शनिबार, साउन १२, २०८१

फ्रान्सेली स्कूलमा बुर्का, स्काफ र अबाया लगाउन प्रतिबन्ध गरिँदै

नेपालप्लस संवाददाता / फ्रान्स२०८० भदौ १२ गते ०:१७

फ्रान्सेली अधिकारीहरूले केही मुस्लिम महिलाहरूले लगाउने अबाया (टाउको देखि गोलीगाँठासम्म ढाक्ने मुस्लिम पहुरन), बुर्का, टाउको ढाक्ने स्काफ लगायतका लुगाहरू स्कूलमा प्रतिबन्ध लगाउने भएका छन् ।

यस्तो पोशाकले फ्रान्सको शिक्षामा कडा धर्मनिरपेक्ष कानूनको उल्लङ्घन गरेको तर्क गर्दै शिक्षा मन्त्री ग्राब्रियल अट्टलले टिफ १ टेलिभिजनसितको अन्तर्वार्तामा आइतवार साँझ बताएका हुन् ।

“अब स्कूलमा अबाया लगाउन सम्भव छैन” शिक्षा मन्त्री गेब्रियल अटलले टि एफ १ टेलिभिजनलाई भने।

उनले सेप्टेम्बर ४ देखि गर्मी यामको छुट्टी सक्किएर राष्ट्रव्यापीरुपमा स्कूल शुरु हुनु विद्यालय प्रमुखहरूलाई राष्ट्रिय स्तरमा स्पष्ट नियमहरू दिनेछन् ।

विद्यालयमा अबाया बढ्दै गएको र शिक्षक र अभिभावकबीचको विवादलाई लिएर विद्यालयभित्र तनाव बढेको खबर आईरहेको छ ।

शिक्षा मन्त्रीको यो भनाईको वामपन्थी र केहि प्रतिपक्षी दलाहरुले बिरोध गरेका छन् ।
अतिबादी र बामपन्थी दलहरुले नागरिक स्वतन्त्रतालाई अतिक्रमण गर्ने तर्क गरेका छन् ।

“धर्मनिरपेक्षता भनेको विद्यालयको माध्यमबाट आफूलाई मुक्त गर्ने स्वतन्त्रता हो,” अटलले अबायालाई “धार्मिक इशाराको रूपमा वर्णन गरे । उनले विद्यालयले गठन गर्नुपर्ने धर्मनिरपेक्ष क्षेत्रप्रति गणतन्त्रको प्रतिरोधको परीक्षण गर्ने उद्देश्यले” भनेका छन् ।

“तपाई कक्षाकोठामा प्रवेश गर्नुहुन्छ, तपाईले विद्यार्थीहरूलाई हेरेर उनीहरूको धर्म पहिचान गर्न सक्षम हुनुहुँदैन,” उनले भने।

मार्च २००४ को एक कानूनले विद्यालयहरूमा विद्यार्थीहरूले स्पष्ट रूपमा धार्मिक सम्बद्धता देखाउने संकेतहरू वा पोशाकहरू लगाउन प्रतिबन्ध लगाएको छ ।

त्यसमा ठूला क्रसहरू, यहूदी किप्पाहरू र इस्लामिक हेडस्कार्फ, बुर्काहरू समावेश छन्।

टाउकोमा लगाउने स्कार्फ र बुर्काको विपरीत, अबाया एक लामो टाउको देखि कुर्कुच्चासम्म आउने लम्बेतान लुगा जो मामूली पोशाकमा इस्लामिक विश्वासहरूको पालना गर्न लगाइन्छ ।

तर शिक्षा मन्त्रालयले गत मंसिरमा यस विषयमा परिपत्र जारी गरिसकेको छ ।

कम्तिमा शिक्षक संघका ब्रुनो बबकिविजले आइतबार अटलको घोषणालाई स्वागत गरेका छन् ।

“निर्देशहरू स्पष्ट थिएनन्, अब ती छन् र हामी यसलाई स्वागत गर्दछौं,” मुख्य शिक्षकहरूको प्रतिनिधित्व गर्ने एनपिडिईएन-युन्साका महासचिव बबकिविजले भनेका छन् ।

विपक्षी दक्षिणपन्थी रिपब्लिकन पार्टीका प्रमुख एरिक सिओटोले पनि समाचारलाई स्वागत गरेका छन्।

“हामीले हाम्रा विद्यालयहरूमा अबाया प्रतिबन्धको लागि धेरै पटक आह्वान गर्‍यौं,” उनले भने।
तर वामपन्थी विपक्षी फ्रान्स अनबोउड पार्टीकी क्लेमँतिन ओताँले अटलको घोषणा “असंवैधानिक, फ्रान्सको धर्मनिरपेक्ष मूल्यहरूको संस्थापक सिद्धान्तहरू विरुद्ध भन्दै सरकारको “मुस्लिमहरूको संस्क्रिति वा तिनको आफ्नोपनलाई अस्वीकारको लक्षण” भनेकि छन् ।

उनले भनिन्, “राष्ट्रपति एमानुएल माख्रोंको प्रशासनले पहिले नै मरीन ल पेनको अतिबादी दल नेशनल र्‍यालीसँग प्रतिस्पर्धा गर्न खोजिरहेको थियो।”

तपाइँको प्रतिक्रिया