शनिबार, वैशाख १५, २०८१

पत्रकार ददि सापकोटाको ‘जीवन गाथा’ जापानमा विमोचित

नेपालप्लस संवाददाता / टोकियो (जापान) २०८० फागुन १८ गते १९:१३

नेपाली पत्रकारहरुको अन्तर्राष्टिय सञ्जाल (इन्जा) को अन्तर्राष्टिय सम्मेलन २०२४ मा पत्रकार ददि सापकोटाद्वारा लिखित पुस्तक ‘जीवन गाथा’ जापानको राजधानी टोकियोमा विमोचन गरिएको छ ।

जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, इन्जाका केन्द्रीय अध्यक्ष गुणराज लुइँटेल, जापान मनि एक्सप्रेसका अध्यक्ष ओम गुरुङ र इन्जा एशिया शाखाका अध्यक्ष टंक पन्तले संयुक्तरुपमा विमोचन गरेका हुन् ।

राजदुत सुबेदीले प्रवाशमा अनेक काम र पेशाका बावजुत बचेको समय अध्ययन अनुसन्धान गरी नेपाली पाठक र देशकै लागि उपयोगि पुस्तक पस्किएकोमा प्रवाशी नेपालीले त्यसबाट पाठ सिक्नुपर्ने बताए । यस्ता पुस्तकले प्रवाशमा रहेका नेपालीलेपनि देशकोलागि केहि योगदान गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेको समेत सुवेदीले उल्लेख गरे ।

जीवजन्तुका आनी बानी र उनीहरुको दैनिकीसम्बन्धि विषयको गहिरो अध्ययन गरी पत्रकार सापकोटाले उक्त पुस्तक तयार पारेका हुन् ।

पुस्तकको बारेमा प्रकाश पार्दै इन्जाका ग्लोबल सचिव दीपक रिजालले पुस्तकभित्र रहेका विषयबस्तु र जनावरको आनीबानीका बारेमा प्रकाश पारेका थिए । उनले लामो समयसम्म जीवजन्तुका आनीबानी र क्रियाकलाप बारे अध्ययन अनुसन्धान गरेर खोजमुलक पुस्तक प्रकाशित गरेको बताए ।

‘पत्रकारहरुले समाचार लेखियो सक्कियो’ भनेर पन्छिन नहुने बरु अझ गहिरो खोजमा लागेर देश र समाजकालागि उपयोगि ग्रन्थ प्रकाशनतिर ध्यान दिनुपर्नेमा जोड दिँदै भने ‘समाचार लेखियो, सक्कियो भन्ने सोच्नुहुन्न । पत्रकारहरुले अझ गहिरो अध्ययन र अनुसन्धान गरेर गहकिलो पुस्तक पस्किनुपर्छ । जीवगाथा पुस्तक बालबालिकादेखि अनुसन्धानकर्मी र आम पाठककालागिपनि उत्तिकै रोचक र चाखलाग्दो छ’ ।

सापकोटाको यो पाँचौ कृति हो । सो पुस्तक यसअघि नेपालमा विमोचन गरिएको थियो ।

दुःखेकोे यूरोप र त्यो नेपालबाहेक उनका अन्य तीन पुस्तक वन्यजन्तु र प्रकृति, संरक्षणसँग सम्बन्धित छन् । उनी पछिल्लो तीन दशकदेखि पत्रकारितामा सक्रिय रहँदै आएका छन् ।
तीन दिवसीय अधिवेशनका लागि इन्जामा आवद्द विश्वभरिका पत्रकारहरु तीन दिनअघि टोकियो पुगेका हुन् ।

तपाइँको प्रतिक्रिया