बुधबार, असोज ३०, २०८१

सेतो रङले छत रंगाए सयौंको जीवन जोगिने !

नेपालप्लस संवाददाता / बेलायत२०८१ असोज १६ गते २२:४०

उच्च तापका बेला शहरका घरहरु सेतो रङले पोतेमा अत्यधिक गर्मीबाट हुने सयौं मृत्युलाई बचाउन सकिने बैज्ञानिकहरुले बताएका छन् ।

सेतो रङले छत रंगाएमा जीवन बचाउन सक्ने र यसले कसरि शहरलाई चिसो पार्न सक्छ भन्ने महत्वपूर्ण रहेको बताएका छन् ।

त्यस्तै, सौर्य पट्टीका (सोलार प्यानल) ले ऊर्जा उत्पादन गर्दा तापक्रम घटाउन सक्ने अध्ययनले देखाएको छ ।

सन् २०१८ को कीर्तिमानी तातो गर्मीमा लन्डनको छाना सेतो रङले पोतेको भए सयौंको ज्यान जोगाउन सकिने नयाँ अध्ययनले पत्ता लगाएको छ ।

त्यो वर्ष लण्डनमा जुनदेखि अगस्टसम्मको औसत तापक्रम १९ दशमलव २ डिग्री सेल्सियस थियो । त्यो वर्षको त्यो समयमा सामान्यभन्दा लगभग एक दशमलव ६ डिग्री सेल्सियस बढी थियो । युनिभर्सिटी कलेज लन्डन (यूसीएल) र युनिभर्सिटी अफ एक्सेटरका अन्वेषकहरूले लन्डनको सबै छानाहरूमा स्थापित चिसो, हल्का रङको छानाले शहरलाई शुन्य दशमलव ८ डिग्री सेल्सियसले चिसो पार्न सक्छ भन्ने पत्ता लगाएका हुन् ।

अनुसन्धानकर्मीहरुले अनुमानित २४९ मानिसहरूको मृत्यु जोगाउन सक्थ्यो भन्ने दाबी गरेका छन् । वा लन्डनमा जुन, जुलाई र अगस्त २०१८ मा भएका ७८६ गर्मी सम्बन्धी मृत्युमध्ये ३२ प्रतिशतको मृत्युलाई रोक्न सक्थ्यो ।

“यदि व्यापक रूपमा अपनाइयो भने त्यो रङले छाना चिसो पार्छ। चिसो छानाले शहरको जमिन-स्तरको हावाको तापक्रमलाई उल्लेखनीय रूपमा घटाउन सक्छ,” यूसीएल बार्टलेट स्कूल वातावरण, ऊर्जा र संसाधनका प्रमुख लेखक डा चार्ल्स सिम्पसनले भनेका छन् ।

“छाना चिसिएको परिणामले सहरभरि शीतल प्रभाव पर्छ र त्यसले जीवन बचाउनेछ। साथै शहरी क्षेत्रका बासिन्दाहरूको जीवनको गुणस्तर सुधार गर्छ ।”

“लन्डनका सबै छानालाई सौर्य पट्टीकाले ढाकेर ऊर्जा उत्पादन गर्दा गर्मीसँग हुने मृत्युलाई पनि कम गर्न मद्दत पुग्छ”, अध्ययनका लेखकहरू भन्छन्।

सौर्य पट्टीका (सोलार प्यानल) ले ढाक्दा शहरलाई शुन्य दशमलव ३ डिग्री सेल्सियसले चिसो बनाउन सक्छ र त्यसको परिणामले ९६ व्यक्तिको मृत्युलाई रोक्न सक्छ भन्ने अनुसन्धानकर्मीहरुले पत्ता लगाए। सन् २०१८ को गर्मीमा भएको गर्मी सम्बन्धी मृत्युको १२ प्रतिशत जोगाउअन् सकिने भनाई अनुसन्धानकर्मीहरुको छ । गर्मीको तीन महिनाको अवधिमा, यी सौर्य पट्टीकाहरूले २० टेरावाट-घण्टा (ट्व्ह्) बिजुली पनि उत्पादन गर्ने छन् जुन २०१८ को सम्पूर्ण वर्षमा लन्डनको ऊर्जा खपतको आधा भन्दा बढी हो।

“नवीकरणीय उर्जाको स्रोतको रूपमा सौर्य प्यानलहरूले ठूलो फाइदा दिन्छन्, त्यसैले तिनीहरूले शहरलाई तातो बनाउँदैनन् भन्ने हाम्रो अध्ययनले बताउँछ,” डा सिम्पसन थप्छन्।

सेतो छाना दक्षिणी युरोप र उत्तर अफ्रिकाका तातो देशहरूमा सामान्य दृश्य हो। हल्का रङको छानाले परम्परागत गाढा रङ्गको छानाको तुलनामा सूर्यबाट कम उज्यालो ऊर्जा ग्रहण गर्छ। यसले शहरहरूलाई चिसो राख्न र भवनहरू भित्रको तापक्रम कम राख्न मद्दत गर्न सक्छ।

“हाम्रा सहरहरूले जलवायु परिवर्तनसँग अनुकूलन गर्नुपर्ने आवश्यकता स्पष्ट छ। हाम्रो छतमा सौर्य पट्टीका राखेर र सेतो रङ पोतेर शहरका भवनहरु परिवर्तन गर्नाले एउटा सम्भावित समाधान प्रदान गर्दछ, “एक्सेटर विश्वविद्यालयका अध्ययनका सह-लेखक प्रोफेसर टिम टेलर भन्छन्।

तपाइँको प्रतिक्रिया