विज्ञान र राजनीति
विज्ञान र राजनिति फरक विधा हुन। किनकी, विज्ञान तथ्यसँग सम्बन्धित हुन्छ, तर राजनितिमा तथ्यलाई आफू अनुकुल व्यख्या गर्ने गरिन्छ। आर्टीफेक्ट, विज्ञान र प्रबिधि अनुसन्धान क्षेत्रको प्रचलित शब्द हो। हुन् न त, यो शब्द अरु विषयमा पनि प्रयोग गरिन्छ। तर, यस क्षेत्रमा आर्टीफेक्ट भन्नाले जे हुनु पर्ने हो, त्यो नहुनु हो। जस्तो कि, हाईटेक मेशिनबाट तस्बिर लिँदा बास्तबिक सेम्प्लको जस्तै देखिनु, तर त्यो सत्य हुँदैन। तसर्थ, हाईटेक अनुसन्धानमा यसको मात्र शुन्यमा राख्ने कल्पना गरिएको हुन्छ। यो आर्टीफेक्ट पनि हाम्रो देशका राजनीति जस्तै ! जे सोचेको हुन्छ, त्यो हुँदैन ।
अनुसन्धान विज्ञानमा आर्टीफेक्टको बिस्तार भए बास्तबिक नमुनाको तस्बिर नआउने भएकोले अनुसन्धानमा अघि बढन दोधार उत्पन्न गराईदिन्छ। यदि यो शब्दलाई सापट लिई राजनीति हुँदै सामाजिक क्षेत्रमा गई हेर्ने हो भने, समाजमा आर्टीफेक्टको बिस्तार भए देशमा विधिको शासन स्थापनाको लागि चुनौती थपिदिन्छ, जसले देशलाई नै अन्यौलग्रस्त बनाइदिनसक्छ।
माथि उल्लेख गरीहालियो, आर्टीफेक्टको असर कस्तो भनेर। जस्तै, नेपालमा हामीले सन १९९० पछिका छोटै समयमा दुईवटा संबिधान देख्न पाइयो। पहिलो संबिधानबाट जे कल्पना गरिएको थियो, त्यो भएन र नै गयो होला । दोस्रो प्रयोगको चरणमा छ। तर बिश्वका केहि मुलुकले सयौं वर्ष अघि देखिका संबिधानबाट काम चलाईरहेका छन। तर हामीकोमा छिटो-छिटो परिबर्तन भैराखेको छ। मानौं कि, यो हुनुमा आर्टीफेक्ट फेक्टरले यहाँ भूमिका खेल्छ । जे आश गरिएको हुन्छ, त्यो हुँदैन। अनि, देशलाई पछि धकेल्छ, र फेरी के हुने हो ?
पद्दती र थितीले ठाँउ छोडेपछि, कति ब्यक्ति निराशा र आक्रोश बोकि विदेश जान बाध्य हुन्छन। समाज बिकासको लागि चाहिने योग्य र इमान्दार व्यक्तिहरु सिमित हुँदै जान्छन। ति सिमित ब्यक्तिहरु पनि राज्यबाट हुने गतिविधिबाट टाढा हुन् चाहन्छन। किनकी, उनिहरुको राज्यसँग बिश्वास र भरोसा टुटिसकेको हुन्छ।
अब सामाजिक क्षेत्रसँग आर्टीफेक्टलाई जोडेर हेरौं। हामीकोमा जसले पाउनुपर्ने हो वा दिनुपर्ने हो, उसलाई दिइँदैन। जो हकदार थियो, उसले पाउँदैन। सहि ब्यक्ति सहि ठाऊँ, यो कुनै पनि हुनै पाउँदैन। यसले समाजमा निराशा र आक्रोश उत्पन्न गराईदिन्छ। पद्दती र थितीले ठाँउ छोडेपछि, कति ब्यक्ति निराशा र आक्रोश बोकि विदेश जान बाध्य हुन्छन। समाज बिकासको लागि चाहिने योग्य र इमान्दार व्यक्तिहरु सिमित हुँदै जान्छन। ति सिमित ब्यक्तिहरु पनि राज्यबाट हुने गतिविधिबाट टाढा हुन् चाहन्छन। किनकी, उनिहरुको राज्यसँग बिश्वास र भरोसा टुटिसकेको हुन्छ। ति सिमित बाहेक अरु बाँकी रहेकालाई यो जस्तो उत्तम व्यवस्था अरु कुनै पनि हुन् सक्दैन। किनकी यही व्यवस्थाबाट उनीहरुको जिबन सहज ढंगबाट चलिरहेको छ।
