मंगलबार, वैशाख १८, २०८१

स्विजरल्याण्डका अस्पतालको सघन उपचार कक्ष १५ दिनमा भरिने

नेपाल प्लस२०७७ कार्तिक १३ गते १८:३९

यदि तत्कालै कुनै उपाय नगरेमा स्विजरल्याण्डमा आईसीयू (सघन उपचार कक्ष) का बेडहरु १५ दिनमा भरिने भएका छन् । त्यसपछि कुनैपनि विरामीकालागि उपचार गर्न कोठा नहुने चेतावनी स्वास्थ्य अधिकारीहरुले दिएका छन् ।

“हामीले अहिले दैनिक खाटहरु संकलन गरिरहेका छौं । हामीले सघन उपचार कक्षका बेड दिनमा दुई पटक संकलन गरिरहेका छौं” मेडिकल समन्वय केन्द्रका सरकारि प्रतिनिधी आन्द्रीया सेटबासेरले भनेका छन् । उनले विहिवार राजधानी बर्नमा आयोजिक प्रेस सम्मेलनमा भनेको भन्दै किस्टोन न्युजले उल्लेख गरेको छ ।

” मैले दिन खोजेको न्युज राम्रो होइन । आइसियु बेडहरु अबको १५ दिनमा पुरै भरिनेछन्” उनले थपे । अस्पतालको अवस्थाबारे हप्तामा दुई पटक चिकित्सकहरुले सार्वजनिक गर्दै आएका छन् ।

सोहि प्रेस सम्मेलनमा फेडरल कोविड १९ टास्क फोर्सका प्रमुखले बारम्बार परिस्थितिको गम्भीरतालाई जोड दिएका थिए । धेरै क्यान्टोनले प्रभावकारी कदम चालेका थिए । उनका आनुसार जनताले उचित व्यवहार गरिरहेका थिएनन् । टास्क फोर्सका मार्टिन एकरम्यानले आग्रह गरे “ सम्भव भएसम्म घरमै बस्नुस ।”

मार्चको मध्यतिर गरेजस्तै मानिसहरूले लकडाउनको अदर नगरेको उनको भनाई छ । मानिसहरुको अहिलेको लडकडाउनको स्तर पहिलो कोरोनाभाइरस तरंगको अवस्थामाभन्दा धेरै माथि रहेको भनाईपनि उनको छ ।

“हामीसँग अब धेरै गुमाउन सक्ने अवस्था र समय छैन” एकरम्यानले भने “कठोर उपाय अपनाउनुको विकल्प छैन । अस्पतालहरू पहिले नै उनीहरूको सीमामा छन् । यदि यो प्रवृत्ति जारी रह्यो भने चिकित्सा सहायता चाहिने सबैलाई उपचार गर्न अब सम्भव छैन ।”

(फोटो- pinterest.com)

तपाइँको प्रतिक्रिया

फेसबुक