प्रवाशका नेपालीलाइ स्वदेश फर्किन तगारो
‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मान्यता माथि ठुलो प्रश्न उठेको छ् अहिले । कारण हो, नयाँ राजनीतिमा उदाएका रवी लामिछाने । यो प्रश्न एक जना रवीसँग मात्र सम्बन्धित भने छैन, बरु साठि लाख गैर आवासीय नेपाली (एनआरएन) हरुले सोच्नपर्ने बेला आएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेको नागरिकताको विषयले हामी सम्पूर्ण एनआरएनहरुलाई नेपालको पक्षमा अहिलेसम्म साचेको अपार माया ‘एक पटकको नेपाली सधैंको नेपाली’ अहिले संकोचमा छ ।
परिस्थिती, अवशर वा बाध्यता जे भनेपनि अर्थ सबैको हकमा एउटै भेटिनेछ् । एउटा नेपाली सन्तान नेपालबाट कतै भौंतारीयो होला । तर समय, अवस्था फेरियो भने आफ्नो मुलुक फर्किन पाउँछ कि पाउँदैन ? यहाँ रवी लामिछानेको मात्र प्रश्न होइन समग्र नेपालीहरुको हो । रवीपनि हामी जस्तै नेपालमै जन्मेर हुर्केका बंशजका सन्तान हुन् । उनी हुर्के नेपालमै । पछि अमेरिका गए, सपरिवार उतै बसे । उतैको नागरिक बने । अमेरिकाकै नागरिकता पासपोर्ट लिए । यो कथा सबैको हकमा लागु हुन्छ । विकल्पको खोजिमा परदेशीने लाखौं युवाहरुले देख्ने सपना रवीले पनि देखे । समयको चक्रसँगै उनी नेपाल फर्के । रहर, बाध्यता अथवा आवश्यकता जे भनेपनि राष्ट्रले उनलाई स्विकार्नुपर्ने हो । रवीलाई स्विकार्ने विषयमा अप्ठेरो तगारो राखियो भने हामी साठि लाख नेपालीहरु भविष्यमा फर्किने विषय सोचनिय देखियो ।
विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कनुपर्छ र देशमै केही इलम गर्नुपर्छ भन्ने भावना आम नेपालीमा पाइन्छ । युवाहरु विदेशिने प्रचलन रोकिनुपर्छ र स्वदेशमै बस्ने वातावरण बनाइनुपर्छ भन्ने नारा बारम्बार लाग्दै आएको छ । यो सन्दर्भमा रवी लामिछाने अमेरिकाबाट स्वदेश फर्कनु र देशमै केही गर्न खोज्नु सकारात्मक पक्ष हो । देशको बेथितिलाई सुधार्ने अभियान अन्तर्गत राजनीतिमा लाग्नु र जनताको मन जित्नु झनै प्रशंसनीय छ्। तर आफ्नो कमजोरी र कुशासन छोप्न रवीमाथि प्रतिबन्ध लगाउनु हामी सम्पूर्ण एनआरएनको राष्ट्रप्रेम प्रती बन्देज लगाउनु सरह हो ।
विदेशी भूमि त्यागेर स्वदेश फर्कने जो कोहीको भूमिकालाई सकारात्मक रुपमा स्विकार्नु र् प्रोत्साहन गर्नुपर्छ । उर्जा बोकेका युवा स्वदेश फर्कन हामी सबैले हौसला प्रदान गर्नैपर्छ । रवीजस्तै धेरै नेपाली युवा स्वदेश फर्किए भने देशको विकास र समृद्धिमा मद्दत पुग्छ भन्ने बुझाउन नसकेको अहिलेको राजनीतिक परिपाटिले देखायो । शिप सम्पत्ति आर्जन गरेका लाखौं युवाले देशको सम्ब्रिद्धी र् समाज बदल्न मद्दत पुग्छ भन्ने विषयमा दुई मत नहुनुपर्ने हो । कानुनका ससाना जटिलता थोपरेर देशलाई बन्दक बनाइराख्ने प्रव्र्ती रोकिनु पर्यो ।
यो विषय हाम्रो देशका केही कानूनी प्रावधानहरु अनेक जटिलतालाई आधार बनाएर बाटो छेक्ने र् कुकर्मलाई मागिखाने भाँडो बनाउन दिनु हुँदैन । हो कानुनको अक्षरस पालना गर्नु सभ्य नागरिकको कर्तव्य हुन जान्छ । जति नै लोकप्रिय मानिस किन नहोस्, उसले राज्यका कानून र नीति नियमहरुको पालना गर्नैपर्ने हुन्छ । विद्यमान कानूनलाई पालना गरिएन भने यसले अराजकतालाई प्रश्रय दिन्छ । तर जनमतबाट आफुहरु तिरस्क्रित् हुँदैगर्दा सुध्रने हो प्रतिबन्ध लगाउने होइन । अहिले रवीमाथि उठेका औंलाहरु भविष्यमा साठि लाख् स्वदेश फर्किन रहर गर्ने युवाहरु माथि तेर्सिने औंला हुन ।
विदेशबाट केही गर्छु भनेर स्वदेश फर्केको युवालाई राज्यले हतोत्साहित गर्नुहुँदैन । अहिले झट्ट हेर्दा फेरी कोही फर्केर देश र् जनताको पक्षमा उभिने जमर्को नगरोस भन्ने सन्देश देखियो । ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मान्यता बोकेर देशको अर्थतन्त्रलाई बलियो आड दिइरहेका एनआरएनहरुलाई यो घटनाले तर्साएको, घचघच्याएको हुनुपर्छ । स्वदेश फर्केर आउनेलाई सम्मान स्वरुप स्विकार्ने कि दुत्कार्ने ? कस्तो अनौठो नजिर बसाउँदैछन राजनितीज्ञहरु ।
अहिलेसम्म भारतीय नागरिकता बोकेर नेपालमा बकाइदा राजनीति गरिरहेका र प्रमाणित रुपमा देशको बिरुद्दमा बक्तब्यबाजी गर्नेहरुप्रती नरम हुने तर देश र जनताको पक्षमा बोल्ने र लेख्ने, जनताको पक्षमा काम गर्ने उर्जावान जो कोही युवालाई निमिट्यान्न पार्न कानुनका धारा खोजेर पस्कने चलनले समग्र एनआरएनलाई अनिंदो बस्न बाध्य पारेको छ । हामीहरु दुई नागरिकताका मुद्धाका विषयमा आवाज उठाइरहेका छौं । त्यहाँको राजनीतिले विदेशी नागरिकता त्यागेपछी पनि स्विकार गरेको छैन । यो अत्यन्तै गम्भिर र जटिल विषय बनेको छ ।
विदेशी नागरिकताको खारेजी पछी नेपाली नागरिकता पुनर्प्राप्तिबारे नेपालको कानून स्पष्ट छ । कुनै नेपाली नागरिकले विदेशी नागरिकता लिएमा उसको नेपाली नागरिकता स्वतः खारेज हुन्छ । र उसले विदेशी नागरिकता त्यागेको मितिबाट नेपाली नागरिकता पुनः सक्रिय हुन्छ । विदेशी नागरिकता लिए त्यसको जानकारी गराउनुपर्ने र नेपालको नागरिकता स्वतः खारेज हुने कानुनी व्यवस्था छ । त्यसैगरी विदेशको नागरिकता त्यागेर पुनः नेपाली बन्न चाहे स्वत: नेपाली नागरिकता पाउनुपर्ने हुनुपर्छ । कुनै बन्देज बिना देश, आफन्त, समाज र राजनीति सम्पूर्ण रुपमा स्विकार्य हुनुपर्छ ।
अचम्म त के भने सरकारले बिदेशिएका नेपालीहरुलाई स्वदेश फर्किन आव्हान गर्दै आएको छ । बिदेश भ्रमणमा गएका हरेक नेता नेपालीलाई स्वदेश फर्किन आव्हान गरिरहन्छन् । तर मुलुक बनाउन फर्केर आएका नेपालीलाई भाँजो हाल्ने, खेद्ने र दुरुत्साहित गर्ने कामपनि भैरहेको छ । अमेरिकाबाट फर्किएर त्यहाँको राजनितिसमेत त्यागेका रवीमाथि त्यहि भैरहेको छ । देशको राजनैतिक, आर्थिक, सामाजिक रुपान्तरणमा आम नेपालीलेझैं सहभागि हुन नपाउने, तिनलाई पराईको द्रिष्टिकोणले हेर्ने र खेद्ने हो भने किन हाम्रा पार्टी, नेता र सरकारले परदेशिएका नेपालीलाई स्वदेश फर्किन आव्हान गर्ने ? यो परदेशमा दुखजिलो गरेर केहि कमाईरहेका, आफ्नो परिवार पालिरहेका र स्वदेशको अर्थत्न्त्र धान्न रेमिटेन्स पथाईरहेका नेपालीमाथि धोका दिने, फसाउने काम भएन र ?
आज रवी माथि उठेको प्रश्न निकट भविष्यमा तपाईं हामी सबैमाथि देखिने बादलको धब्बा हो । यो विषयमा समस्त एनआरएनका अभियन्ताहरुले तुरुन्तै कदम चाल्ने र नेपाल सरकारसँग वार्ता गरोस् । किनभने समग्रमा सरकार र एनआरएन बिच रेमिट्यान्सको मात्र सम्बन्ध होइन । ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने एनआरएनको नारालाई सरकारले स्विकार गरेको हो। रवीको मुद्धा हेर्दा अवस्था हेरेर मात्र नेपाली मान्ने बुझिन्छ। नेता, कलाकार, पत्रकार तथा विशिष्ठलाई उपहार, सत्कार गर्न मात्र एनआरएन प्रयोग नगरियोस । एनआरएनको अधिकारका लागि पनि सम्झने गरियोस ।