यिनीहरुमध्ये बाटै अरु केहि सिमितहरु झन उच्चकोटीको जिवनयापनमा सयर गर्न पाईरहेका छन, त्यही पनि बिना परिश्रम जस्तै। नेपालको समग्र अर्थतन्त्र र देशको शासन व्यवस्थामा यिनीहरुको पहुँचमा पुगिसकेको छ। तसर्थ, आम जनता गरिबीतिर धेकेलिदै जाँदा, यी सिमितहरु झन धनि हुँदै गएका छन। विधिको शासनको कल्पना गरि नयाँ व्यवस्थातिर गइन्छ, तर प्रत्येक चोटि परिबर्तन भएका व्यवस्थाबाट थालिएको यात्रा सहि गन्त्व्यमा पुग्न सकिरहेको छैन। यहाँ पनि आर्टीफेक्ट कारकले काम गर्छ र समाजलाई अघि लग्न धक्का दिन्छ।
अनुसन्धानको क्षेत्रमा सुन्यमा कल्पना गरिएको आर्टीफेक्ट फेक्टर, समाजमा भाईरस जसरी फैलीए समग्र सिस्टमलाई ध्वस्त पार्न सक्छ। तसर्थ, आर्टीफेक्ट कुनै पनि क्षेत्रमा यसको बिस्तार हुनु भनेको सभ्य समाजलाई अघि बढाउँन चुनौति थपिनु हो। सामाजिक क्षेत्रबाट यसलाई हेर्दा राज्य शक्तिमा पहुँच भएका मान्छेको नियतसँग दाँज्ने गरिन्छ भने मेडिकल वा अन्य अनुसन्धान क्षेत्रमा हाईटेक मेसिनको गुणस्तरसँग दाँज्ने गरिन्छ।
हाम्रो देश यस्तो अवस्थाबाट किन मुक्त हुन सकेन? यो बुझन धेरै पहिलाको नैतिक विषयको आमा-बुबालाई सेवा गर्नुपर्छ भन्ने भाब अन्तर्गत गणेश र कुमारको पाठ पढाएको याद गरे पुग्छ। जहाँ, आफ्ना दुई पुत्र गणेश र कुमारलाई आमा-बुबाले एक काम दिन्छन र भन्छन “जो कैलाश पर्बत परिक्रमा गरी हामीकोमा पहिला आउँछ, हामीबाट दिने सुबिधा उसैलाई दिईने छ।”
यो सुनेपछि कुमार आफ्नो काम तिर लागे। तर, गणेश अनेक बहाना गर्दै आमा-बुबाको वरीपरी घुम्न थाले। यो देखेर बाबु-आमाले गणेशलाई सोध्छन, तिमी काममा किन नगएको? चलाख गणेशले भन्छन, “सातवटा कैलाश पर्बत बराबर मेरा बाबु-आमा बसेको ठाऊँ नै हो, त्यही कारणले म यहिँ परिक्रमा गरीराखेको ।” यो सुनेर बाबु-आमा प्रफुल्ल हुन्छ्न। जसले गर्दा आफूलाई दिईएको आदेश पुरा गरी कामबाट फर्केको कुमारलाई हैन, गणेशलाई बाबु-आमाबाट पुरस्कृत गरेको किम्वदन्ति छ भनेर हामीले पढ्यौ।
शक्ति केन्द्रलाई खुशी पार्नुपर्छ भेनर होला, मान्छेहरु परिश्रम गर्न भन्दा शक्ति केन्द्रको वरीपरी केन्द्रित रहन्छ । र शक्ति केन्द्र पनि यहि घेराभित्रै रमाउन पुग्छ। यो चक्र हामीकोमा लामो समयदेखि चलिआएको छ ।
यसैलाई राजनिति पाठ मान्ने हो भने, शक्ति केन्द्रलाई खुशी पार्नुपर्छ भेनर होला, मान्छेहरु परिश्रम गर्न भन्दा शक्ति केन्द्रको वरीपरी केन्द्रित रहन्छ । र शक्ति केन्द्र पनि यहि घेराभित्रै रमाउन पुग्छ। यो चक्र हामीकोमा लामो समयदेखि चलिआएको छ । तर यो चक्र तोड्न कुनै पनि व्यवस्थामा सकिएको छैन।
उक्त सिकाई नै यस प्रबृतिको उपज हो । यसले गर्दा नै आज नेपालमा आर्टीफेक्टको बिस्तार भएर जानुको मूल कारण बनेको छ। यी प्रबृतिका ब्यक्ति राख्नुपर्ने अवस्था आएपछी, अरु योग्यलाई यो, त्यो, एस्तो, उस्तो इत्यादि ट्याग झुन्डाईदियो र फ्याँकिदियो।
