मुसालाई सुनको तक्मा !
कम्बोडियामा बारुदी सुरुङ पत्ता लगाउने काममा खटिएर धेरैको ज्यान जोगाइरहेको मुसालाई बेलायतको च्यारिटी संस्थाले सुनको तक्माले पुरस्कृत गरेको छ ।
तान्जानियामा जन्मेको पुरस्कृत मुसाको नाम मगावा हो । ७० सेन्टिमिटर लम्बाइ भएको मगवाको तौल एक किलो दुई सय तीस ग्राम छ । केरा र बदाम खाने मगावालाई जन्मने बित्तिकै बारुदी सुरुङ सम्बन्धी तालिम दिइएको थियो ।
जमिनमुनि जब यसले विष्फोटक पदार्थ, फलामका धातुहरु भेट्छ, यसले तुरुन्तै हल्लाखोर मच्चाइहाल्छ । विष्फोटक पदार्थ भेटेपछि त्यो निकालेर निष्क्रिय नपार्दासम्म मगावा अघि बढ्दैन । तौल कम भएकोले जमिनमुनी चाप नपर्दा विष्फोट हुने कुरा पनि भएन । मानिसको गजबको साथीको रुपमा व्यवहार गर्दछ ।
भियतनाम युद्धदेखि कम्युनिष्टहरुको नेतृत्वमा भएको गृहयुद्धमा गाउँ गाउँमा जमिन मुनि विष्फोट पदार्थहरु बिछ्याइएका छन् । कुनै पनि बेला ति पड्किने खतरा रहिरहन्छ । जंगली, झाडी र बुट्यानमा मात्र हैन खाली चौरहरुमा खेलिरहेका केटाकेटी, किसानहरु वर्षेनी यो माइनमा परेर अंगभंग हुन्छन् । कतिको त मृत्यु पनि हुन्छ । संयुक्त राष्टसंघका अनुसार अझै पनि निकै ठूलो संख्यामा यस्ता बारुदी धरापहरु कम्बोडियामा छन् ।
मगावाले ४ जना मानिसले गर्ने काम एक्लैले सिध्याइदिन्छ । उसले पत्ता लगाएको बारुदी गन्ध खोतलेर हेर्दा अहिलेसम्म कतै गल्ती भएको छैन ।
संयुक्त राष्ट संघले कम्बोडियाली सरकारसँग मिलेर बारुदी धरापहरु नष्ट गरिरहेको छ । सबै बारुदी सुरुङहरु नष्ट गरिसक्न अझै १० वर्ष लाग्ने संघको अनुमान छ । मुसाको सुँघ्ने शक्ति असाध्यै बलियो भएको हुनाले बारुदी सुरुङ पत्ता लगाउन निकै प्रभावकारी भएकोले बेल्जियमको संस्था अप्पोको संयोजनमा अँगोला, जिम्बाबे र कम्बोडिया जस्ता बारुदी सुरुङबाट असाध्यै बढि प्रभावित मुलुकहरुमा यसको सफल प्रयोग भइरहेकोछ ।
संस्थाले बारुदी सुरुङ पत्ता लगाउन प्रयोग गरिएका मुसाहरु सबैको नाम राखिदिएको छ । तान्जानियामा विशेष सुरक्षाका साथ यसलाई प्रजनन् गराइन्छ र जन्मेदेखि नै तालिम दिइन्छ । तालिम प्राप्त यी मुसाहरुको मासिक तलब हुन्छ । नियमित छुट्टी र पेन्सन पनि हुन्छ । उमेर पुगेपछि यिनीहरु कामबाट निवृत्त अर्थात् रिटायर्ड हुन्छन् । बुढ्यौली काट्न यिनीहरुलाई छुट्टै घरबारको व्यवस्था गरिन्छ । पुरुष मुसा भए स्त्री मुसा र स्त्री मुसा भए पुरुष मुसासँग भेटघाट हुने व्यवस्था पनि गरिन्छ । रमाइलोको लागि गीत पनि सुनाइन्छ । मन परेको गीत बज्यो भने उफ्रने र मन नपरेको गीतमा भिन्दै स्वर निकालेर कराउने गर्दछन् । यिनीहरुको रेखदेख गर्न मुसाहरुको आनीबानी लगायत दैनिकी सम्बन्धि सबै तालिम पाएका सुसारेहरु राखिएका छन् । महँगो तलब दिएर राखिएका यी सुसारेहरुले बच्चाहरुलाई झै मुसाको ख्याल गर्छन् ।
रमाइलो त केछ भने, मगावाले ४ जना मानिसले गर्ने काम एक्लैले सिध्याइदिन्छ । उसले पत्ता लगाएको बारुदी गन्ध खोतलेर हेर्दा अहिलेसम्म कतै गल्ती भएको छैन ।
मगावालाई तालिम दिन सघाउने र रेखदेख गर्ने बेल्जियमको संस्था अप्पोका हाकिम क्रिष्टोफर कोक्स मगावा पुरस्कृत भएकोमा निकै खुशी देखिए ।
तान्जानियामा विशेष सुरक्षाका साथ यसलाई प्रजनन् गराइन्छ र जन्मेदेखि नै तालिम दिइन्छ । तालिम प्राप्त यी मुसाहरुको मासिक तलब हुन्छ । नियमित छुट्टी र पेन्सन पनि हुन्छ । उमेर पुगेपछि यिनीहरु कामबाट निवृत्त अर्थात् रिटायर्ड हुन्छन् । बुढ्यौली काट्न यिनीहरुलाई छुट्टै घरबारको व्यवस्था गरिन्छ । पुरुष मुसा भए स्त्री मुसा र स्त्री मुसा भए पुरुष मुसासँग भेटघाट हुने व्यवस्था पनि गरिन्छ ।
उनले भने “मगावा सानैदेखि निकै छरितो र चलाख थियो । विशिष्ट क्षेत्रमा काम गर्नेलाई पुरस्कृत गर्ने वेलायती सँस्था पीडिएसका प्रमृुख जोन स्मिथको मगावालाई पुरस्कृत गर्ने निर्णय सुनेर असाध्यै खुशी भएँ । सबै जनावरहरुको केहि न केहि क्षमता हुन्छ । मुसाको यो सुँघ्ने शक्तिलाई मानवीय जीवन रक्षामा प्रयोग गरिएको यो राम्रो काम सम्मानित हुँदा खुशीले सिमा नाघेको छ ।”
जेनेभाको संयुक्त राष्टसंघमा बारुदी सुरुङ सम्बन्धि काम गरेर निवृत्त जीवन बिताइरहेका गुजरात भारतका राधामोहन कनानीले भने “हामी हिन्दूहरुले गणेशको बाहनको रुपमा त्यसै मुसालाई पूजा गरेका होइन रहेछौँ । शायद पूर्वजहरुलाई यी मुसाहरुले जंगलमा बस्दा दुश्मनबाट बाँच्न सहयोग गरेको हुनुपर्छ । जीवन नै बँचाइदिएपछि भगवान नै मान्नु पर्यो नि मुसालाई ।”
अहिले सर्वत्र मगावाको चर्चा छ । पत्रपत्रिकाले उसलाई हिरो भनेर सम्मानित गरेकाछन् ।
(फोटो- एजेन्सी)