शनिबार, वैशाख १५, २०८१

खाना र उर्जा उत्पादन गर्न सौर्य प्यानलद्वारा बालीनाली छोप्दै फ्रान्सेली किसान

नेपालप्लस संवाददाता / फ्रान्स२०८० भदौ २२ गते १७:३३

फ्रान्सेली किसानहरुले सौर्य उर्जा र खाध्यान्न उत्पादन गर्ने, चिसोबाट बानीनाली पनि जोगाउने गज्जबको अक्किल निकालेका छन्, सौर्य प्यानलले छोप्ने ।

अग्रिभोल्टाइक्स नाम दिईएको सौर्य ऊर्जा र कृषि दुवैको लागि भूमि प्रयोग गर्ने यो अभ्यास फ्रान्स भर बढ्दै गएको छ।

फ्रान्सको उत्तरपूर्वी भागमा रहेको ओत-साओन क्षेत्रमा सौर्य ऊर्जा कम्पनी टिएसई द्वारा यसको ब्यापक सञ्चालन भइरहेको छ। ठूलो मात्रामा अनाज बालीलाई बाधा नपर्ने गरी सौर्य ऊर्जा उत्पादन गर्न सकिन्छ कि भनेर पत्ता लगाउन त्यहाँ ब्यापक लगानी गरिएको हो ।

कृषिभोल्टिक प्रयोग गर्ने अघिल्लो प्रयास स्वरुप साना-स्तरीय परियोजनाहरू मार्फत यो शुरु गरिएको छ । तर, यो औद्योगिक स्तरमा फस्टाउन सक्छ कि भनेर हेर्न उत्सुक टिएसई द्वारा आमन्सको कम्युनमा रहेको यस फार्ममा मात्रै पाँच हजार पाँच सय सौर्य प्यानलहरू फैलाईने भएको छ ।

यो सफल भएमा कृषि र सौर्य प्यानल दुवै उद्योगहरूको लागि क्रान्तिकारी हुनसक्ने भनाई सौर्य प्यानल लगानीकर्ता टिएसई समुहको छ ।

यस अघि किसानहरुले ब्यापक ठण्डीबाट जोगाउन ग्यासबाट चल्ने हिटरहरु लगाएर फलफूल खेतीमा तातो दिने गरेका थिए । त्यसले निकै काम गरेको देखेपछि दिर्घकालिन रुपमा अझ कम मूल्यमा प्रभावकारि हुनसक्ने भन्दै सौर्य प्यानलबाटै तरकारी र फलफूल खेति छोप्ने प्रविधि अगाडि सारिएको हो ।

टिएसईका कृषि विज्ञान अनुसन्धान र विकास प्रमुख जेभियर गुइलोटका अनुसार कृषि जग्गालाई पूर्णरुपमा खालि नगरिकनै नवीकरणीय ऊर्जा विकासमा फ्रान्सको आवश्यकताहरू पूरा गर्न सक्षम हुनु यसको उद्देश्य हो ।

यो प्रविधिले कृषि र कृषि गतिविधिहरू खासगरि खेत बाली र पशुधनको निरन्तर विकासलाई अनुमति दिने उनले पत्रकार सम्मेलनमा बताएका छन् ।

आगामी गर्मीमा खडेरी र धेरै तातो मौसम जस्ता जलवायु परिवर्तनबाट बाली जोगाउन छायाँ उपलब्ध गराउने र जाडोमा ति बालीलाई तातो दिएर कृषकहरूलाई खाद्यान्न उत्पादन गरिराख्न अनुमति दिने गुइलोटले बताएका छन् ।

टिएसई फ्रान्स सौर्य ऊर्जाको मुख्य उत्पादकहरू मध्ये एक हो। यो प्रयोग गर्दा साँढे दुइ मेगावाट उत्पादन गर्ने भनाइ टिएसईको छ । त्यो एक हजार तीन सय ५० मानिसहरूले प्रयो गर्ने ऊर्जा बराबर हो। यसलाइ आगामी डिसेम्बरमा पावर ग्रिडमा जोडिने योजना बनाइएको छ ।

टिएसईले सूर्यको मार्ग पछ्याउन सक्षम सौर्य प्यानलहरू बनाएको दाबी गरेकोछ जसलाई आकाशको पानीबाट जोगाउन ठाडो पारेर लगाउन सकिन्छ । तेर्सो पारेर लगाएमा असिनाको क्षतिलाई सीमित गर्न सकिन्छ । वा मौसमको आधारमा जमिनलाई केही डिग्री सेल्सियस तताउन वा चिसो बनाउन सकिने र सोलार प्यानललाई मौसम अनुसार ठाडो वा तेर्सो बनाउन सकिने भनाईपनि लगानीकर्ताको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक