नेपालप्लसको खुलासापछि अमेरिकी हिमचितुवा फोटोग्राफर गायब

फोटो साभार-https://alpinemag.com
नेपालको सगरमाथा क्षेत्रमा दूर्लभ हिउँ चितुवाको फोटो खिचेको नाममा प्रशंसा कमाएकि किटीया पावलोवस्की नेपालप्लसले उनका फोटोहरु नक्कली भएको खुलासा गरिदिएपछि सामाजिक सञ्जालबाट गायब भएकि छन् ।
शुक्रवार अलपाईन मेगाजिनको आलेखलाई आधार मानेर नेपालप्लसले ‘अमेरिकी फोटोग्राफरले खिचेको हिउँ चितुवाको फोटो नक्कली प्रमाणित‘ शिर्षकमा समाचार प्रकाशित गरेपछि उनी सामजिक सन्जालबाट गायब भएकि हुन् ।
संवन्धित : अमेरिकी फोटोग्राफरले खिचेको हिउँ चितुवाको फोटो नक्कली प्रमाणित
अलपाईन मेगाजिनले शुक्रवार २५ नोभेम्वरका दिन किटीया पावलोस्कीका तस्विरहरु नक्कली भएको भन्दै ‘द फेक स्नो लिओपार्ड फोटोमोन्ताज स्प्रेड एराउन् द वर्ल्ड’ शिर्षकमा निकै लामो रिपोर्ट सार्वजनिक गरेको थियो र सोहि खबरका आधारमा नेपालप्लसले शुक्रवार साँझनै (नेपालको समय अनुसार शनिवार विहान करिब ४ बजेतिर) रिपोर्ट सार्वजनिक गरिदिएको थियो । नेपाली मेडीयामा पहिलो पटक यो समाचार सार्वजनिक भएपछि लाखौंले यसलाई सामाजिक सन्जालमा शेयर गरेका थिए । ति मध्ये धेरैले किटीयालाई म्यासेज गरेका थिए ।
अलपाईन मेगाजिनको रिपोर्टसहित किटीया, बेलायतको टाईम्स, इस्ताग्रम, काठमाडौंस्थित अमेरिकी दुतावासलाईसमेत धेरैले नेपालप्लसको समाचारसहित खबर पठाएका थिए । उनको तिब्र बिरोध शुरु भएको थियो । त्यसको केहिबेरपछिनै अर्थात् शनिवार बिहानबाट अकस्मात किटीयाको सामाजिक सन्जाल निस्किय भएको हो ।