यदि समाज विकासित र सभ्य भैदिएको भय यस्ता ट्याग लगाएर योग्य व्यक्तिलाई पन्छाउनुलाई अपराध मानिन्थ्यो होला। तर, हामिहरुकोमा शासन व्यवस्था र व्यवस्था हाँक्ने पात्रहरु फेरीए पनि प्रबृति अहिलेसम्म फेरिन सकेन। नेपालमा यस्ता प्रबृतिहरुबाट योग्यलाई पछि पारिएको क्षेत्र धेरै नै बढे जस्तो लाग्छ।
टाउकोमा पानी हाले विस्तारै खुट्टासम्म पुग्छ, तर भिज्ने बढी टाउको नै हो। तसर्थ, आर्टीफेक्टको ग्राफ ओरालो बनाउँदै लग्न राज्यको कार्यकारी भूमिकामा बस्नेदेखि अरु राज्यको महत्वपूर्ण पदमा आसिन ब्यक्तिहरुको भूमिका महत्वपूर्ण हुन् जान्छ। उहाँहरुले चाहे यो सम्भव कुरा हो। तर, हामीकोमा देश हाँक्ने उच्च राजनैतिक नेतृत्व र राज्यको महत्वपूर्ण सस्थाका प्रमुखहरुको चुनौती हिजो पनि विधिको शासन स्थापनाको थियो, आज पनि त्यही छ। अझ विधिको शासन स्थापित भई समाज अघि बढ्नुको साटो थप गिजोलिँदै पछि पो जान थालेको हो कि जस्तो अनुभूति हुन थालिसकेको छ। आजकाल, त्यही भएर होला, राज्यका महत्वपूर्ण ओझ भएका पदहरुको प्रतिष्ठा घट्दो छ। हिजो समाजले राज्यको अन्य निकायमा रहेका व्यक्तिलाई प्रोयोग गर्ने ट्याग आज न्यायलयसम्म आईपुगेको छ, र सजिलै न्याधिसलाई पनि उक्त ट्याग झुण्डाईदिन्छ। जुन पछि गएर कानुनी राज स्थापनाको लागि ठूलो चुनौति बन्न सक्छ।
आज देशको अधोगतिले गर्दा बिदेशमा रहेका नेपाली कुनै न कुनै अपमानको शिकार हुनु परेको छ। तसर्थ, ति नेपालीहरुको प्र्तिक्रियामा अचेल आक्रोश मात्रै हैन, पिडा पनि लुकेको छ। देशको हालतले बिदेशिने नेपाली अब फर्कँदा शिप, पिडा र आक्रोस सबै लिएर फर्कने छन् । स्वदेशमा रहेका योग्य तर माथि उल्लेखित प्रबृतिबाट पछाडी पारिएका आक्रोसित समुदाय यहाँ पहिले देखि नै ठूलो मात्रमा छ। ति दुबैको एकत्रित आक्रोश बिस्फोट भए को कहाँ पुग्छ, व्यवस्था कहाँ पुग्ने हो, थाहा छैन। तर, हामी अब व्यवस्था परिबर्तन भन्दा पनि अबस्था परिबर्तनको कल्पना गरौं । सच्चिने पर्ने ठाउँमा सच्चिउँ । हैन भने देश फेरी पनि पछि धकेलिन सक्छ। मुलत, देशका प्रमुख पार्टीहरु अब जिम्म्मेवार हुनु आवस्यक छ।
अब आउने चुनाबमा जुन पार्टीले यिनीहरुको बिश्वास जित्न सक्छ, सरकारमा त्यो पार्टी पनि पुग्ने निश्चित जस्तै छ। तसर्थ, शक्ति केन्द्र केन्दित विकृत अभ्यासबाट बिकास भएको यो प्रबृतिबाट निस्केको आर्टीफेक्टलाई शुन्यमा झार्ने कोसिस आजैबाट शुरु गरौं। किनकी, नेपाल पछि पर्नुको मूल कारण मध्ये यहाँ उल्लेखित प्रबृति पनि एक हो।
अन्त्यमा, नेपाल भूगोल र जनसंख्याको हिसाबले त्यति सानो र कमजोर मुलुक हैन। नेपाललाई एक हाईटेक मेशिन मान्दै, यहाँहरुलाई नै छोडे, हामीकोमा आर्टीफेक्टको मूल स्रोत अरु के होलान त ?