैलीको बाहिरी शिविरहरू चलाउँदै आएको थियो ।
तर गिन्टाउटास अहिले युक्रेनीहरूलाई प्रशिक्षण दिन लिभिभमा छन् ।
फिनल्याण्डका ३२ वर्षीय हतियार प्रशिक्षक टोमी हिल्टुनेन र ३१ वर्षीय लिथुआनियाली पोभिलास स्टानकुनाससँग गिन्टाउटस युक्रेन पुगेका थिए । तिनलाई उनले लिथुआनियाली सेनाका लागि भर्तीका भिडियोहरू बनाउने क्रममा भेटेका थिए ।
“युद्ध जित्न मद्दतकालगि जे सकिन्छ त्यो सहयोग गरिरहेको छु” सैन्य-ग्रेड चश्मा, हेलमेट र पाल भरिएको कोठामा भेटिएका गिन्टाउटास भन्छन् ।
रुस र बेलारुससँग जमिनको सिमाना रहेको गिन्टाउटासको मूलथलो लिथुआनियामा धेरैले सोभियत शासनको अवधिलाई बिर्सेका छैनन् । यदि रूस युक्रेनमा सफल भयो भने अर्को को हुनसक्छ भन्ने चिन्ता उनमा छ ।
“रूसी मानिसहरू लिथुआनियालीहरू जस्तै साधारण हुन्” पोभिलासले भने “उनीहरूसँग मात्र एक भयानक नेता छ ।”
“हामीले यो पागल मानिसलाई रोक्नु पर्छ” उनले पुटिनको बारेमा भने “अन्यथा, अर्को को हुनेछ ? सन् १९९० मा हामीले हाम्रो स्वतन्त्रताको लागि लड्नुपर्यो । हामीले युक्रेनलाई अब त्यसै गर्न मद्दत दिनु आवश्यक छ ।”
पोभिलास सैन्य भन्दा मिडिया विशेषज्ञ हुन् । भिल्नियसमा रहेका उनी ड्रोन फुटेज उत्पादन गर्न दक्ष छन् । स्थानीय विश्वविद्यालयमा मिडिया शिक्षकको रूपमा काम गर्छन् । उनले स्वयंसेवकहरूलाई ड्रोन कसरी प्रयोग गर्ने र अनलाइन साझेदारी गर्न भिडियोहरू सँगै राख्ने तालिम दिइरहेका छन् ।
पोभिलास युद्द मन पराउने र युद्दमै ध्यान केन्द्रित गर्ने युद्धको बारेमा मिडिया सामग्रीको आलोचना गर्छन् ।
गिन्टाउटास र पोभिलासले लिभिभको बाहिरी भागमा रहेको सैन्य प्रशिक्षण केन्द्रमा हालै भएको आक्रमणको बारेमा चिन्तित भएको अस्वीकार गर्छन् ।
गिन्टाउटास भन्छन् कि यस्तो देखिन्छ कि तिनीहरू अब लामो समय सम्म रहनेछन्।
गिन्टाउटास रुसीहरु अब लामो समय सम्म रहने अनुमान गर्छन् ।
“लिभिभमा भन्दा लिथुआनियामा धेरै मानिसहरू आक्रमणको बारेमा चिन्तित थिए” उनले भने ।
“प्रशिक्षण केन्द्रमा भएको आक्रमण एक मनोवैज्ञानिक अपरेशन थियो । उनीहरूले कुनै एक विदेशीको मृत्यु हुनेछ र त्यसले हामीलाई युक्रेनलाई मद्दत गर्नबाट रोक्ने छ ।”
(युरोन्युज डट कमको आलेखलाई नेपालीमा भावानुवाद गरिएको-संपादक)