आइतबार, वैशाख २३, २०८१

जर्मनीद्वारा भाङ खुला गर्ने तयारी, गाँजाको प्रयोगमा के छ बाँकी युरोपको अवस्था ?

नेपालप्लस संवाददाता / फ्रान्स२०८० भदौ १० गते १०:२२

औषधीय प्रयोगका लागि युरोपभरि गाँजा उपलब्ध भैरहेपनि भाङ भने युरोपका अधिकांश मुलुकमा ब्यक्तिगत प्रयोगकालागि अझै अवैध छ ।

माल्टामा भाङ कानुनिरुपमै खुला गरिएपछि जर्मनी युरोपको दोस्रो देश बन्न खोजिरहेको छ । जर्मनीले मनोरञ्जनात्मक प्रयोगको लागि भाङलाई वैधानिकीकरण गर्न खोजिरहेको छ र यदि जर्मनीले खुला गरेमा अन्य देशहरूले पछ्याउने बाटोका लागि प्रभाव पार्न सक्छ।

हालसम्म युरोपका धेरै जसो मुलुकमा भाङ अवैध छ र केहि युरोपेली युनियन (ईयु) का देशहरूमा अझै पनि कानुनी दण्डहरू छन् जसमा गाँजा लिएको पाएमा जेल सजाय समेत दिईन्छ।

अहिले केही देशहरूले मेडिकल मरिवाना (औषधिय गाँजा) भन्दै पायलट कार्यक्रमहरू चलाउँदैछन्, जुन इयुमा बढ्दो रूपमा पहुँचयोग्य छ । कोही युरोपेली बजार संयुक्त राज्य वा क्यानडाको तुलनामा सुस्त भएको बताउँछन् ।

गाँजा अग्रगामीहरू

माल्टासँग हाल ईयुमा भाङको खेती, खपत र कब्जा सम्बन्धी सबैभन्दा सहनशील, खुला कानूनहरू छन्।

कुनैपनि वयस्कले ७ ग्राम सम्म भाङ बोक्न सक्छन् । सन् २०२१ मा पारित कानूनको आधारमा घरमा गाँजा, भाङका चारवटा बोट लगाउन पाइन्छ । तर सार्वजनिक रूपमा भने गाँजा धुमपान गर्न अझै पनि निषेध गरिएको छ।

ईयुका देशहरु मध्ये जर्मनीले केहि समयमा सबैभन्दा खुला, उदार कानुन बनाउन खोजिरहेको छ । जर्मनीको मन्त्रिपरिषद्ले व्यक्तिगत प्रयोगको लागि २५ ग्रामसम्म भाङ लिन पाइने र तीन वटा भाङका बिरुवा घरमा लगाउन पाइने योजनालाई अनुमोदन गरेको छ। तर यो कानून अझै पनि जर्मनीको संसद (बुलडेस्ताङ) मा सांसदहरु द्वारा मतदान हुन बाँकि छ ।

युरोपको सानो देश लक्जमबर्गमा निजी उपभोगलाई आँखा चिम्लिने गरिन्छ । यस वर्षबाट यदि चारवटा भाङको बिरुवा लगाएमा सार्वजनिक अपराधको रुपबाट हटाएर उक्त गाँजा सार्वजनिक स्वामित्वमा जाने बनाइएको छ ।

नेदरल्यान्ड्समा गाँजा खेती, बिक्री र प्रशोधन सबै अवैध छ। नेदरल्याण्ड्सका प्रसिद्द कफी पसलहरुले पाँच ग्राम सम्म भाङ बिक्रि गर्दा खासै दण्ड जरिवाना गरिँदैन ।

सन् २००१ देखि पोर्चुगलमा भाङलाई गम्भिर अपराधका रुपमा लिने गरिएको छ । थोरै मात्राको उपभोग र स्वामित्वलाई पनि त्यहाँ प्रशासनिक अपराधको रूपमा व्यवहार गरिन्छ ।

स्पेनमा निजी उपभोगलाई निषेध गरिएको छैन तर सार्वजनिक रूपमा अपराध मानिन्छ । जरिवाना र दण्डनीय छ। अर्थात् ब्यक्तिगत रुपमा कसैले पिउन सक्छ तर यो बोकेर हिँड्न भने निषेध गरिएको छ ।

धेरै ईयु देशहरूले अब यो औषधिलाई अपराधको सूचीबाट हटाईसकेका छन् । तर ईयुका केही भागहरूमा, यो कानुनी रूपमा अझै पनि जेल सजाय योग्य वा दण्डनियकै रुपमा छ।

युरोपेली मनिटरिङ सेन्टर फर ड्रग्स एण्ड ड्रग्स एडिक्शन (एम्क्ड्ड) का अनुसार भाङका कानूनहरू प्राय: साइकोएक्टिभ पदार्थ डेल्टा-९-टेट्राहाइड्रोकानाबिनोल (टि एच सी) को मात्रासँग सम्बन्धित हुन्छन्।

मेडिकल गाँजाको लागि पाईलट कार्यक्रमहरू

चिकित्सा प्रयोगको लागि भाङ युरोपेली देशहरूमा बढ्दो रूपमा उपलब्ध हुँदै गएको छ । तर बजार अझै विकसित हुने क्रममै छ ।

केही देशहरूले सार्वजनिक पाईलट कार्यक्रमहरू सुरु गरेका छन् जसले गाँजा चिकित्सा (मेडिकल मारिवाना) मा थप पहुँच पुर्‍याउन सक्छ, जुन क्यान्सर, एड्स, मल्टिपल स्क्लेरोसिस (एमएस) र अरूको बीचमा दीर्घकालीन दुखाइका बिरामीहरूका लागि केही उपचारात्मक फाइदाहरू हुने धेरै अध्ययनहरूमा उल्लेख गरिएको छ।

सन् २०१८ मा डेनमार्कमा एक पाईलट कार्यक्रम लागू भयो जसले डाक्टरहरूलाई देशमा पहिले कानुनी नभएका उत्पादनहरू सिफारिस गर्न अनुमति दिएको छ ।

“पाइलट कार्यक्रमको उद्देश्य बिरामीहरूलाई औषधीय भाङको साथमा परीक्षण उपचारको वैध तरिका प्रदान गर्नु हो । यदि उनीहरूले आधिकारिक औषधिबाट कुनै फाइदाहरू अनुभव गरेका छैनन् भने त्यो सिफारिस गरिन्छ” सरकारले भनेको छ।

आयरल्याण्डमा, मेडिकल प्रयोगको लागि भाङ उत्पादनहरूमा पहुँचको लागि २०१९ मा पाँच-वर्षे पाईलट कार्यक्रम सुरु गरिएको थियो। यो मल्टिपल स्क्लेरोसिस, वाकवाकी र केमोथेरापीसँग सम्बन्धित बान्ता र गम्भीर छारे रोग भएका बिरामीहरूमा प्रयोगको लागि हो।

फ्रान्सले पनि २०२१ मा मेडिकल भाङ पाईलट प्रोजेक्ट पनि शुरू गर्‍यो। सरकारको औषधि नियमन एजेन्सीले हाल मेडिकल मरिवाना भविष्यमा फ्रान्सेली उत्पादनकालागि थप विशिष्ट नियमहरू परिभाषित गरिरहेको छ।

मेडिकल मरिवाना धेरै देशमा डाक्टरद्वारा निर्धारित गरिन्छ । यो एकदम सीमित रहन सक्छ किनभने केही देशहरूले उपलब्ध चिकित्सा उत्पादनहरूको थोरै मात्रामा आयात गर्छन् वा तिनीहरूलाई कताबाट कसरि आएको भनेर उल्लेख (सोर्सिङ) गर्नका लागि कार्यक्रम छैन।

साथै, चेक गणतन्त्र र जर्मनीमा बिरामीहरूलाई मेडिकल भाङको लागि प्रतिपूर्ति गर्न सकिने प्रावधानपनि छ । अन्य देशहरूमा भाङ प्रयोग गर्नुपरेमा त्यसको लागत बिरामीलेनै तिर्नुपर्छ ।

मेडिकल मरिवाना कम्पनी क्युरालिफ इन्टरनेशनलका प्रमुख मेडिकल अफिसरले यस वर्ष युरोपेली फार्मास्युटिकल रिभ्युमा लेखेका छन् “यस मुद्दामा युरोप क्यानडा, अष्ट्रेलिया र अमेरिका भन्दा पछाडि छ ।”

