शनिबार, वैशाख १५, २०८१

स्विजरल्याण्डमा एकै वर्षमा १० हजार कम्पनी टाट पल्टिए

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०८० पुष २१ गते १८:१३

विश्वको सम्पन्न मुलुक स्विजरल्याण्डमा एकै वर्षमा करिब १० हजार कम्पनी टाट पल्टिएका छन् ।

विशेषगरि ऋण ज्यादा भएकाले गत साल ति कम्पनीहरु टाट पल्टिएका हुन् ।

स्विस आर्थिक लेनदेन गर्ने एसोसिएसन ‘क्रेडिट रिफर्म’ ले सार्वजनिक गरे अनुसार अत्यधिक ऋणका कारण अघिल्लो वर्षको तुलनामा गत साल यसरि टाट पल्टिने कम्पनीको संख्या ८ प्रतिशतले बढेको छ ।

टाट पल्टिनेको संख्या ७, ३३५ सार्वजनिक गरिएपनि त्यसरि टाट पल्टिने संख्या १० हजार रहेको उल्लेख छ ।

टाट पल्टिनेको कुल कुल संख्या अझ बढि हुन सक्ने तर बढी नभएको तथ्य स्विस कोड अफ एब्लिगेशन्सको धारा ७३१ बिका कारणले हो । त्यस कोड अनुसार सबैको नाम सार्वजनिक गर्न सकिन्न । त्यहाँ बिभिन्न शर्त र गोप्यताका नियम हुन्छन् ।

राज्यको सचिवालय ‘फर इकोनोमिक अफेयर्स (सेको)’ को साना तथा मझौला उद्यम (एसएमई) पोर्टलका अनुसार संगठनात्मक कमजोरीका कारण यसरि टाट पल्टिने सामान्यतया कम्पनीले पहिले नै आफ्नो गतिविधि बन्द गरेको अवस्थामा मात्र हो । यो सामान्य अर्थमा आर्थिक क्रियाकलाप नभएर टाट पल्टेको होइन बरु अत्यधिक ऋण लिएर नतिरेको समस्याको कारणले हुन्छ।

व्यक्तिगत लगानीका क्षेत्रहरूमा हेर्दा, संघले कम्पनी टाट पल्टिने क्रममा तीव्र वृद्धि दर्ता गरेको उल्लेख छ । विशेष गरी आईटी, आतिथ्य, यातायात र रसद क्षेत्रहरूमा अत्यधिक छ । तर, सूचना तथा सञ्चार, थोक तथा खुद्रा तथा भवन निर्माण तथा सिभिल इन्जिनियरिङ क्षेत्रमा भने वर्षैपिच्छे गिरावट हुँदै आएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक