विश्वव्यापी तापक्रम बढ्दै जाँदा मानिसका लागि कति डिग्री अति तातो ?
विश्वव्यापी तापक्रम वृद्धि (ग्लोबल वार्मिङ) विश्वका धेरै मुलुकले बारम्बार र अधिक तीव्र तातो लहरहरूको सामना गरिरहेको छ । मान्छेहरु भन्छन्, धेरै तातो भो, अति गर्मी भो । अब यस्तो गर्मी कसरि सहने होला ? यो गर्मीले तपाईंको स्वास्थ्यका लागि के अर्थ राख्छ ? कति तातो धेरै तातो हो हाम्रो शरिरकालागि ? कति पुगेर शरिर सहन नसक्ने मानिन्छ ? यो एक जटिल मुद्दा हो ।
जो कसैलाईपनि निकै तातो, अति गर्मी हुन सक्छ । त्यो सँगै पानीको अभाव वा निर्जलित (डिहाईड्रेसन) हुन सक्छ । तर स्वास्थ्य जोखिम भनेको तपाईको अवस्था कस्तो छ, शारिरिक र स्वास्थ्य अवस्था के छ, कहाँ बस्नुहुन्छ र वर्षको समयलेपनि निर्धारण गर्छ ।
सबैभन्दा पहिले, मुटुरोग, मृगौला रोग, उच्च रक्तचाप, मधुमेह, मानसिक रोग र डिमेन्सिया जस्ता दीर्घकालीन स्वास्थ्य अवस्था भएका मानिसहरूले तापक्रम बढ्दा थप सतर्कता अपनाउनुपर्छ।
धेरै साना बालबालिका, गर्भवती महिला र घर बाहिर शारीरिक काम गर्ने व्यक्तिहरू पनि जोखिममा पर्छन्।
अर्को कारक के भने हाम्रो शरीर वास्तवमा गर्मी याममा तातोकालागि अनुकूल हुन्छ । अर्थात् गर्मी अयममा अततो सहने बन्छ । अर्थात् जब तापक्रम बढ्दै जान्छ गर्मी याममा तब हाम्रो शरिरले बिस्तारै त्यो तातो सहने बन्दै जान्छ । त्यसैले वसन्तको अन्तमा हुने गर्मीको लहरलाई मध्य अगस्टको तापक्रमको तुलनामा व्यवस्थापन गर्न गाह्रो हुन्छ। अर्थात् यसरि बुझौं, गर्मी कम हुने याम वा महिनामा अकस्मात गर्मी बढ्यो भने त्यो सहन हाम्रो शरिरलाई मुस्किल पर्छ । किनकि हाम्रो शरिरले एक्कासि धेरै गर्मी सहन अभ्यस्त भएको हुन्न, आफूलाइ तयार पारिसकेको हुन्न ।
कोहि हिले बजार, साँफेबगर वा नगरकोट, धुलिखेल, काठमाडौंमा जन्मिएको थियो भने उसलाई मुगलिङ, दमौली, ईलाम जन्मिएका मानिसलाई भन्दा ३० डिग्रीको तापक्रम सहन मुस्किल पर्छ । युरोपमा रोम वा एथेन्समा हुर्केका कोही डब्लिन वा हेलसिंकीका कोही भन्दा ३० को मध्य घाममा तापक्रमको सामना गर्न राम्रोसँग अनुकूल हुन्छन् ।
हामीले यत्ति भएपछि धेरै तातो, असहनशिल गर्मी भनेर यो तापक्रम पहिचान गर्न गाह्रो छ । यति डिग्री भएपछि अब चेतावनी दिनुपर्छभनेर सार्वजनिक गर्न सार्वभौमिक नियम वा मापदण्ड केहि छैन । भारतको नयाँ दिल्लीमा ३७ डिग्री सामान्य झैं मानिन्छ भने फ्रान्समा ३७ डिग्रि पुग्दा हाहाकार मच्चिन्छ ।
कति गर्मीलाइ अति गर्मी मान्ने, कति तातोलाई सहन नसक्ने मान्ने र कति जाडोलाई अति जाडो मान्ने ? यो सार्वभौमिक छैन । त्यसैले गर्मीको लहरको विश्वव्यापी परिभाषा नै छैन। तापक्रमको विश्वव्यापी स्तर छैन जुन सम्पूर्ण युरोप वा विश्वव्यापी रूपमा सबैभन्दा बढी जोखिम यति पुगेपछि हो भनिन्छ ।
तर आर्द्रता बढ्दो समस्या हो भन्ने चाहिं विश्वव्यापी सहमति छ । नियम भने होइन । वायुमण्डल न्यानो हुँदै जाँदा यसले थप पानीको वाष्प आकर्षण गर्न सक्छ । र जब आर्द्रता र तापमान निश्चित स्तरमा बढ्छ पसिनाले शरीरलाई चिसो पार्ने क्षमताले काम गर्दैन।
फारसको खाडी, पाकिस्तान, मेक्सिको र दक्षिण-पूर्वी एशिया भारत, बंगलादेश, नेपाल लगायतका केही ठाउँहरूले कहिलेकाहीँ यो सीमा पार गर्छन्। यो सिमा पार गर्ने क्रम पछिल्ला वर्षमा बढ्दै गएको छ ।
उदाहरणको लागि, यदि यो ७५ प्रतिशत सापेक्षिक आर्द्रतासँग ३८ डिग्री सेल्सियस छ भने, यो केहि मान्छेको लागि सम्भावित घातक हुन पर्याप्त तातो मानिन्छ । वैज्ञानिकहरूका अनुसार ५० वर्षभित्र करिब ३ अर्ब मानिस यस्तो अवस्थामा बाँच्नुपर्ने अवस्थामा पुग्ने छन् ।