“धेरै देशमा, मेडिकल भाङलाई थेरापीको रूपमा मात्र प्रयोग गरिन्छ जब इजाजतपत्र प्राप्त औषधिहरू वा अन्य प्रयोग हुँदै आएको औषधीहरु प्रभावहिन साबित हुन्छन्” मिकेल सोडरग्रेनले लेखेका छन् ।

युरोपेली संसदले सन् २०१९ मा मेडिकल भाङमा ईयुव्यापी नियमहरू बनाउन र यसमा थप वैज्ञानिक अनुसन्धानको लागि आह्वान गरेको प्रस्ताव पारित गरेको छ ।

अन्तर्राष्ट्रिय कानूनी स्थिति परिवर्तन

नार्कोटिक ड्रग्स सम्बन्धी संयुक्त राष्ट्रको आयोगले २०२० मा नार्कोटिक ड्रग्समा एकल महासन्धिको अनुसूची ४ बाट भाङ हटाउन मतदान गर्‍यो जहाँ यसलाई ओपिओइड र हेरोइनकै हैशियतमा वर्गीकृत गरिएको थियो।

अनुसूची ४ मा भएका औषधिहरू “उत्पादन, निर्माण, निर्यात र आयात, व्यापार, स्वामित्व वा कुनै पनि यस्तो औषधिको प्रयोगमा प्रतिबन्ध सहित थप नियन्त्रणहरूको अधीनमा छन्। तिनलाई कुनै चिकित्सकीय फाइदाहरू नभएको रूपमा मानिन्छ।

यस सूचीबाट भाङ हटाउनुले भाङको सम्भावित चिकित्सा प्रयोगहरू पहिचान गर्न अन्तर्राष्ट्रिय रूपमा ढोका खुलेको मानिन्छ ।

सन् १९६१ सम्मेलनको अनुसूची ४ बाट भाङ हटाउने बिरूद्ध मतदान गर्ने एक मात्र ईयु देश हंगेरी थियो।

युरोपेली आयोगले यस वर्ष पनि हंगेरीलाई भाग हटाउन गरिएको मतदानको विषयमा ईयुको न्यायिक अदालतमा पठायो । यस विषयमा ईयुको निति विरुद्धमा गएको भन्दै।

हंगेरी केहि ईयु देशहरू मध्ये एक हो जहाँ भाङ अझै पनि मनोरञ्जन र चिकित्सा प्रयोगको लागि अवैध छ।

तर डाक्टरहरूले मेडिकल मरिवाना सिफारिस गर्न सक्ने क्षेत्रहरूमा पनि पहुँच सीमित हुन सक्छ।

स्वीडेनमा, उदाहरणका लागि, मनोरञ्जनात्मक रूपमा कडा र नरम लागूऔषधहरू बीच कुनै भिन्नता छैन । त्यसको अर्थ भाङ र हेरोइनलाई देशमा लागूपदार्थहरूप्रति शून्य-सहिष्णुता नीतिसाथ लागूपदार्थको रूपमा वर्गीकृत गरिएको छ ।

स्वीडिश मेडिकल प्रोडक्ट एजेन्सी र डाक्टरले अनुमोदन गरेअनुसार मेडिकल मरिवानालाई विशेष परिस्थितिहरूमा मात्र अनुमति दिइन्छ।

विगतका केही दशकहरूमा कानूनहरू लागूऔषधको मामिलामा थप उदार बन्दै अघि सरेका छन् । कतिपय देश लागु पदार्थ लिएको, बोकेकोमा सजाय घटाउन तल्लिन छन् । कतिपय देश यसको सम्भावित चिकित्सा वा चिकित्सीय प्रयोगको लागि अझ खुला भएका छन्।

संवन्धित समाचार

स्विजरल्याण्डले भाङको बिक्रि शुरु गर्ने

गाँजा भाङलाई वैधानिक गराउन फ्रान्सेली नेताहरु कसरतमा

भाङको चमत्कार : इन्धन कम खाने, कार्बनडाईअक्साईड घटाउने

लागू औषध माफियाद्वारा आक्रमणको डरले डच प्रधानमन्त्री कडा सुरक्षामा

व्यक्तिगत प्रयोगको लागि भाङ वैधानिक गर्ने पहिलो युरोपेली देश माल्टा

तपाइँको प्रतिक्रिया

फेसबुक